singel post top banner

मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत

belwo post title ad banner
महेश सिंह महेश सिंह
सोमबार, आषाढ २२, २०८३
48 Views
मधेश प्रदेश सरकारको बजेट भुक्तानी विवाद समाधान, निर्माण व्यवसायी र उपभोक्तालाई राहत
समाचार सारांश
  • जनकपुरधाम ।
  • मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा आएको विकास योजनाको भुक्तानी विवादलाई समाधान गरेको छ।

जनकपुरधाम । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा आएको विकास योजनाको भुक्तानी विवादलाई समाधान गरेको छ। असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेट कार्यान्वयनलाई सहज बनाउने र बाधा अड्काउ हटाउने निर्णय गरेको थियो। यसअनुसार सोमबार राजपत्रमा सूचना प्रकाशित भई योजनामा देखिएको भुक्तानी विवाद अन्त्य भएको हो।

चालु आर्थिक वर्षको साउन महिनामा तत्कालीन अर्थमन्त्री सुनिल यादवले जारी गरेको खर्च मापदण्डअनुसार योजना कार्यान्वयन अघि नै अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य भएको थियो। यसले गर्दा भौतिक पूर्वाधार विकास मन्त्रालयका ४८ वटा योजनाका करिब एक अर्ब रुपैयाँ बराबरको भुक्तानी रोकिएको थियो। यस प्रावधानले अन्य मन्त्रालयहरूमा पनि निर्माण प्रक्रिया अघि बढाउँदा भुक्तानी समस्या थपिएको थियो। यस समस्या समाधानका लागि सरकारले पूर्वस्वीकृति लिनुपर्ने प्रावधान नै खारेज गरेको छ।

प्रदेश सरकारले सबै मन्त्रालय र निकायहरूका लागि बजेट कार्यान्वयनका क्रममा आवश्यक भएको खर्च शीर्षक नं. ३१११२ (गैर आवासीय भवन खरिद), ३११७२ (पूँजीगत अनुसन्धान तथा परामर्श), र ३१५११ (भैपरी आउने पूँजीगत) का बजेटहरूमा पूर्वस्वीकृति आवश्यक नपर्ने निर्णय गरेको छ। साथै, सवारी साधन, मेसिनरी, औजार, र फर्निचर खरिदका लागि समेत पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था हटाइएको छ।

यसैगरी, प्रदेश लोक सेवा आयोगको दायित्व भुक्तानीका लागि लागु हुने री विनियोजन ऐनको दफा ५(२) अनुसार रकमान्तर र थप निकासाका लागि तोकिएको १० प्रतिशत सीमासम्बन्धी व्यवस्था पनि अब लागू नहुने निर्णय भएको छ।

बजेट रोक्का, खर्च कटौती र अर्थ मन्त्रालयको निर्णयप्रति सरकारभित्र विभिन्न दलहरूबीच विवाद रहेको थियो। भुक्तानी समस्या र विवादका कारण निर्माण व्यवसायीहरूले धनुषामा पूर्वाधार विकास कार्यायललाई तालाबन्दी गरेका थिए। यस निर्णयले ती व्यवसायी र उपभोक्ता दुवैलाई राहत दिने विश्वास गरिएको छ।

यस कदमले प्रदेशको विकास कार्यलाई तीव्रता दिने र निर्माण व्यवसायीहरूलाई आवश्यक राहत प्रदान गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top

यो पनि पढौँ

also rade ad banner

यो पनि पढौँ

अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
मेचीनगरस्थित भावना चोकमा आगलागी, १६ लाख बराबरको क्षति, घर र गोठ जले
मेचीनगरस्थित भावना चोकमा आगलागी, १६ लाख बराबरको क्षति, घर र गोठ जले
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
नसर्ने रोगको परीक्षण तीव्र, गाउँगाउँमा स्वास्थ्य अभियान सञ्चालन
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
गरुडा नगरपालिका मा ३० मिनेट भित्रै मोटरसाइकल चोरी र दुई आरोपी पक्राउ
अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेतर्फ अवतरणका क्रममा दुर्घटना, चालक मात्र सुरक्षित
अल्टिच्युड एयरको हेलिकप्टर लोबुचेतर्फ अवतरणका क्रममा दुर्घटना, चालक मात्र सुरक्षित
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २२ गते बिहीबारको राशिफल
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अवहेलना मामिलामा सर्वोच्चबाट लिखित जवाफ माग
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास, राउतको शरीर ५०%भन्दा बढी जलेको
काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास, राउतको शरीर ५०%भन्दा बढी जलेको
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?