singel post top banner

चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, पौष १९, २०८२
159 Views
चितवनमा पत्रकारको सामाजिक सुरक्षा र सहजीकरणका लागि मन्त्री जगदीश खरेलको प्रतिबद्धता
समाचार सारांश
  • चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन्।
  • उनले नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि बोल्दै अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालेको जानकारी दिए।

चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभरका पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने बताएका छन्। उनले नेपाल पत्रकार महासंघ चितवन शाखाको निरीक्षणपछि बोल्दै अहिले सरकारले सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारहरूलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्न थालेको जानकारी दिए।

मन्त्री खरेलले पत्रकारको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने गरी चितवन शाखालाई अन्य शाखाको तुलनामा राम्रो रहेको बताए। उनले पत्रकारहरूको समस्या समाधानका लागि सरकार केही आधारशिला तयार गर्दै आएको पनि उल्लेख गरे। साथै, उनले भने, “लोक कल्याणकारी विज्ञापनको सही तरिकाले सबै सञ्चारमाध्यममा पुर्‍याउन जरुरी छ।”

निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष वसन्त पराजुलीले जिल्लाको पत्रकारिता अवस्था र चुनौतीका विषयमा मन्त्री खरेललाई अवगत गराएका थिए। यसै क्रममा, मन्त्री खरेलले समाचार सङ्कलनको क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजनका चितवन समाचारदाता अनिल ढकालसँग भेट गरेका छन्।

मन्त्री खरेलले ढकाललाई नेपाल टेलिभिजनमा निरन्तर रुपमा काम गर्नका लागि आवश्यक सहजीकरण गर्न तयार रहेको बताएका हुन्। सोही क्रममा, उनले सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टलाई टेलिफोन गरी टेलिभिजनका लागि गर्न सक्ने सहयोगको निर्देशन दिए।

पत्रकार ढकालले आफू टेलिभिजनको प्रत्यक्ष प्रसारणका लागि जाने क्रममा दुर्घटना भएको भन्दै रोजगारको स्थायित्व र सुनिश्चितता गर्न आग्रह गरेका थिए। असोज महिनामा मुग्लिन–नारायणगढ सडकखण्डमा समाचार सङ्कलनको क्रममा भएको दुर्घटनामा परेका ढकालको स्वास्थ्यमा क्रमिक सुधार भएको छ। उहाँ विगत तीन महिनादेखि उपचारका क्रममा हुनुहुन्छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
वीरगञ्जबाट १७६ केजी गाँजा सहित भ्यान चालक पक्राउ
वीरगञ्जबाट १७६ केजी गाँजा सहित भ्यान चालक पक्राउ
मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण र आंशिक रूपमा बन्द हुने
मुग्लिन-पोखरा सडक आजदेखि १० दिनसम्म दैनिक चार घण्टा पूर्ण र आंशिक रूपमा बन्द हुने
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय एकताको महत्त्वमा जोड
प्रचण्डले संविधानको पूर्ण कार्यान्वयन र राष्ट्रिय एकताको महत्त्वमा जोड
नेपालमा गरिबीको अवस्था: राष्ट्रिय तथ्याङ्क अनुसार २०.२७ प्रतिशत जनता गरिबीको रेखाभन्दा तल
नेपालमा गरिबीको अवस्था: राष्ट्रिय तथ्याङ्क अनुसार २०.२७ प्रतिशत जनता गरिबीको रेखाभन्दा तल
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
आपत्कालीन प्रतिकार्य टोलीको बैठक, नेपाली नागरिकको सुरक्षा र हित संरक्षणमा चर्चा
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
नेपाल टेलिभिजनको उपकरण खरिदप्रक्रिया: चार सदस्यीय छानबिन समिति गठन
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
सिन्धुलीको गागनमा बस–मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते
सिरहामा निर्माणाधीन गागन खोलाको पुल भासिए, सुरक्षा जोखिम र वैकल्पिक मार्गको समस्या
सिरहामा निर्माणाधीन गागन खोलाको पुल भासिए, सुरक्षा जोखिम र वैकल्पिक मार्गको समस्या
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?