singel post top banner

सिरहाका सीमा क्षेत्रबाट १६ लाखभन्दा बढीको अवैध सामान बरामद

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, आश्विन १३, २०८३
57 Views
सिरहाका सीमा क्षेत्रबाट १६ लाखभन्दा बढीको अवैध सामान बरामद
समाचार सारांश
  • सिरहा ।
  • सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट १६ लाख ५० हजार ४६३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सिरहा । सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट १६ लाख ५० हजार ४६३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।

सिरहाका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार सोमबार भारततर्फ लैजाँदै गरिएका तथा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका सामान विभिन्न सीमा इलाकाबाट बरामद गरिएको हो।

बरामद सामानमा लत्ताकपडा, मोटरसाइकल, किराना सामग्री, सुर्ती, कस्मेटिक सामग्री, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, चस्मा, मोटरपार्ट्स, चकलेट, फोटो फ्रेम र औषधिलगायत छन्। बरामद सामान नियमानुसार सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

एसपी थापाका अनुसार २०८३ साल साउन र भदौमा मात्रै सिरहाका विभिन्न सीमा क्षेत्रबाट करिब २ करोड ९५ लाख रुपैयाँ बराबरका अवैध चोरी–निकासी तथा पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको थियो। त्यस्तै, असोज ११ गतेसम्म करिब ५३ लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

बागलुङमा बाढीपहिरोमा १२ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीपहिरोमा १२ जनाको मृत्यु, एक जना बेपत्ता
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
राष्ट्र बैंकले पुनः २०८३ को लागि २० अर्ब रुपैयाँको ऋणपत्र जारी
राष्ट्र बैंकले पुनः २०८३ को लागि २० अर्ब रुपैयाँको ऋणपत्र जारी
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
पोखरा महानगरले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेज संरचनाहरू हटाउने
पोखरा महानगरले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेज संरचनाहरू हटाउने
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
केपी ओलीले भदौ २४ को घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ घोषणा, नयाँ शक्तिसँग जोड्दै आरोप
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
आइतबारका लागि विदेशी मुद्राको विनिमय दर
मधेस प्रदेशको मुख्यमन्त्री यादवले सरकार अस्थिरता र विघटनको धम्की, समर्थन नपाए प्रदेशसभा विघटनको चेतावनी
मधेस प्रदेशको मुख्यमन्त्री यादवले सरकार अस्थिरता र विघटनको धम्की, समर्थन नपाए प्रदेशसभा विघटनको चेतावनी
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
दार्चुलामा निर्वाचन सुरक्षा र तयारी: संयुक्त गस्ती, कर्मचारी तालिम र मतदान प्रक्रिया
डोनाल्ड ट्रम्पको निर्णयहरूले विश्वभर असमझदारी र चिन्तालाई जन्म दिए
डोनाल्ड ट्रम्पको निर्णयहरूले विश्वभर असमझदारी र चिन्तालाई जन्म दिए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?