singel post top banner

मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित मार्च प्रभावित, वर्षाका कारण यात्रा चपुरमै रोकिए

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, आषाढ २९, २०८३
31 Views
मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित मार्च प्रभावित, वर्षाका कारण यात्रा चपुरमै रोकिए
समाचार सारांश
  • जनकपुरधाम ।
  • काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा वर्षाको कारण प्रभावित बनेको छ।

जनकपुरधाम । काठमाडौं केन्द्रित पैदल मार्चमा रहेका मिटरब्याज पीडितहरूको यात्रा वर्षाको कारण प्रभावित बनेको छ। आइतबार राति रौतहटको चपुर पुगेर धर्मशालामा रात बिताएका उनीहरू बिहान ५ बजे हिँड्ने योजना बनाएका थिए। तर, रातिदेखि परेको मुसलधारे वर्षा र छाताको अभावका कारण यात्रा प्रभावित भएको मिटरब्याज पीडितकी अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन्।

घिमिरेका अनुसार करिब १०० देखि १५० जना पीडितहरूको लागि पर्याप्त छाता व्यवस्था गर्न सके Marchअगाडि बढाउने योजनामा थिए। उनका अनुसार टोलीमा रहेका केही व्यक्तिसँग मात्र छाता रहेकाले अधिकांश सहभागी वर्षामा निस्कन सक्ने स्थिति छैन। ‘हाम्रो समूहमा वृद्धवृद्धा, बाबुआमा पनि हुनुहुन्छ। उनीहरूका लागि छाताको व्यवस्था गर्ने प्रयास गरिरहेका छौं, तर अहिलेसम्म पर्याप्त छाता उपलब्ध हुन सकेको छैन,’ उनले भनिन्।

उनका अनुसार अघिल्ला दिनहरूमा वर्षामा भिज्दै र प्रचण्ड घाम सहँदै यात्रा गर्नुपरेकोले केही महिला बिरामी समेत परेको अवस्था छ। यसैले अहिलेको वर्षामा थप जोखिम नहोस् भनेर केहीबेरका लागि मार्च रोकिएको हो।

मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको तिरहुतिया गाछीबाट काठमाडौं केन्द्रित पैदल मार्च सुरु गरेका हुन्। सरकारसँग भएका सम्झौता कार्यान्वयन, मिटरब्याजसम्बन्धी फर्जी लिखत खारेज, विशेष ऐन निर्माण, विशेष न्यायाधिकरण गठन लगायत ६ बुँदे मागसहित उनीहरू सिंहदरबारसम्म पुग्ने तयारीमा छन्।

यात्राका क्रममा लगातारको पैदल हिँडाइ, चर्को घाम र वर्षाका कारण धेरै सहभागीको स्वास्थ्यमा असर परेको छ। कतिपयको खुट्टा सुन्निएको, फोका उठेको र घाउसमेत लागेको भए पनि उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
जनकपुरधाममा सरकारी कार्यालयको समयमा एक घण्टा घटौती, शुक्रबार बिहान १० देखि ३ बजेसम्म संचालन हुने
काठमाडौंमा नेकपा एमाले सम्बन्धित विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन
काठमाडौंमा नेकपा एमाले सम्बन्धित विद्यार्थी संगठन अनेरास्ववियुको विरोध प्रदर्शन
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक, १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण लीकको आशंका
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक, १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण लीकको आशंका
मधेस केन्द्रित दलहरू प्रदेशलाई मुठभेडको स्थितिमा ल्याउने प्रयास, मुख्यमन्त्री यादवको आरोप
मधेस केन्द्रित दलहरू प्रदेशलाई मुठभेडको स्थितिमा ल्याउने प्रयास, मुख्यमन्त्री यादवको आरोप
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
सिरहामा सीमा नाकाबाट १४ लाखभन्दा बढीको अवैध सामान बरामद
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
धनुषाको बटेश्वरमा वित्तीय सचेतना अभिवृद्धि गर्न शैक्षिक हाटबजारको सफल आयोजना
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रविलामिछानेबीच भेटवार्ता !
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रास्वपा सभापति रविलामिछानेबीच भेटवार्ता !
नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द, निर्वाचनका कारण सीमा सुरक्षा कडाइ
नेपाल–भारत सीमा नाका तीन दिनका लागि बन्द, निर्वाचनका कारण सीमा सुरक्षा कडाइ
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
जनकपुरधाममा टिपरको ठक्करबाट एक जनाकोमृत्यु, दुई जना घाइते
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?