singel post top banner

काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु

belwo post title ad banner
रासस रासस
शनिबार, पौष ५, २०८२
269 Views
काठमाडौँ सडक र पुल निर्माणका तोडिएका ठेक्काको पुनः प्रक्रिया सुरु
समाचार सारांश
  • काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सडक र पुल निर्माणका योजनाहरूको कामलाई गति दिन तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।
  • उनले ठेक्का तोडिएका योजनाको बाँकी कामको मूल्यांकन गरी आवश्यक बजेट व्यवस्थापन गर्न समेत जोड दिएका छन्।

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सडक र पुल निर्माणका योजनाहरूको कामलाई गति दिन तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। उनले ठेक्का तोडिएका योजनाको बाँकी कामको मूल्यांकन गरी आवश्यक बजेट व्यवस्थापन गर्न समेत जोड दिएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक शुक्रबार भएको हो। बैठकमा मन्त्री घिसिङले रद्द गरिएका ठेक्काको कामको नापजाँच र पुनः निर्माणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका हुन्।

सडक विभागअन्तर्गत केही वर्षदेखि अलपत्र परेको ४३ वटा सडक र पुल निर्माणका ठेक्का तोडिएको छ। ती योजनाहरूको कुल रकम लगभग २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ। मन्त्री घिसिङले भने, “स्रोत व्यवस्थापन पहिले नै सुनिश्चित भएकोले अहिले समस्या नरहेको छ। यदि समस्या आए भने अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिनेछ।”

उनले थपे, “तराई/मधेश क्षेत्रमा पुल निर्माणमा धेरै समस्या देखिएका छन्; केही पुल अझै पनि निर्माण कार्यबाट बाहिर छन्। यहाँ भने, बहुवर्षीय प्रक्रियामा जानु आवश्यक छ। सडकमा भने बजेट परेपछि काम गर्न सकिन्छ, तर पुल निर्माणमा यसो गर्न सकिँदैन।“

मन्त्रीले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा भौतिक पूर्वाधार र यातायात मन्त्रालय अन्तर्गतका निकायहरूको प्रगति अपेक्षा अनुसार नभएको उल्लेख गरे। उनले भने, “बजेट रोक्का र वैदेशिक सहयोगमा सञ्चालित आयोजनाहरूमा पनि प्रगति कम देखिएको छ। समस्या समाधान गरी निर्माण कार्यमा सुधार आवश्यक छ। सबैले पहल गर्नुपर्छ।”

मन्त्रालयका सचिव केशव कुमार शर्माले पनि त्रैमासिक प्रगति उत्साहजनक नभएको बताए। उनले भने, “ठेक्का तोडिएका परियोजनालाई छिटो व्यवस्थापन गर्न आवश्यक छ, ताकि काम रोकिएर नजाओस्।”

चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार र यातायात मन्त्रालयअन्तर्गतका निकायहरूका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरिएको हो। ती मध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजित भएको थियो, जसको हालसम्म मात्रै ११ अर्ब ६४ लाख रुपैयाँ मात्रै खर्च भएको छ। यो रकम विनियोजनको क्रमशः ७.६७ प्रतिशत र २४ प्रतिशत मात्र हो।

योजना छनोट, बजेट विनियोजन, र राष्ट्रिय गौरवका आयोजना सम्बन्धि विभिन्न समस्या मन्त्रालयले औंल्याएको छ। यस्ता समस्याहरूको समाधान र कार्यान्वयनमा तीव्रता ल्याउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

ललितपुरमा हत्याको झूठा प्र्याङ्क भिडियो बनाउने महिला पक्राउ
ललितपुरमा हत्याको झूठा प्र्याङ्क भिडियो बनाउने महिला पक्राउ
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
काठमाडौंमा प्रतिनिधिसभा निर्वाचनको मतगणना सुरु, विभिन्न स्थानहरूमा तयारी पूरा
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
सुनसरीमा बेमौसमी वर्षाले करिब दुई अर्बको धान र तरकारीबाली क्षति
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
दुई संसदीय समितिको बैठक आज, विधायन व्यवस्थापन र संघीयता समीक्षा हुने
माचाला जेल हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु, अन्तरद्वन्द्व र सुरक्षा चासो बढ्यो
माचाला जेल हिंसात्मक दङ्गामा कम्तीमा ३१ कैदीको मृत्यु, अन्तरद्वन्द्व र सुरक्षा चासो बढ्यो
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
रास्वपाबाट टिकट पाएपछि सञ्चारमन्त्री जगदीश खरेलले प्रधानमन्त्री समक्ष राजीनामा दिए
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
राप्ती चौघराका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
मुस्ताङको साङ्ता गाउँमा मतदानको लागि सडक हिउँ पन्छाउन सुरु
सोनारपट्टी चोकको सडक नामलाई लिएर जनकपुरमा बहस
सोनारपट्टी चोकको सडक नामलाई लिएर जनकपुरमा बहस
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?