हेटौँडामा ट्रक दुर्घटना: सडक पूर्णरूपमा अवरुद्ध, प्रहरीको उद्धार कार्य जारी
- मकवानपुर — गएराति हेटौँडा–मकवानपुरको थाहा नगरपालिका–१२ टिस्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
- शनिबार राति करिब डेढ बजेतिर काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.
मकवानपुर — गएराति हेटौँडा–मकवानपुरको थाहा नगरपालिका–१२ टिस्टुङस्थित त्रिभुवन राजपथमा ट्रक दुर्घटना हुँदा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
शनिबार राति करिब डेढ बजेतिर काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १७५० नम्बरको ट्रक अनियन्त्रित भएर सडकमै पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, ट्रकको अगाडिको दाहिनेपट्टि रहेको पट्टा भाँचिएर ट्रक सडकमा पल्टिएको हो।
दुर्घटनामा ट्रक चालक धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ का २७ वर्षीय ध्रुब घले सामान्य घाइते भएका छन्। उनी ट्रकबाट हाम फाल्ने क्रममा दाहिने खुट्टाको पैतालामा चोट लागेको हो। उनलाई उपचारका लागि पालुङ अस्पताल लैजाने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटना स्थलबाट ट्रक हटाउने र सडक खुलाउने काम भइरहेको छ। इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुष्कर बोगटीका अनुसार, अहिले ट्रक सडकमा रहेकाले सवारी आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ।
सडक अबरुद्ध हुँदा दुवैतर्फ लामो सवारी लाइन लागेको अवस्था छ। प्रहरीको उद्धार र सडक मर्मत कार्य जारी रहेको छ। स्थानीय र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सल्लाह दिइएको छ। यो दुर्घटना र यातायात व्यवस्था सम्बन्धी जानकारीलाई ध्यानमा राख्दै, सबै यात्रुहरूले सतर्कता अपनाउन र आवश्यक सावधानी लिन आग्रह गरिन्छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






