singel post top banner

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, आषाढ २४, २०८३
101 Views
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
समाचार सारांश
  • सिरहा ।
  • सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ४० वर्षीय रञ्जुदेवी यादवको शव भेटिएको घटनाले स्थानीयस्तरमा चासो र चकितपन पैदा गरेको छ।

सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा ४० वर्षीय रञ्जुदेवी यादवको शव भेटिएको घटनाले स्थानीयस्तरमा चासो र चकितपन पैदा गरेको छ। शव गाउँपालिकाको ५ र ६ को सीमास्थित सरस्वती खोलाको उत्तरी किनारामा भेटिएको हो।

स्थानीय व्यक्ति अजय यादवले भैंसी चराउँदै गर्दा शव देखेपछि परिवारका सदस्य र प्रहरीलाई सूचित गरेका थिए। घटनास्थल पुगेको प्रहरीले आवश्यक कानुनी प्रक्रिया पु¥याउँदै शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको छ।

मृतकका बुबा हरिदेव यादवका अनुसार रञ्जुदेवी केही समयदेखि मानसिक समस्या सामना गर्दै आएकी थिइन्। उनी कहिले घरमा बस्ने र कहिले बाहिर हिँड्ने गरेकी थिइन। उनको माइती लक्ष्मीपुर पतारी–५ पथलगडामा रहेको छ।

प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै स्पष्ट भएको छैन। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनाले स्थानीय समुदायमा शोक र चिन्ता फैलाएको छ। प्रशासन र प्रहरीको टोली घटनाको थप छानबिनमा जुटेको छ भने शवको पोस्टमार्टम रिपोर्टका आधारमा थप खुलासा हुने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एचपीभी खोपपछि बालिकाको हातखुट्टा नचल्ने, छानबिनको माग गर्दै सांसद साजिदा खातुन
एचपीभी खोपपछि बालिकाको हातखुट्टा नचल्ने, छानबिनको माग गर्दै सांसद साजिदा खातुन
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले माइतीघरमा प्रदर्शन गरी नयाँ संविधान र सामाजिक परिवर्तनको माग
वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले माइतीघरमा प्रदर्शन गरी नयाँ संविधान र सामाजिक परिवर्तनको माग
रवि लामिछानेले बताए, तराई, पहाड र हिमाल छुट्याउने राजनीति अब बन्द हुन्छ
रवि लामिछानेले बताए, तराई, पहाड र हिमाल छुट्याउने राजनीति अब बन्द हुन्छ
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
मन्त्रिपरिषद्को निर्णय: पारिश्रमिक, प्रतिनिधिमण्डल भ्रमण र बढुवाका विषयमा महत्वपूर्ण निर्णयहरू
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा नेता खनाल र भुसाल अनुपस्थित, पार्टी एकता घोषणा तयारीमा
कर्णाली प्रदेश सरकारले दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस
कर्णाली प्रदेश सरकारले दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस
जितिया पर्वमा नुहाउने क्रममा डुबेर दुई १४ वर्षीया किशोरीको मृत्यु
जितिया पर्वमा नुहाउने क्रममा डुबेर दुई १४ वर्षीया किशोरीको मृत्यु
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तीमा १११ मृत्युदर र ठूलो क्षति
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, कम्तीमा १११ मृत्युदर र ठूलो क्षति
महान्यायाधिवक्ताका लागि डा. नारायणदत्त कँडेलको नाम सिफारिस
महान्यायाधिवक्ताका लागि डा. नारायणदत्त कँडेलको नाम सिफारिस
singel sidbar banner
singel sidbar banner 2