singel post top banner

सिंहदरबारको पुनर्निर्माण सुस्त, रसुवा र नुवाकोटको पुनर्निर्माणमा भरोसा कसरी गर्न सकिन्छ?

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, भाद्र २५, २०८३
59 Views
सिंहदरबारको पुनर्निर्माण सुस्त, रसुवा र नुवाकोटको पुनर्निर्माणमा भरोसा कसरी गर्न सकिन्छ?
समाचार सारांश
  • काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रसुवा बाढीपछिको पुनर्निर्माण कार्यमा ढिलाई र सरकारको नीतिगत कमजोरीप्रति चिन्ता व्यक्त गरेका छन्।
  • बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिंहदरबार र संसद् भवन अझै पुनर्निर्माण हुन नसकेको अवस्थामा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणप्रति विश्वास गर्न सकिएन भन्ने बताएका हुन्।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले रसुवा बाढीपछिको पुनर्निर्माण कार्यमा ढिलाई र सरकारको नीतिगत कमजोरीप्रति चिन्ता व्यक्त गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सिंहदरबार र संसद् भवन अझै पुनर्निर्माण हुन नसकेको अवस्थामा बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणप्रति विश्वास गर्न सकिएन भन्ने बताएका हुन्।

आचार्यले भने, “राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गतिहीन हुँदा रसुवा र नुवाकोटका नागरिकहरूले पुनर्निर्माणको सही दिशामा काम भइरहेको भन्ने कसरी विश्वास गर्न सकिन्छ?” उनले सरकारसँग पुनर्निर्माणका लागि आवश्यक नीतिगत र व्यवहारिक कमजोरीहरूको पहिचान गरी त्यसलाई सम्बोधन गर्न आग्रह गरे।

यसैबीच, निजी क्षेत्रले पुनर्निर्माणका कामहरूमा उल्लेखनीय प्रगति गरेको उनले बताए। उनी भन्छन्, “म घरबाट महाराजगञ्ज र नक्सालको भाटभटेनी हुँदै सदनमा आउँदा देख्छु, भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू अझ बलियो र संरचनात्मक रूपमा उठिसकेका छन्। निजी क्षेत्रको त्यो ऊर्जा र लगनले मलाई गर्व लाग्छ।”

तर, महामन्त्री आचार्यले सिंहदरबार प्रवेश गर्दा त्यो ऊर्जा देखिन्न भन्दै, “जब म सिंहदरबारको गेटबाट भित्र जान्छु, जलेको सिंहदरबार र गृहमन्त्रालय अझै बेवारिसे अवस्थामा देखिन्छ। यसपालिको बजेट नै नयाँ संसद् भवनको लागि छुट्याउने भनिएको भए पनि अहिले पनि हामी अस्थायी भवनबाट आफ्नो कार्य गरिरहेछौं,” भने।

उनले सरकारको तत्काल ध्यान आवश्यक भएको र पुनर्निर्माण कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकतालाई जोड दिए। यस विषयमा सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको धारणा छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विज्ञापन बोर्डले अनधिकृत वेबसाइट र बेटिङ एपलाई तुरुन्त बन्द गर्न आह्वान
विज्ञापन बोर्डले अनधिकृत वेबसाइट र बेटिङ एपलाई तुरुन्त बन्द गर्न आह्वान
नेपाल सरकारले वाणिज्य नीति २०८१ को कार्यान्वयनका लागि नयाँ कार्ययोजना स्वीकृत
नेपाल सरकारले वाणिज्य नीति २०८१ को कार्यान्वयनका लागि नयाँ कार्ययोजना स्वीकृत
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
कैलालीमा घरको छतमा जन्मदिन मनाइरहेका बेला चट्याङ लागेर सात जना घाइते
सुनकोसी नदीमा खसेको कारमा बेपत्ता ३ का खोजी र यातायात सुरक्षा आवश्यकतामा जोड
सुनकोसी नदीमा खसेको कारमा बेपत्ता ३ का खोजी र यातायात सुरक्षा आवश्यकतामा जोड
रोशी खोलाले बगाएका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनर्निर्माण सुरु
रोशी खोलाले बगाएका बीपी राजमार्गका अस्थायी डाइभर्सन पुनर्निर्माण सुरु
मौसम पूर्वानुमान: आज र भोलि देशभर सामान्य बदली, भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान: आज र भोलि देशभर सामान्य बदली, भारी वर्षाको सम्भावना
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
सर्वोच्च अदालतको अन्तरिम आदेश: चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्का
सर्वोच्च अदालतको अन्तरिम आदेश: चार प्रकृतिका मुद्दाको प्रत्यक्ष प्रसारण रोक्का
सप्तरीमा पत्रकार देवराम यादवमाथि आक्रमण: दोषीलाई कारबाही गर्न माग
सप्तरीमा पत्रकार देवराम यादवमाथि आक्रमण: दोषीलाई कारबाही गर्न माग
सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र
सम्पत्ति छानबिन आयोगविरुद्ध दुई रिट निवेदन, संवैधानिक इजलासको विवाद तीव्र
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?