singel post top banner

सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, श्रावण ६, २०८३
95 Views
सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती
समाचार सारांश
  • सुदूरपश्चिम ।
  • सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको करिब ६२.२६ प्रतिशत मात्रै खर्च गरेको छ। यसले चालु खर्चमा भने अपेक्षाकृत सुधार देखिए पनि, विकास निर्माण र योजना कार्यान्वयनसँग जोडिएको पुँजीगत खर्च भने अझै सीमित रहेको निष्कर्ष निकालिएको छ।

प्रदेश लेखानियन्त्रक कार्यालयले प्रकाशित विवरण अनुसार, प्रदेश सरकारले रु ३३ अर्ब ४३ करोड २५ लाख ३३ हजारको बजेट मध्ये रु २० अर्ब ८१ करोड ५१ लाख ११ हजार ६२ मात्र खर्च गरेको हो। यो कुल बजेटको ६२.२६ प्रतिशत हो।

चालु तर्फको खर्च रु १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार ४०० विनियोजन भएकोमा रु नौ अर्ब २४ करोड ८६ लाख ३८ हजार ९३७ अर्थात् ६८.०४ प्रतिशत मात्र खर्च भएको छ। यसैगरी, पुँजीगत तर्फको विनियोजन रु १९ अर्ब ८२ करोड ९६ लाख ८६ हजार रहेकोमा यसको मात्र ५८.३३ प्रतिशत अर्थात् रु ११ अर्ब ५६ करोड ६४ लाख ७२ हजार १२४ खर्च भएको छ।

विभिन्न मन्त्रालयहरूका प्रदर्शनमा पनि खर्चको अवस्था भने फरक देखिएको छ। सामाजिक विकास मन्त्रालयले चालु तर्फ ७६.३५ र पुँजीगत तर्फ ६३.६१ प्रतिशत गरी समग्रमा ७१.५३ प्रतिशत रकम खर्च गरेको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु तर्फ ६८.८९ र पुँजीगत तर्फ ७३.६७ प्रतिशत खर्चसहित ७१.४६ प्रतिशत खर्च गरेको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु तर्फ ६५.१० र पुँजीगत तर्फ ५९.८४ प्रतिशत खर्च गरेको छ भने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालु तर्फ ५९.५० र पुँजीगत तर्फ ५१.७६ प्रतिशत खर्च गरेको जानकारी छ।

सबैभन्दा कम खर्च गर्ने मन्त्रालय भने कानून मन्त्रालय हो, जसले चालु तर्फ ४१.३ प्रतिशत र पुँजीगत तर्फ ३१.७२ प्रतिशत मात्र खर्च गरेको छ।

प्रदेशका निकायहरूमा पनि खर्चको अवस्था फरक देखिएको छ। प्रदेश व्यवस्थापिका, प्रदेश लोकसेवा आयोग, र प्रदेश नीति तथा योजना आयोग जस्ता निकायहरूले अपेक्षाकृत उच्च खर्च गर्न सफल भएका छन्।

लेखा नियन्त्रक वासुदेव जोशीले भने, “पूर्वाधार विकास, निर्माणाधीन आयोजनाहरू र विकास कार्यक्रमको कार्यान्वयन अपेक्षा अनुसार हुन सकेको छैन, जसका कारण प्रदेश सरकारको समग्र पुँजीगत खर्च ६० प्रतिशतभन्दा तल सीमित भएको हो।”

उनीभन्छन्, “हाम्रा अनुभवअनुसार हाम्रो खर्च क्षमता औसतमा ६० देखि ७० प्रतिशतको बीच हो। यस वर्ष पनि, केही समस्या र कर्मचारी अभावका कारण, खर्चको मात्रा सीमित भएको देखिन्छ।”

प्राविधिक र व्यवस्थापकीय सुधारहरू लागू गरी योजनाका कार्यान्वयनलाई तीव्र बनाउन सके, प्रदेशले आफ्नो पुँजीगत खर्चमा उल्लेखनीय सुधार गर्न सक्ने आशा व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
पत्रकारमाथि भएको आक्रमणको छानबिन गर्न इजरायलसँग एएफपीको आग्रह
गृहमन्त्री अर्याल र संयुक्त राष्ट्रसंघको नयाँ आवासीय संयोजकबीच शिष्टाचार भेटवार्ता
गृहमन्त्री अर्याल र संयुक्त राष्ट्रसंघको नयाँ आवासीय संयोजकबीच शिष्टाचार भेटवार्ता
जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडपपछि चार बुँदे सहमति, आन्दोलन स्थगित
जनकपुरधाममा प्रहरी र व्यवसायीबीच झडपपछि चार बुँदे सहमति, आन्दोलन स्थगित
राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता वितरणको सम्बन्धमा छानबिन सुरु
राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकालाई पार्टी सदस्यता वितरणको सम्बन्धमा छानबिन सुरु
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराजमा भव्य प्रभातफेरी र कोणसभा सम्पन्न
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराजमा भव्य प्रभातफेरी र कोणसभा सम्पन्न
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
दुर्गा प्रसाईं पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिए
दुर्गा प्रसाईं पक्राउपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिए
उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले गरे ‘पेन डाउन’
उच्च अदालत जनकपुरधामका कर्मचारीहरूले गरे ‘पेन डाउन’
आर्थिक दबाबबीच मधेश सरकारले ४ करोडको विलासी गाडी किन्दै; टेन्डर आह्वान
आर्थिक दबाबबीच मधेश सरकारले ४ करोडको विलासी गाडी किन्दै; टेन्डर आह्वान
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
वैदेशिक रोजगार ठगीका उजुरी अब जिल्ला प्रशासन कार्यालयमै दर्ता गर्न सकिने
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?