singel post top banner

नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा राम गिरी

belwo post title ad banner
विजय सिंह विजय सिंह
सोमबार, कार्तिक ३, २०८२
189 Views
नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा राम गिरी
समाचार सारांश
  • काठमाडौं।
  • तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी एवं समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन्।

काठमाडौं।तीन दशकभन्दा लामो समयदेखि तेक्वान्दो खेलमा संलग्न रहेका युवा उद्यमी एवं समाजसेवी राम गिरी नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन्।

वि.सं. २०४९ सालमा बालग्राम तेक्वान्दो डोजाङ, छाउनीबाट तेक्वान्दो खेल्न सुरु गरेका गिरीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा दर्जनौँ पदक हासिल गरेका छन्। यसअघि गिरी संघको केन्द्रीय सदस्य एवं तेक्वान्दो राष्ट्रिय टिमका संयोजक थिए।

उपाध्यक्ष गिरीले लामो समय तेक्वान्दो डोजाङ चलाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूलाई प्रशिक्षित गरेका थिए। उनले सञ्चालन गरेको तेक्वान्दो डोजाङबाट पाँच सयभन्दा धेरै ब्लक बेल्ट उपाधी हसिल गरेका खेलाडी उत्पादन गरेका थिए। उपाध्यक्ष गिरीले प्रशिक्षित गरेका दोस्रो, तेस्रो, चौथो, पाचौँ डानसम्मका थुप्रै खेलाडी रहेका छन्।

‘मैले प्रशिक्षित गरेका तेक्वान्दो खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाउँदै तेक्वान्दो खेलको विकासमा अतुलनीय योगदान दिइरहेका छन्,’ ‘उपाध्यक्ष गिरी भन्छन्, ‘अब संघको नेतृत्व तहमा रहेर तेक्वान्दो खेल र समाजलाई खेलकुदको माध्यमबाट सामाजिकीकरण गरी देश विकासमा योगदान पु¥याउने छु।’

उपाध्यक्ष गिरी आफ्नो खेल करिअरका अतिरिक्त व्यवसायिक र समाज सेवाका क्षेत्रमा सफल व्यक्तिका रूपमा चिरपरिचित छन्। तेक्वान्दो संघ तथा खेलाडीहरूका लागि उनले निरन्तर सहयोग उपलब्ध गराउँदै आइरहेका छन्।

संघको चितवनको सौराहमा भएको पाँचौँ अधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष दीपराज गुरुङले गिरीलाई उपाध्यक्ष नियुक्त गरेका हुन्।

तेक्वान्दो खेल आफ्नो जीवनको अभिन्न हिस्सा भएको बताउँदै उपाध्यक्ष गिरीले अध्यक्षको भिजन र निर्देशनमा आफूले अहिलेसम्म हासिल गरेका अनुभवका आधारमा संघका गतिविधिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

नेपालको खेलकुद क्षेत्रमा तेक्वान्दोको विशिष्ट पहिचान भएको बताउँदै यो खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाउन अथक परिश्रम गर्ने उपाध्यक्ष गिरीले बताए।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
माथिल्लो मुस्ताङको जाडोमा गुइँठाको प्रयोगले ऊर्जा बचत र जीवनयात्रामा सहजता ल्याउँदै
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
मधेश प्रदेशमा नदीजन्य पदार्थको राजश्व: ६२ करोडभन्दा बढी रकम बक्यौता तिरेनन् पालिकाहरू
मधेश प्रदेशमा नदीजन्य पदार्थको राजश्व: ६२ करोडभन्दा बढी रकम बक्यौता तिरेनन् पालिकाहरू
एमाले पुनर्गठन कार्यदलको प्रस्ताव : अध्यक्ष ओलीको विकल्प खोज्दै संगठनात्मक नयाँ बाटो
एमाले पुनर्गठन कार्यदलको प्रस्ताव : अध्यक्ष ओलीको विकल्प खोज्दै संगठनात्मक नयाँ बाटो
मुस्ताङमा अत्यधिक चिसोका कारण विकास कार्य ठप्प
मुस्ताङमा अत्यधिक चिसोका कारण विकास कार्य ठप्प
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
अमेरिकी राष्ट्रपति ट्रम्पको उपस्थितिमा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूबीच युद्धविराम सम्झौता, थाइल्यान्ड र कम्बोडियाले सीमा विवाद अन्त्य गरे
बालेन साहको मधेश आन्दोलनका शहीदलाई श्रद्धाञ्जली, सालिकमा माल्यार्पण
बालेन साहको मधेश आन्दोलनका शहीदलाई श्रद्धाञ्जली, सालिकमा माल्यार्पण
अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
अल नासरले साउदी प्रो लिगमा आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै निओम एससिलाई ३-१ गोलले पराजित, शीर्ष स्थानमा स्थिरता
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
काठमाडौं नयाँ बसपार्कको गेस्टहाउसमा युवतीको मृत्यु, अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?