डिजिटल सेवामा फड्को मार्दै नाइट्रा टेक्नोलोजी, देशभर ग्राहकको रोजाइमा
- लहान।
- सूचना प्रविधि क्षेत्रमा सक्रिय नाइट्रा टेक्नोलोजी प्रा.
लहान। सूचना प्रविधि क्षेत्रमा सक्रिय नाइट्रा टेक्नोलोजी प्रा.लि. छोटो समयमै भरपर्दो र विश्वासिलो कम्पनीका रूपमा स्थापित हुन सफल भएको छ। वेब होस्टिङ, डोमेन दर्ता, वेबसाइट निर्माण, मोबाइल एप विकास तथा डिजिटल सेवा प्रदान गर्दै आएको कम्पनीले देशभरका ग्राहकहरूको विश्वास जित्दै आफ्नो सेवा विस्तार गरिरहेको छ।
कम्पनीले आधुनिक प्रविधि प्रयोग गर्दै छिटो, सुरक्षित र गुणस्तरीय सेवा दिने लक्ष्य राखेको जनाएको छ। विशेषगरी अनलाइन व्यवसाय, समाचार पोर्टल, शैक्षिक संस्था तथा विभिन्न संघ–संस्थालाई आवश्यक पर्ने प्राविधिक सेवा उपलब्ध गराउँदै आएको कम्पनीका कारण डिजिटल क्षेत्रमा काम गर्नेहरूलाई सहज भएको छ।
कम्पनीका प्रबन्धकका अनुसार ग्राहकको आवश्यकता अनुसार सस्तो, भरपर्दो र दिगो सेवा उपलब्ध गराउनु नै कम्पनीको मुख्य उद्देश्य हो। नयाँ प्रविधि भित्र्याउने, युवा जनशक्तिलाई रोजगारीको अवसर दिने तथा नेपालमै सूचना प्रविधिको विकासमा योगदान गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको बताइएको छ।
हाल कम्पनीले नेपालका विभिन्न जिल्ला मात्र नभई विदेशमा रहेका नेपाली ग्राहकहरूलाई समेत अनलाइनमार्फत सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा अझ आधुनिक डाटा सेवा, क्लाउड सेवा तथा साइबर सुरक्षा सम्बन्धी सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
स्थानीय स्तरबाट सुरु भएको नाइट्रा टेक्नोलोजी प्रा.लि. ले सूचना प्रविधि क्षेत्रमा सकारात्मक प्रभाव पार्दै डिजिटल नेपालको अभियानमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताइएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






