singel post top banner

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध: कोरलामा ३०० कन्टेनर र २०० विद्युतीय सवारी रोकिए

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, आश्विन २१, २०८३
41 Views
बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध: कोरलामा ३०० कन्टेनर र २०० विद्युतीय सवारी रोकिए
समाचार सारांश
  • मुस्ताङ ।
  • बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि मुस्ताङका विभिन्न स्थानमा झन्डै पाँच सय कन्टेनर रोकिएका छन्।

मुस्ताङ । बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि मुस्ताङका विभिन्न स्थानमा झन्डै पाँच सय कन्टेनर रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षापछिको विपद्ले सडक अवरुद्ध हुँदा ती कन्टेनर एक सातादेखि लेतेदेखि कोरलानाकासम्मका विभिन्न ठाउँमा रोकिएका हुन्।

भारी वर्षाका कारण क्षतिग्रस्त म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा सडक मर्मत भइरहेको छ। सडक आयोजना प्राविधिकका अनुसार बेनी–जोमसोम सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै एक साता लाग्न सक्छ। सडक अवरुद्ध हुँदा ७० भन्दा बढी कन्टेनर र सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा राखिएका छन्।

बेनी–जोमसोम सडक बन्द रहे पनि कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला खण्डको अवरुद्ध सडक मर्मत गरेपछि भन्सार बन्दरगाहमा रोकिएका केही मालवाहक कन्टेनर जोमसोम ल्याइएको छ।

यसअघि नाका क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन सकेको थिएन। बाढी, पहिरो र नदी कटानले म्याग्दी खण्डका दर्जनौँ स्थानमा विद्युत् पोलमा क्षति पुर्‍याएपछि मुस्ताङमा एक सातासम्म ३३ केभी केन्द्रीय विद्युत् प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध भएको थियो। यसले उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित सेवा प्रभावित बनाएको थियो।

कोरलानाकामै रोकिएका कन्टेनर चालक गोविन्द गुरुङका अनुसार नाकाबाट आयात गरिएका सामान बोकेका करिब ३०० कन्टेनर र २०० भन्दा बढी विद्युतीय सवारीसाधन अझै भन्सार जाँचपासको प्रतीक्षामा छन्।

दसैँ–तिहारलाई लक्षित गरी चीनबाट आयात गरिएका सामान समयमै गन्तव्यमा पुर्‍याउन नसक्दा व्यापारीसँगै उपभोक्ता पनि प्रभावित भएका छन्। आफूले चाहेका सामग्री समयमै खरिद गर्न नपाउँदा उपभोक्तालाई समस्या परेको छ भने सामानको ढुवानी अवरुद्ध हुँदा नेपाली बजारको आर्थिक गतिविधिसमेत सुस्ताएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
एमाले उपमहासचिव रघुवीर महासेठको सरकारलाई सुझाव: प्रतिपक्षसँग सहकार्य र कर नीतिमा सुधार आवश्यक
बीपी राजमार्गको स्थायी पुनर्निर्माण छठपछि सुरु, अस्थायी ट्र्याकको भरमा सञ्चालनमा रहेको सडकको समस्या समाधानको तयारी
बीपी राजमार्गको स्थायी पुनर्निर्माण छठपछि सुरु, अस्थायी ट्र्याकको भरमा सञ्चालनमा रहेको सडकको समस्या समाधानको तयारी
सुर्खेतमा महिला कर्मचारीको मृत्यु, नायब सुब्बा कविलाल विसी पक्राउ
सुर्खेतमा महिला कर्मचारीको मृत्यु, नायब सुब्बा कविलाल विसी पक्राउ
सिद्धार्थ राजमार्गको सुरुङमार्ग निर्माण ६५% सम्पन्न, यात्रुका लागि सुरक्षित र छिटो मार्गको सम्भावना
सिद्धार्थ राजमार्गको सुरुङमार्ग निर्माण ६५% सम्पन्न, यात्रुका लागि सुरक्षित र छिटो मार्गको सम्भावना
हिन्दू राष्ट्र र सांस्कृतिक राष्ट्रवादको नारासहित राष्ट्रिय एकता दलको भव्य घोषणा सभा
हिन्दू राष्ट्र र सांस्कृतिक राष्ट्रवादको नारासहित राष्ट्रिय एकता दलको भव्य घोषणा सभा
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
आन्दोलनरत जेनजी युवाहरुले सडकमै छलफल, प्रशासन र युवाहरुबीच वार्ताको तयारी
रूसको आक्रमणबाट युक्रेनमा दुईजनाको मृत्यु
रूसको आक्रमणबाट युक्रेनमा दुईजनाको मृत्यु
पोखरामा बिजुलीको तार भूमिगत गर्ने कार्य तीव्र, ६५ प्रतिशत काम सम्पन्न
पोखरामा बिजुलीको तार भूमिगत गर्ने कार्य तीव्र, ६५ प्रतिशत काम सम्पन्न
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
नवलपरासीमा सवारी दुर्घटना; स्कुटर चालकको मृत्यु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?