singel post top banner

सिंहदरबारको पुनर्निर्माण सुस्त, रसुवा र नुवाकोटको पुनर्निर्माणमा भरोसा कसरी गर्न सकिन्छ?

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, भाद्र २५, २०८३
10 Views
सिंहदरबारको पुनर्निर्माण सुस्त, रसुवा र नुवाकोटको पुनर्निर्माणमा भरोसा कसरी गर्न सकिन्छ?
समाचार सारांश
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रसुवा बाढीपछिको पुनर्निर्माण कार्यमा ढिलाई र सरकारको नीतिगत कमजोरीप्रति चिन्ता व्यक्त गरेका छन्।
  • बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिंहदरबार र संसद् भवन अझै पुनर्निर्माण हुन नसकेको अवस्थामा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणप्रति विश्वास गर्न सकिएन भन्ने बताएका हुन्।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रसुवा बाढीपछिको पुनर्निर्माण कार्यमा ढिलाई र सरकारको नीतिगत कमजोरीप्रति चिन्ता व्यक्त गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिंहदरबार र संसद् भवन अझै पुनर्निर्माण हुन नसकेको अवस्थामा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणप्रति विश्वास गर्न सकिएन भन्ने बताएका हुन्।

आचार्यले भने, “राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गतिहीन हुँदा रसुवा र नुवाकोटका नागरिकहरूले पुनर्निर्माणको सही दिशामा काम भइरहेको भन्ने कसरी विश्वास गर्न सकिन्छ?” उनले सरकारसँग पुनर्निर्माणका लागि आवश्यक नीतिगत र व्यवहारिक कमजोरीहरूको पहिचान गरी त्यसलाई सम्बोधन गर्न आग्रह गरे।

यसैबीच, निजी क्षेत्रले पुनर्निर्माणका कामहरूमा उल्लेखनीय प्रगति गरेको उनले बताए। उनी भन्छन्, “म घरबाट महाराजगञ्ज र नक्सालको भाटभटेनी हुँदै सदनमा आउँदा देख्छु, भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू अझ बलियो र संरचनात्मक रूपमा उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा र लगनले मलाई गर्व लाग्छ।”

तर, महामन्त्री आचार्यले सिंहदरबार प्रवेश गर्दा त्यो ऊर्जा देखिन्न भन्दै, “जब म सिंहदरबारको गेटबाट भित्र जान्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै बेवारिसे अवस्थामा देखिन्छ। यसपालिको बजेट नै नयाँ संसद् भवनको लागि छुट्याउने भनिएको भए पनि अहिले पनि हामी अस्थायी भवनबाट आफ्नो कार्य गरिरहेछौं,” भने।

उनले सरकारको तत्काल ध्यान आवश्यक भएको र पुनर्निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकतालाई जोड दिए। यस विषयमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

रामेछापबाट वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको पाँच जना पक्राउ
रामेछापबाट वृद्धवृद्धालाई बन्धक बनाएर डकैती गरेको पाँच जना पक्राउ
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
सर्लाहीमा जसपाका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटना, दुई जना घाइते
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
दोस्रो चितवन मह उत्सव सफल, महको गुणस्तर र बजारिकरणमा सफलता प्राप्त
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली
सिरहामा प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिको समर्थनमा र्‍याली
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
विशेष महाधिवेशन: संस्थापनको कारबाहीपछि गगन थापा महाधिवेशनस्थलमा पुगे
प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्- दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्
प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्- दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्
पोखरामा अवैध ट्रान्सपार्टी र लागुऔषधका साथ १२ जना विदेशी र नेपाली पक्राउ
पोखरामा अवैध ट्रान्सपार्टी र लागुऔषधका साथ १२ जना विदेशी र नेपाली पक्राउ
जेनजी प्रदर्शनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्ने सशस्त्र प्रहरीलाई निर्वाचन आयोगको सम्मान
जेनजी प्रदर्शनमा सुरक्षा जिम्मेवारी निर्वाह गर्ने सशस्त्र प्रहरीलाई निर्वाचन आयोगको सम्मान
काठमाडौँ र आसपासका क्षेत्रमा आत्मदाहका प्रयास र घटनाको विस्तृत रिपोर्ट
काठमाडौँ र आसपासका क्षेत्रमा आत्मदाहका प्रयास र घटनाको विस्तृत रिपोर्ट
singel sidbar banner
singel sidbar banner 2