singel post top banner

डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे, कर्णाली याक्सबाट खेल्ने

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १९, २०८३
18 Views
डेभिड मिलर एनपीएल खेल्न नेपाल आइपुगे, कर्णाली याक्सबाट खेल्ने
समाचार सारांश
  • काठमाडौं ।
  • दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न बुधबार बिहान काठमाडौं आइपुगेका छन्।

काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न बुधबार बिहान काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए।

३७ वर्षीय बायाँहाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका विभिन्न फ्रेन्चाइज लिगमा आफ्नो प्रभाव छाडेका छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग ब्यास लिग र पाकिस्तान प्रिमियर लिगलगायत प्रतियोगिता खेलेका छन्।

आईपीएलमा मिलरले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सको प्रतिनिधित्व गरेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलो पटक आईपीएल उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडीमध्ये एक थिए। कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपाली क्रिकेटसँगै नेपालको पर्यटन प्रवर्द्धनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा भारत र बंगलादेशविरुद्ध शतक बनाएका थिए।

समग्र टी–२० क्रिकेटमा मिलरले ५८४ खेलबाट १२ हजार ४३५ रन जोडिसकेका छन्। यस क्रममा उनले चार शतक र ५३ अर्धशतक बनाएका छन्। सन् २०१७ मा बंगलादेशविरुद्ध उनले ३५ बलमै शतक प्रहार गरेका थिए। यस्तै, आईपीएलमा पञ्जाब किङ्सबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमै शतक बनाएका थिए।

कात्तिक ९ देखि सुरु भएको एनपीएलमा कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेलेको छ। टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रनले र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले हराएको थियो। तेस्रो खेलमा भने काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो।

कर्णालीले अब शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। उक्त खेलमा मिलर कर्णाली याक्सबाट मैदान उत्रिनेछन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
कालिकाका जनप्रतिनिधिलाई जलवायु उत्थानशील कार्य सम्बन्धि अभिमुखीकरण
नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
नेपाल र किर्गिस्तानबीच भलिबल फाइनल आज कोलम्बोमा हुँदै, तेस्रो स्थानको प्रतिस्पर्धा पनि तय
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
नयाँ बसपार्क सडकछेउमा लुगा–कपडाले पोको पारेको अवस्थामा शव फेला, प्रहरीको अनुसन्धान तीव्र
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपित खरेलको बयान प्रक्रिया सुरु
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
भारी वर्षाको सम्भावना, हिमाली र पहाडी क्षेत्रहरूमा चट्याङ्ग र हिमपातको खतरा
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
पाँच निर्माण कम्पनीलाई कालो सूचीमा राखिने निर्णय; सरकारी खरिदमा प्रतिबन्ध
प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्- दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्
प्रधानमन्त्री कार्कीले कलाकारसँग भनिन्- दुष्प्रचार चिर्नका लागि भूमिका खेलिदिनुहोस्
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
नेकपा माओवादी केन्द्रसहित ८ दलबीच पार्टी एकता र कम्युनिष्ट एकीकरणको १८ बुँदामा सहमति
विराटनगरको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना
विराटनगरको लेटाङमा हिरासत कक्षभित्र पुस्तकालय स्थापना
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?