singel post top banner

गण्डकीका गाउँपालिका अध्यक्षमा रास्वपाबाट १९७ आकांक्षी, मनाङ र मुस्ताङबाट आवेदन शून्य

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, कार्तिक १२, २०८३
29 Views
गण्डकीका गाउँपालिका अध्यक्षमा रास्वपाबाट १९७ आकांक्षी, मनाङ र मुस्ताङबाट आवेदन शून्य
समाचार सारांश
  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘गाउँपालिका क्यान्डिडेट क्लब’मा गण्डकी प्रदेशका गाउँपालिका अध्यक्ष पदका लागि १९७ जनाले आवेदन दिएका छन्।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘गाउँपालिका क्यान्डिडेट क्लब’मा गण्डकी प्रदेशका गाउँपालिका अध्यक्ष पदका लागि १९७ जनाले आवेदन दिएका छन्। पार्टीले भदौ १ गतेदेखि उम्मेदवार बन्न इच्छुकहरूका लागि अनलाइन आवेदन खुलाएको थियो।

गण्डकीका ५८ गाउँपालिकामध्ये मुस्ताङ र मनाङका कुनै पनि गाउँपालिकाबाट हालसम्म आवेदन परेको छैन। मुस्ताङमा पाँच र मनाङमा चार गाउँपालिका छन्। म्याग्दीका पाँचमध्ये तीन गाउँपालिकाबाट मात्र आवेदन आएको छ। गण्डकी प्रदेशका रास्वपा सभापति नवीन त्रिपाठीका अनुसार मनाङ र मुस्ताङमा पार्टी संगठन निर्माणकै क्रममा रहेकाले ती जिल्लाबाट हालसम्म आकांक्षी नदेखिएका हुन्।

जिल्लागत रूपमा सबैभन्दा धेरै आवेदन गोरखाबाट परेको छ। गोरखाका गाउँपालिकाबाट ४१ जनाले अध्यक्ष पदमा इच्छा देखाएका छन्। त्यसपछि स्याङ्जाबाट ३२, कास्कीबाट ३१, तनहुँ र पर्वतबाट २३/२३, बागलुङबाट १६, नवलपुरबाट १४, लमजुङबाट ११ र म्याग्दीबाट छ जनाले आवेदन दिएका छन्।

गोरखामा ४१ आकांक्षी

गोरखाका आठ गाउँपालिकाबाट आवेदन परेको छ। अजिरकोटबाट नौ, भीमसेनथापाबाट चार, बारपाक सुलिकोटबाट पाँच, चुमनुब्री र धार्चेबाट एक/एक, गण्डकीबाट सात, शहीद लखनबाट सात र सिरानचोकबाट सात जनाले अध्यक्ष बन्ने इच्छा देखाएका छन्।

बागलुङका छ गाउँपालिकाबाट १६ जनाको आवेदन परेको छ। बडिगाडबाट तीन, बरेङबाट दुई, काठेखोलाबाट चार, निसीखोलाबाट चार, तमानखोलाबाट दुई र ताराखोलाबाट एक जनाले आवेदन दिएका छन्। स्याङ्जाका छ गाउँपालिकाबाट ३२ जनाले आवेदन दिएका छन्। आँधीखोलाबाट सबैभन्दा धेरै १० जना आकांक्षी छन्। अर्जुनचौपारीबाट छ, बिरुवाबाट दुई, हरिनासबाट पाँच, कालीगण्डकीबाट तीन र फेदीखोलाबाट छ जनाले आवेदन दिएका छन्।

तनहुँ र पर्वतबाट २३/२३ आवेदन

तनहुँका छ गाउँपालिकाबाट २३ जनाले अध्यक्ष पदमा आकांक्षा देखाएका छन्। आँबुखैरेनीबाट दुई, बन्दीपुरबाट छ, देवघाटबाट चार, घिरिङबाट छ, म्याग्देबाट चार र ऋषिङबाट एक जनाले आवेदन दिएका छन्।

पर्वतका पाँच गाउँपालिकाबाट पनि २३ जनाको आवेदन परेको छ। बिहादीबाट सात, जलजलाबाट तीन, महाशिलाबाट दुई, मोदीबाट छ र पैयुँबाट पाँच जना आकांक्षी छन्। म्याग्दीका धवलागिरि, मंगला र रघुगंगा गाउँपालिकाबाट दुई/दुई गरी छ जनाले आवेदन दिएका छन्। अन्नपूर्ण र मालिका गाउँपालिकाबाट भने हालसम्म आवेदन परेको छैन।

कास्कीका चार गाउँपालिकाबाट ३१ जनाले अध्यक्ष पदमा इच्छा देखाएका छन्। अन्नपूर्णबाट आठ, माछापुच्छ्रेबाट नौ, मादीबाट १२ र रूपाबाट दुई जनाले आवेदन दिएका हुन्।

लमजुङका चार गाउँपालिकाबाट ११ जनाले आवेदन दिएका छन्। दोर्दीबाट दुई, दूधपोखरीबाट पाँच, क्व्होलासोथारबाट एक र मर्स्याङ्दीबाट तीन जनाको आवेदन परेको छ। नवलपुरका बौदीकालीबाट दुई, बुलिङटारबाट चार र हुप्सेकोटबाट आठ जनाले अध्यक्ष पदका लागि इच्छा देखाएका छन्। जिल्लाको कुल संख्या १४ पुगेको छ।

रास्वपाले गाउँपालिका जनप्रतिनिधिका लागि भदौ १ गते र नगरपालिका जनप्रतिनिधिका लागि असोज २९ गतेदेखि आवेदन खुलाएको थियो। पार्टीका नेताहरूका अनुसार अध्यक्ष पदको तुलनामा उपाध्यक्ष र सदस्य पदमा आवेदन कम परेको छ।

“अध्यक्षको तुलनामा उपाध्यक्षमा आवेदन कम छ। सदस्य पदमा त्यसभन्दा पनि कम आवेदन परेको छ,” सभापति त्रिपाठीले भने, “आवेदनका लागि समय बाँकी छ। ल्याटरल इन्ट्रीका लागि पर्खिरहनुभएका पनि हुनुहुन्छ।” रास्वपाले उम्मेदवार बन्न आवेदन दिने समयसीमा भने हालसम्म तोकेको छैन।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
एक हजार ६ सय किलो गाँजासहित दुईजना पक्राउ
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि
चालू आर्थिक वर्षको ६ महिनामा पेट्रोलियम पदार्थको आयातमा उल्लेखनीय वृद्धि
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
गाउँपालिका कार्यालय आगलागी प्रकरण: दुई जना पुर्पक्षका लागि कारागार चलान
गाउँपालिका कार्यालय आगलागी प्रकरण: दुई जना पुर्पक्षका लागि कारागार चलान
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
मोरङमा बालिका करणीका पीडितको पहिचान खुलाउने सञ्चारकर्मी पक्राउ
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
गोली र लागुऔषधसहित दुई युवक पक्राउ, १२ ग्राम भन्दा बढी खैरो हेरोइन बरामद
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
धरानमा पार्किङमा राखिएका ६ बसमा आगलागी, तीन जलेर पूर्णरूपमा नष्ट, अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?