singel post top banner

जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, मंसिर १६, २०८२
71 Views
जनकपुर बोल्ट्सको शानदार जीत: चितवन राइनोज ६ विकेटले पराजित
समाचार सारांश
  • काठमाडौं ।
  • नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।

१७७ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १७.३ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य भेट्टाउँदै शानदार जीत हात पारेको छ।

जनकपुरका लागि माझ सदाकत सर्वाधिक चम्किए। उनले ६३ रनको आकर्षक पारी खेले। त्यस्तै, अनिल साहले ६१ रनको महत्वपूर्ण योगदान दिए। अन्य खेलाडीमध्ये आशिफ शेखले १८ रन, जन निकोल लफ्टी इटनले ११ रन बनाए भने आदित्य महता १८ रनमा अविजित रहे।

बलिङतर्फ चितवनका कमल सिंह ऐरी, सोहेल तान्विर र अमर रौटेलाले समान एक–एक विकेट लिए। चितवनका लागि ब्याटिङमा डेभिड मलन सर्वाधिक ८० रनसहित चम्किए। अर्जुन साउदले ५२ रन, रवि बोपराले ३ रन, सैफ जैवले ७ रन जोडे भने कुशल मल्ल ३० रनमा अविजित रहे।

जनकपुरका बलरमध्ये माझ सदाकत, अनिल साह, रुपेश सिंह र जन निकोल लफ्टी इटनले समान एक–एक विकेट हात पारे। आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन्।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको फाइनल मंसिर २७ गते हुनेछ। प्रतियोगिताका विजेताले एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्यानले जनाएको छ।

एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोलीको सहभागिता छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
कीर्तिपुरबाट करोडौंको आर्थिक कारोबारमा संलग्न आरोपित पक्राउ
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न
जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न
सञ्चारमन्त्री खरेलले कर्मचारीतन्त्रको भूमिकालाई बताए देश विकासको आधार
सञ्चारमन्त्री खरेलले कर्मचारीतन्त्रको भूमिकालाई बताए देश विकासको आधार
अधुरो सामुदायिक भवनहरू, बजेट अभाव र विकासमा ढिलाइ – स्थानीयको माग र चुनौतीहरू
अधुरो सामुदायिक भवनहरू, बजेट अभाव र विकासमा ढिलाइ – स्थानीयको माग र चुनौतीहरू
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
वैदिक सनातन हिन्दू धर्मावलम्बीले तुलसी र दामोदरको विवाह र विशेष पूजा गर्दै हरि बोधिनी एकादशी पर्व मनाउँदै
वैदिक सनातन हिन्दू धर्मावलम्बीले तुलसी र दामोदरको विवाह र विशेष पूजा गर्दै हरि बोधिनी एकादशी पर्व मनाउँदै
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव : दोस्रो दिन ‘फूलबारी लीला’ भव्य रूपमा सम्पन्न
जनकपुरधाममा सप्ताहव्यापी विवाह पञ्चमी महोत्सव : दोस्रो दिन ‘फूलबारी लीला’ भव्य रूपमा सम्पन्न
नेपालमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक, आर्थिक स्थिरता कायम
नेपालमा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक, आर्थिक स्थिरता कायम
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?