singel post top banner

बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, मंसिर ७, २०८२
174 Views
बाबुराम भट्टराई नेतृत्वको प्रलोपा बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म आधारित मार्गदर्शक सिद्धान्तसहित सार्वजनिक
समाचार सारांश
  • काठमाडौँ ।
  • डा.

काठमाडौँ । डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले संयुक्त रूपमा आइतबार घोषणा गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले बुद्ध दर्शनदेखि क्वान्टम सिद्धान्तसम्म समेटिएको मार्गदर्शक सिद्धान्त अँगाल्ने घोषणा गरेको छ।

प्रलोपाले सार्वजनिक गरेको संक्षिप्त राजनीतिक प्रतिबद्धतामा मार्गदर्शक सिद्धान्तका विभिन्न आधारहरू स्पष्ट पार्दै भौतिक जगतले मानिसको चेतनामा प्रभाव पार्ने र चेतनाले पुनः भौतिक जगतलाई बुझ्ने तथा परिवर्तन गर्ने क्षमताका कारण दर्शन, विचार र सिद्धान्तलाई निरन्तर पुनर्परिभाषित, पुनर्संश्लेषण र समृद्ध गर्दै जान आवश्यक पर्ने उल्लेख गरिएको छ।

‘एक्काइसौँ शताब्दीका समस्या वा अन्तर्विरोधलाई अठारौँ, उन्नाइसौँ वा बिसौँ शताब्दीका विचार–विधिबाट समाधान गर्न खोज्नु, र त्यसले निष्प्रभावी हुँदा अझै मध्ययुगीन वा अप्रमाणित अवधारणातर्फ फर्कन खोज्नु नै आधुनिक विश्व राजनीतिको ठूलो कमजोरी हो,’ प्रतिवद्धता पत्रमा भनिएको छ।

नवगठित प्रलोपा समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिक नेपाली समाजवादको चरित्र निर्माण गर्ने लक्ष्यसहित अघि बढ्ने बताइएको छ।

पार्टीले बुद्ध दर्शन आत्मसात् गर्दै मार्क्सका सिद्धान्तहरूलाई आजको चौथो तथा पाँचौँ औद्योगिक क्रान्तिका सापेक्षता र क्वान्टम सिद्धान्त, जेनेटिक्स, कृत्रिम बौद्धिकता लगायत आधुनिक ज्ञान–विज्ञानले परिष्कृत द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादसँग समायोजन गरी नेपाली समाजवादलाई मार्गदर्शक सिद्धान्त बनाउने उल्लेख गरेको छ। कम्युनिस्ट राजनीतिमा क्वान्टम सिद्धान्तले ‘साना तर गहिरा परिवर्तनहरूले ठूलो राजनीतिक रूपान्तरण सम्भव बनाउँछ’ भन्ने अर्थ राख्छ।

पार्टीले सङ्गठनात्मक सिद्धान्तका रूपमा प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्ने प्रतिबद्धता जनाएको छ। ‘प्रगतिशील लोकतान्त्रिक पार्टीका सबै कमिटी स्वायत्त हुनेछन्। नेताहरू छान्ने, उम्मेदवार चयन गर्ने, निर्णयहरू लिने काम सम्बन्धित कमिटीले नै गर्नेछ,’ प्रतिवद्धतामा उल्लेख छ।

विविधतायुक्त नेपाली समाजलाई ध्यानमा राख्दै जनसङ्ख्या, भूगोल, जातजाति, धर्म, क्षेत्र, लिङ्ग र उमेर समूहअनुसार प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ।

‘विधि प्रधानता, सामूहिक निर्णय, समानुपातिक नेतृत्व, व्यक्तिगत जबाफदेहिता, प्रत्यक्ष निर्वाचन, आन्तरिक लोकतन्त्र, एक व्यक्ति–एक कार्यकारी पद, एक व्यक्ति–दुई कार्यकाल, फिर्ता बोलाउने व्यवस्था, स्वैच्छिक अनुशासन, वैज्ञानिक संस्कार, पर्यावरणमैत्री संगठन, कार्यगत एकता तथा संयुक्त मोर्चा आदि कार्यान्वयन गरिनेछ,’ प्रलोपालको घोषणापत्रमा उल्लेख छ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका संरचना स्वयम्सेवा र अभियन्ताहरू स्वयंसेवी आधारमै सञ्चालन हुने पनि बताइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
निर्वाचनको सुरक्षा सुनिश्चितता: तीन महिनाअघि देखि सेनाको परिचालन तयारी
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
सर्वोच्च अदालतको आदेशपछि नेपाल–प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको दोहोरो भत्ता रोकियो
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
मोरङ जिल्ला प्रशासन कार्यालयमा सुरक्षा व्यवस्था कडा
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
चितवनमा आगामी पुसमा बाघ र गैँडा गणना, राष्ट्रिय निकुञ्जहरूमा संरक्षण अभियान तीव्र
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
नेपाल–अमेरिका स्थल सेनाबीच छैटौं अनुभव साटासाट तथा छलफल कार्यक्रम सुरु
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
च्याम्पियन्स लिगः रोड्रिगो र डियाजको गोलमा रियल म्याड्रिड विजयी
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाल सघन उपचारकक्ष (पीआइसीयू) सुरु
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
खगेन्द्र सुनारलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी
खगेन्द्र सुनारलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?