singel post top banner

जलजला गाउँपालिकाका पहिरोग्रस्त बस्तीमा भौगर्भिक अध्ययन, ३१६ घरमा क्षति

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १९, २०८३
21 Views
जलजला गाउँपालिकाका पहिरोग्रस्त बस्तीमा भौगर्भिक अध्ययन, ३१६ घरमा क्षति
समाचार सारांश
  • म्याग्दी ।
  • पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ।

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन गरिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट आएको भूगर्भविद्, गाउँपालिकाका जनप्रतिनिधि र प्राविधिक सम्मिलित टोलीले क्षति पुगेका तथा जोखिममा रहेका बस्तीको स्थलगत निरीक्षण गरेको हो।

भूगर्भविद् सुमन पाण्डे र सन्देश रेग्मीसहितको टोलीले मंगलबार फर्से, किराखोर, खानीगाउँ र ताङवाङ क्षेत्रका पहिरोको अध्ययन गरेको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए। उनका अनुसार टोलीले आज केराबारी, पुलचोक र भेडाबारी क्षेत्रको पनि अध्ययन गर्नेछ।

“विपद्बाट क्षति पुगेका बस्तीमा थप जोखिम पहिचान गर्ने उद्देश्यले गाउँपालिकाको अनुरोध र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा प्राधिकरणले भूगर्भविद्को टोली पठाएको हो,” उपाध्यक्ष आचार्यले भने। अध्ययन प्रतिवेदनका सुझावका आधारमा पुनर्निर्माणका काम अघि बढाइने उनले बताए।

अध्ययनका क्रममा टोलीले क्षति भएका र जोखिममा रहेका बस्तीको निरीक्षण गर्नुका साथै ढुङ्गा र माटोका नमुना सङ्कलन गरेको छ। ड्रोन क्यामेरामार्फत तस्बिर तथा श्रव्यदृश्य सङ्कलन र प्रभावित स्थानीयसँग छलफल पनि गरिएको छ।

गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले जलजलामा ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार प्रारम्भिक विवरणमा १२६ घर पूर्ण र ५० घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने १४० घर जोखिममा छन्।

बाढीपहिरोले निजी आवाससँगै कोदो र धानलगायत खाद्यबाली, सुन्तलाखेती भएको जमिन, सडक, खानेपानी तथा सिँचाइका संरचना र बस्ती संरक्षणका पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ।

सबैभन्दा बढी क्षति जलजला–८ को फर्सेमा भएको छ। अध्यक्ष आचार्यका अनुसार त्यहाँ ७५ घर बगेका छन् भने २७ घर जोखिममा छन्। अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसक्ने बाढी प्रभावितलाई अस्थायी शिविरमा राखिएको छ। फर्सेसँगै वडा नं. ७ का ताङवाङ र खानीगाउँ तथा वडा नं. ४ को लामाखेत पनि प्रभावित भएका छन्।

पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको अध्यक्ष आचार्यले बताए। प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्री उपलब्ध गराउनुका साथै अल्पकालीन र दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

निर्वाचन आयोगको अनुमान, २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च हुने सम्भावना
निर्वाचन आयोगको अनुमान, २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा साढे सात अर्ब रुपैयाँ खर्च हुने सम्भावना
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि घोषणा, आन्तरिक र अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य वृद्धि घोषणा, आन्तरिक र अन्तर्राष्ट्रिय मूल्यमा वृद्धि
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
आज २०८१ साल फागुन २३ गते शुक्रबारको राशिफल
अमेरिकामा नेपाली परिवारमा भीषण घरायसी हिंसा, बुबाले श्रीमती र छोरीको हत्या गरे
अमेरिकामा नेपाली परिवारमा भीषण घरायसी हिंसा, बुबाले श्रीमती र छोरीको हत्या गरे
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
गोलबजार घटना – छानबिनमा गृहमन्त्रालयको उच्चस्तरीय समिति सक्रिय
धादिङमा जेनजी आन्दोलनको फाइदा उठाउँदै फरार आरोपी पुनः चोरी काण्डमा पक्राउ
धादिङमा जेनजी आन्दोलनको फाइदा उठाउँदै फरार आरोपी पुनः चोरी काण्डमा पक्राउ
चिनियाँ सान्टौमा चारतले आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु
चिनियाँ सान्टौमा चारतले आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु
निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन
निपाह भाइरसको खतराका बीच सचेतता र तयारी: स्वास्थ्य मन्त्रालयको स्पष्ट निर्देशन
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
दाङ गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्दा दायर
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?