singel post top banner

भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसर : रवि लामिछाने

belwo post title ad banner
पंकज गुप्ता पंकज गुप्ता
बुधबार, जेठ २०, २०८३
277 Views
भारत-नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसर : रवि लामिछाने
समाचार सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमा नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्स्थापित गर्ने उपयुक्त समय आएको बताएका छन्।
  • उनले सीमा विवादको विषयलाई पनि सम्बोधन गर्दै दुई देशबीचको विश्वास, सहकार्य र मित्रतालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमा नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले पुनर्स्थापित गर्ने उपयुक्त समय आएको बताएका छन्। उनले सीमा विवादको विषयलाई पनि सम्बोधन गर्दै दुई देशबीचको विश्वास, सहकार्य र मित्रतालाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

लेखमा उनले लेखेका छन्:

“इतिहासले कसैलाई पनि असीमित अवसर प्रदान गर्दैन; यसले केवल छोटो समयका अवसरहरू मात्र दिन्छ। सन् २०२६ को यो वर्तमान क्षण नेपाल–भारत सम्बन्धलाई पूर्ण रूपमा पुनर्स्थापित गर्दै नयाँ उचाइमा पुर्‍याउन दशकौंयताकै सबैभन्दा अनुकूल अवसर हो।

हामी सम्बन्धलाई पुनः परिभाषित र गहिरो बनाउन खोजिरहेका बेला, हामीसँग एउटा ऐतिहासिक आधारबिन्दु छ—अगस्ट ३, २०१४। त्यस दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केवल नेपालको संसदलाई सम्बोधन मात्र गरेनन्, नेपाली जनतासँग प्रत्यक्ष संवाद गर्न सडकमा समेत निस्किए। उनले नेपाल र भारतबीचको सम्बन्ध हिमालय र गंगाजत्तिकै पुरानो रहेको र यो केवल कागजी दस्तावेजमा सीमित नभएको बताएका थिए।

सीमाना अवरोध होइनन्, बरु दुई देशलाई जोड्ने पुल बन्नुपर्छ भन्ने साझा दृष्टिकोणलाई जोड दिने व्यक्ति पनि उनै थिए।त्यसयता बागमती र गंगामा धेरै पानी बगिसकेको छ। यी नदीहरूले पहाडसँग कुनै सम्झौता गर्दैनन्; उनीहरू आफ्नो बाटो आफैं बनाउँछन्। त्यसैगरी हामी पनि अघिबढ्नेछौं।हामीसँग अर्को विकल्प छैन, हामीले अगस्ट २०१४ को त्यो विश्वास र आत्मीयताको वातावरणमा फर्कनुपर्छ। र हामी फर्कनेछौं-पूर्ण इमान्दारिता र व्यवहारिक सोचका साथ। नयाँ सम्भावनाहरूको ढोका खोल्ने र पुराना मतभेदहरू अन्त्य गर्ने पुल निर्माणका लागि पहिलो ढुंगा बोक्न हामी तयार छौं।”

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पंकज गुप्ता ( Pankaj Gupta )
पंकज गुप्ता ( Pankaj Gupta )
Hello! It's Me Pankaj Gupta. I am a News article writer and Video Editor or Graphic Designer. Thank you for visiting us...
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
प्रहरीको टोलीले जेनजी आन्दोलनका क्रममा लुटिएको गोलीसहित दुई जनालाई पक्राउ।
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
सामाजिक सञ्जालमा अभिव्यक्ति विपरीत कारबाही गर्दै साइबर ब्यूरो
काठमाडौंमा भारतीय नागरिक मृत अवस्थामा फेला
काठमाडौंमा भारतीय नागरिक मृत अवस्थामा फेला
सिराहा सशस्त्र प्रहरी बलले १५ लाख भन्दा बढीको अवैध सामान बरामद, करोडौंको चोरीपैठारीको सामान समेत पक्राउ
सिराहा सशस्त्र प्रहरी बलले १५ लाख भन्दा बढीको अवैध सामान बरामद, करोडौंको चोरीपैठारीको सामान समेत पक्राउ
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
नेपाल प्रिमियर लिग “एनपीएल” मा सट्टेबाजीको आरोपमा दुई जना पक्राउ
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
झापा–५ बाट बालेन्द्र शाह र केपी शर्मा ओलीले उम्मेदवारी दर्ता, राजनीतिक माहौल तातियो
झापा–५ बाट बालेन्द्र शाह र केपी शर्मा ओलीले उम्मेदवारी दर्ता, राजनीतिक माहौल तातियो
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दामा बहस सुरु, उच्च अदालत बुटवलमा सुनुवाइ
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
रौतहटमा खाजा घरबाट गाँजासहित एक जना पक्राउ
मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु १ करोड भन्दा बढी सङ्कलन, महायज्ञबाट रु १० करोडको लक्ष्य तय
मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि रु १ करोड भन्दा बढी सङ्कलन, महायज्ञबाट रु १० करोडको लक्ष्य तय
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?