singel post top banner

कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २८, २०८३
40 Views
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय युवकको मृत्यु, १९ वर्षीय युवक पक्राउ
समाचार सारांश
  • काठमाडौँ ।
  • काठमाडौँको कलङ्कीमा भएको कुटपिटमा गम्भीर घाइते भएका १८ वर्षीय रोशन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ । काठमाडौँको कलङ्कीमा भएको कुटपिटमा गम्भीर घाइते भएका १८ वर्षीय रोशन पाख्रिनको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीय रूपेश पाख्रिनलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार काठमाडौँको खसी बजारमा बस्दै आएका रोशनको स्थायी घर सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ हो। सोही ठाउँका रूपेशलाई मंगलबार बिहान पक्राउ गरिएको हो।

काठमाडौँ महानगरपालिका–१४, कलङ्कीमा विवादका क्रममा रूपेशले कुटपिट गर्दा रोशन गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको खबर पाएपछि प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले रूपेशलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

माथिल्लो त्रिशूली १ का फसेकाहरूको उद्धारको लागि आफन्त द्धारा आन्दोलन
माथिल्लो त्रिशूली १ का फसेकाहरूको उद्धारको लागि आफन्त द्धारा आन्दोलन
माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
माओवादी सांसदको विश्वासको मत नदिने घोषणा, अन्सारी र कर्णको विरोध र हंगामासहित काठमाडौँ प्रदेश सभामा तनाव
सान डिएगो मस्जिद आक्रमण: १७ वर्षीय किशोरीविरुद्ध अभियोग
सान डिएगो मस्जिद आक्रमण: १७ वर्षीय किशोरीविरुद्ध अभियोग
बीपी राजमार्गको स्थायी पुनर्निर्माण छठपछि सुरु, अस्थायी ट्र्याकको भरमा सञ्चालनमा रहेको सडकको समस्या समाधानको तयारी
बीपी राजमार्गको स्थायी पुनर्निर्माण छठपछि सुरु, अस्थायी ट्र्याकको भरमा सञ्चालनमा रहेको सडकको समस्या समाधानको तयारी
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
रौतहट: बलेरीमा दुई घरमा मध्यराति सुरुङ खनेर करिब १२ लाख रुपैयाँ बराबरको चोरी
मधेस प्रदेशमा सरकार स्थिरता र राजनीतिक समीकरण: केन्द्र र प्रदेशबीचको टकराव र आगामी चुनौतीहरू
मधेस प्रदेशमा सरकार स्थिरता र राजनीतिक समीकरण: केन्द्र र प्रदेशबीचको टकराव र आगामी चुनौतीहरू
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
लहान दुर्गा मन्दिरमा हवाई फायरिङ र पशुबलि, प्रहरीको भूमिकाबारे स्पष्टता माग
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
सप्तरीको राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन र तनाव; आत्मदाहको प्रयास
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
बागमती प्रदेशमा नयाँ सरकार गठनको तयारी, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?