singel post top banner

महिला सांसदहरूले साइबर बुलिङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा गरे उजुरी दर्ता

belwo post title ad banner
रासस रासस
मंगलबार, चैत्र २४, २०८२
48 Views
महिला सांसदहरूले साइबर बुलिङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा गरे उजुरी दर्ता
समाचार सारांश
  • काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महिला सांसदहरूले पछिल्लो समयमा बढ्दै गएको साइबर बुलिङ र यौनिकता सम्बन्धी अनलाइन दुर्व्यवहारका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।
  • सामाजिक सञ्जाल र विभिन्न भर्चुअल प्लेटफर्महरूमा किशोरीहरूलाई लक्षित गरी भइरहेका साइबर दुर्व्यवहार, दुव्र्यवहार, अपमानजनक टिप्पणी, घृणा र टिका टिप्पणीहरूले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसम्मानमा गम्भीर असर परेको उजुरीमा उल्लेख गरिएको छ।

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महिला सांसदहरूले पछिल्लो समयमा बढ्दै गएको साइबर बुलिङ र यौनिकता सम्बन्धी अनलाइन दुर्व्यवहारका विषयमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

सामाजिक सञ्जाल र विभिन्न भर्चुअल प्लेटफर्महरूमा किशोरीहरूलाई लक्षित गरी भइरहेका साइबर दुर्व्यवहार, दुव्र्यवहार, अपमानजनक टिप्पणी, घृणा र टिका टिप्पणीहरूले उनीहरूको मानसिक स्वास्थ्य र आत्मसम्मानमा गम्भीर असर परेको उजुरीमा उल्लेख गरिएको छ।

एमालेकी सचिव र प्रतिनिधिसभाका सदस्य पद्माकुमारी अर्याल, केन्द्रीय सदस्य र राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीसहित १८ महिला सांसदले भोटाहिटीस्थित साइबर ब्युरोमा लिखित उजुरी दिएका हुन्। यस क्रममा उनीहरूले साइबर बुलिङका घटनाहरूलाई छिटो र प्रभावकारी रुपमा छानबिन गर्न, पीडितलाई तत्काल सुरक्षा र न्याय सुनिश्चित गर्न माग गरेका छन्।

सांसदहरूले भनेका छन्, “यस्ता व्यवहारले किशोरीहरूको आत्मबल, मानसिक स्वास्थ्य र सामाजिक सुरक्षामा गम्भीर प्रतिकूल असर पुर्‍याइरहेको छ।” सो समूहले साइबर अपराध सम्बन्धि कानुनी व्यवस्था थप कडाइका साथ कार्यान्वयन गर्न र पीडितहरूलाई संरक्षण गर्न आवश्यक कदम चाल्न आग्रह गरेको हो।

यस प्रकारको कदमले साइबर बुलिङ विरुद्धको अभियानलाई थप बलियो बनाउने विश्वास व्यक्त गरिएको छ, र सरकार तथा सम्बन्धित निकायहरूलाई यस विषयमा थप सजग र सक्रिय हुन आह्वान गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

आरजु देउवाको दाबी: मेरो घरमा नोट जलेको छैन
आरजु देउवाको दाबी: मेरो घरमा नोट जलेको छैन
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
कालिकोटको दुर्गम अस्पतालमा रेडक्रसको सहयोगले स्वास्थ्य सेवा सुधार
कालिकोटको दुर्गम अस्पतालमा रेडक्रसको सहयोगले स्वास्थ्य सेवा सुधार
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
राष्ट्रपतिले नेपालले दिगो विकास, शान्ति र जलवायु परिवर्तनको चुनौतीहरू सामना गर्न संयुक्त राष्ट्रसङ्घसँग सहकार्य गर्ने र फागुनमा हुने आम निर्वाचन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले युवालाई अनुशासन र राष्ट्रप्रेमको पाठ पढाउँदै
प्रधानमन्त्री कार्कीले युवालाई अनुशासन र राष्ट्रप्रेमको पाठ पढाउँदै
काठमाडौँ चेक पोस्टबाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ
काठमाडौँ चेक पोस्टबाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ
सगरमाथाको प्रवेशद्वार लुक्ला र नाम्चेमा तीन दिनदेखि हवाई उडान ठप्प, मौसम खराबी र हिमपातले यात्रा प्रभावित
सगरमाथाको प्रवेशद्वार लुक्ला र नाम्चेमा तीन दिनदेखि हवाई उडान ठप्प, मौसम खराबी र हिमपातले यात्रा प्रभावित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?