singel post top banner

वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, माघ २६, २०८२
186 Views
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते
समाचार सारांश
  • वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ।
  • राजस्व चोरीको सूचनापछि गरिएको यस छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको हो।

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ। राजस्व चोरीको सूचनापछि गरिएको यस छापामारीका क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको हो।

सशस्त्र प्रहरीले विशेष सूचनाका आधारमा प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ नामक गोदाममा पुगेर जाँच सुरु गरेको थियो। जाँचको क्रममा व्यापारीहरूले सामानको बिलबिजक रहेको दाबी गर्दै विरोध जनाए। उनीहरूले आफूहरूसँग सामानको स्पष्ट बिल भएको र आफूहरूलाई अनावश्यक दुःख दिइएको आरोप लगाए। बिल देखाएको भए पनि प्रहरीले सामान नियन्त्रण गर्न खोज्दा तनाव उत्पन्न भएको व्यापारीहरूको भनाइ छ।

आक्रोशित व्यापारीहरूले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेपछि अवस्था तनावपूर्ण बनेको हो। यस क्रममा प्रहरीले फायरिङ्ग गर्दा केही ढुङ्गा प्रहार भएका थिए र सशस्त्र प्रहरीले प्रयोग गरेको गाडीको अगाडि सिसा फुटेको पनि खबर छ। झडपका क्रममा तीन जना सशस्त्र प्रहरी कर्मचारी सामान्य चोट लागेको जानकारी दिइएको छ।

छापामारीको क्रममा प्रहरीले गोदामबाट ५ पोका साडी, कुर्ता–सुरुवाल लगायतका कपडाका सामग्री नियन्त्रणमा लिएको छ। यी सामग्रीको मूल्य करिब ५ लाख रुपैयाँ रहेको भएपनि सामानको विस्तृत विवरण र यकिन परिमाण भने हालसम्म सार्वजनिक गरिएको छैन। अहिले सामानको लगत संकलन र मुचुल्का उठाउने कार्य जारी रहेको छ।

गोदामको स्वामित्व र सामानको वैधता जाँच गर्न थप अनुसन्धान भइरहेको नायव उपरीक्षक विकास अधिकारीले बताए। घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र प्रहरीले थप कदमहरू चालिरहेको छ। यस घटनाले सीमा सुरक्षा र राजस्व चुहावट विरुद्धको अभियानलाई थप तीव्र बनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
वीरगञ्जमा प्रदर्शन र प्रहरीबीच झडप, निषेधाज्ञा उल्लङ्घनपछि तनाव तीव्र
लागूऔषध गाँजा जस्तो देखिने करिब 4 किलो 284 ग्राम सहित दुई भारतीय पक्राउ
लागूऔषध गाँजा जस्तो देखिने करिब 4 किलो 284 ग्राम सहित दुई भारतीय पक्राउ
पाल्पामा टिपर दुर्घटना, एक व्यक्तिको मृत्यु
पाल्पामा टिपर दुर्घटना, एक व्यक्तिको मृत्यु
सप्तरीमा श्रीमतीको हत्यामा संलग्न अभियुक्त ७ वर्षपछि पक्राउ
सप्तरीमा श्रीमतीको हत्यामा संलग्न अभियुक्त ७ वर्षपछि पक्राउ
सप्तरी जिल्ला राजविराज र बोदेबरसाइनमा निषेधाज्ञा हट्यो
सप्तरी जिल्ला राजविराज र बोदेबरसाइनमा निषेधाज्ञा हट्यो
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
सिमलताल पहिरोमा बगाएका दुई बसमध्ये एक बसको डेढ वर्षपछि भेटियो
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
सिमरा शान्त बन्दै, रोकिएको वीरगञ्ज–पथलैया सडकमा पुनः गुड्न थाले सवारीसाधन
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
भ्रष्टाचारको जानकारी पाए नेपाली जनताको तर्फबाट कडा कारवाहीको घोषणा
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो १:०० बजे बस्ने
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?