singel post top banner

राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन १३, २०८३
45 Views
राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार सारांश
  • काठमाडौं ।
  • लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

काठमाडौं । लमजुङको राइनास नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आएको १६ लाख ७२ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अधिकारी र तत्कालीन रोजगार संयोजक शेखरनाथ न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। मुद्दा दायर हुनेमा तत्कालीन लेखापाल नवीनकुमार बराल, वडा नं. १ का तत्कालीन अध्यक्ष रमेश न्यौपाने, वडा नं. ३ का तत्कालीन सदस्य ओजराज पौडेल, वडा नं. ४ का तत्कालीन अध्यक्ष जैमान गुरुङ, वडा नं. ५ का तत्कालीन अध्यक्ष नन्दबहादुर कुमाल, वडा नं. ६ का तत्कालीन अध्यक्ष रुकबहादुर तामाङ गुरुङ, वडा नं. ७ का तत्कालीन अध्यक्ष माधवप्रसाद पराजुली र वडा नं. ८ का तत्कालीन अध्यक्ष कृष्णप्रसाद लामिछाने छन्।

आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राइनास नगरपालिकालाई सर्तसहित १६ लाख ७२ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। तर, प्रतिवादीहरूले उक्त रकम तोकिएको कार्यक्रममा खर्च नगरी सरकारी सम्पत्तिको हिनामिना तथा दुरुपयोग गरेको र गैरकानुनी लाभ लिएको अख्तियारको आरोप छ।

आर्थिक वर्षको अन्तिम दिन कानुनविपरीत अनुदान रकम संघीय सञ्चित कोषमा फिर्ता नगरी तत्कालीन रोजगार संयोजक न्यौपानेले पेश्की लिएको र उक्त रकम अन्य प्रतिवादीका खातामा जम्मा गरेको आयोगले जनाएको छ। रकमबाट तोकिएको कार्यक्रम सञ्चालन नभएको, पेश्की हालसम्म फर्छ्योट नगरिएको र त्यसबाट कुनै काम भएको नदेखिएको अख्तियारको दाबी छ।

यसका अतिरिक्त, न्यौपानेले रोजगार संयोजक पदमा रहँदा नगरपालिकाबाट २०७६ वैशाख १६ मा बुझेका एक थान ल्यापटप, एक थान प्रिन्टर र एक थान क्यामेरा कार्यालयबाट २०७७ कात्तिक १ मा बर्खास्त भएपछि पनि बरबुझारथ नगरेको आयोगले जनाएको छ। ती सामग्रीको परल मूल्य १ लाख ६७ हजार २५६ रुपैयाँ रहेको र त्यसबाट पनि हानिनोक्सानी भएको अख्तियारको दाबी छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
भारतीय नागरिक सउरु चौधरी १०५ किलो गाँजासहित पक्राउ
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी
मानव बेचबिखन विरुद्ध नीति र अन्तर्राष्ट्रिय परियोजनाका लागि आर्थिक सहायता स्वीकृत
मानव बेचबिखन विरुद्ध नीति र अन्तर्राष्ट्रिय परियोजनाका लागि आर्थिक सहायता स्वीकृत
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
काठमाडौं विमानस्थल वरपर निषेधाज्ञा, पाँच भन्दा बढी व्यक्तिको जमघटमा रोक
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिब १४ करोड रुपैयाँ बिमा भुक्तानी नहुँदा आर्थिक संकटमा
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई करिब १४ करोड रुपैयाँ बिमा भुक्तानी नहुँदा आर्थिक संकटमा
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
पारदर्शी र सुरक्षित निर्वाचनका लागि ७३ हजार सुरक्षाकर्मी परिचालनको तयारी
डिसहोम कर्मचारी बनेर ठगी गर्ने गिरोह नियन्त्रणमा, ३६४ जना सिकार र २९ लाख ठगी
डिसहोम कर्मचारी बनेर ठगी गर्ने गिरोह नियन्त्रणमा, ३६४ जना सिकार र २९ लाख ठगी
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
सप्तरीमा आत्महत्या प्रेरित गर्ने पक्राउ, बुहारीमाथि यौन दुव्र्यवहारको आरोप
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
जेनजी आन्दोलनको क्रममा लुटिएको हातहतियारसहित एक पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?