singel post top banner

काठमाडौंमा नाडा अटो शो २०२६: स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय ब्रान्डको मेलजोल

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, भाद्र ९, २०८३
54 Views
काठमाडौंमा नाडा अटो शो २०२६: स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय ब्रान्डको मेलजोल
समाचार सारांश
  • काठमाडौं — नेपालमा सवारीसाधनको बजार विस्तार हुँदै गर्दा स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
  • यस १८ औं संस्करणको अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय यादवले गर्नुभएको हो।

काठमाडौं — नेपालमा सवारीसाधनको बजार विस्तार हुँदै गर्दा स्वदेशमै उत्पादन तथा एसेम्बल भएका अटोमोबाइल सामग्री र सवारीसाधनलाई प्राथमिकता दिँदै नाडा अटो शो २०२६ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। यस १८ औं संस्करणको अटो शोको उद्घाटन उपराष्ट्रपति रामसाय यादवले गर्नुभएको हो।

यस पटकको प्रदर्शनीमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारीसाधनका ५३ ब्रान्डले भाग लिएका छन्। यी ब्रान्डले एक दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गरिरहेका छन्। मुख्य आकर्षणमा नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ रहेको छ, जसले नेपाली अटोमोबाइल उद्योगको बदलिँदो अवस्थालाई झल्काउँछ।

यस अटो शोको विशेषता भनेको नेपाली उत्पादन र एसेम्बल गरिएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइएको हो। प्रदर्शनीस्थलमा ‘मेड इन नेपाल, मेड फर नेपाल’ प्याभिलियन राखिएको छ, जसमा नेपाली कम्पनीले उत्पादन गरेको अटोमोबाइल सामग्री र सवारीसाधन प्रदर्शन गरिएका छन्। यस क्षेत्रमा करिब आठ नेपाली कम्पनी सहभागी भएका छन्, जसमध्ये विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट, हेल्मेट लगायतका सामग्री समावेश छन्।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालमा अटोमोबाइल क्षेत्रको उत्पादन सम्भावना बढ्दै गएको बताए। “हामीले दिन खोजेको सन्देश यही हो कि नेपाल अब गाडी आयात मात्रै गर्ने देश होइन, स्वदेशी उत्पादन र आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ,” उनले भने।

नाडाको ५० वर्षको इतिहासमा नेपालमा गाडी बिक्री, खरिद, सर्भिसिङका गतिविधिहरू मात्रै होइन, पार्टपुर्जा आपूर्ति देखि उत्पादनसम्मको गतिविधि पनि विस्तार भएको छ। यस अटो शोमा प्यासेन्जर कार, इलेक्ट्रिकभेइकल, व्यावसायिक गाडी लगायतका विभिन्न ब्रान्ड सहभागी छन्। साथै, बैंक, बीमा, ग्यारेज उपकरण र अटो पार्ट्ससमेतका २०० भन्दा बढी स्टलहरू प्रदर्शनमा छन्।

प्रदर्शनीको प्रवेश शुल्क भने सामान्यका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ तोकिएको छ, जुन टिकट खल्ती एपबाट अनलाइन खरिद गर्न सकिन्छ। साथै, पार्किङ, ट्राफिक व्यवस्था, मिडिया डेस्क, क्याफेटेरिया र आकस्मिक स्वास्थ्य सेवा समेत उपलब्ध गराइएको छ।

यस अटो शोले नेपाली अटो बजारलाई मात्र होइन, उत्पादनतर्फको यात्रालाई समेत प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ। विदेशी ब्रान्डको नयाँ मोडल र नेपाली उत्पादनलाई एउटै मञ्चमा राखेर नेपालको अटो उद्योगको बदलिँदो परिदृश्य देखिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इन्डोनेसियाको ज्वालामुखी विस्फोटले विश्वव्यापी विमानस्थलहरूमा यात्रा प्रभावित, करिब १.७ लाख यात्रु अलपत्र
इन्डोनेसियाको ज्वालामुखी विस्फोटले विश्वव्यापी विमानस्थलहरूमा यात्रा प्रभावित, करिब १.७ लाख यात्रु अलपत्र
कर्णाली प्रदेश सरकारले दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस
कर्णाली प्रदेश सरकारले दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस
सप्तरीमा तीन वर्षीया बालिका सानिया खातुनको हत्या, प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लियो
सप्तरीमा तीन वर्षीया बालिका सानिया खातुनको हत्या, प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लियो
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
समयमा काम नहुँदा दाउन्ने सडकखण्डको यात्रा कष्ट पूर्ण
सुनको मूल्य नयाँ उच्चस्तरमा, तोलामा २ लाख ८२ हजार रुपैयाँ
सुनको मूल्य नयाँ उच्चस्तरमा, तोलामा २ लाख ८२ हजार रुपैयाँ
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
दासताविरुद्धको अन्तरराष्ट्रिय दिवस आज
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
नेपालमा सुनको मूल्य घट्यो, आज तोलामा ६०० रुपैयाँले घटेर २,६७,५०० मा पुगे
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
भारतबाट लखेटिएका सयौँ रोहिंग्या नेपाल–भारत सीमा हुँदै नेपाल प्रवेश गर्दै
बिहीबारको सेयर बजार: १७६ कम्पनीको सेयर मूल्य वृद्धि, ५.४४ अर्ब रुपैयाँको कारोबार
बिहीबारको सेयर बजार: १७६ कम्पनीको सेयर मूल्य वृद्धि, ५.४४ अर्ब रुपैयाँको कारोबार
बाराबाट १५१ किलो गाँजा बरामद, प्रहरीले फरार व्यक्तिहरुको खोजी सुरु
बाराबाट १५१ किलो गाँजा बरामद, प्रहरीले फरार व्यक्तिहरुको खोजी सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?