singel post top banner

सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक

belwo post title ad banner
महेश सिंह महेश सिंह
मंगलबार, चैत्र १०, २०८२
17 Views
सिरहाको मुसहर बस्तीमा स्वच्छता र शौचालय अभाव: व्यवस्थापन र चेतना अभियान आवश्यक
समाचार सारांश
  • सिरहा — नेपाल खुला दिसामुक्त घोषणा भए पनि साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीहरूमा स्वच्छताको अवस्था अझै दयनीय छ।
  • हावाहुरी, घामपानी र बर्सातको समयमा टाउको लुकाउने सुरक्षित घर नहुँदा मुसहर समुदायका लागि स्वच्छता र स्वास्थ्यको चुनौती जटिल बनेको छ।

सिरहा — नेपाल खुला दिसामुक्त घोषणा भए पनि साढे छ वर्ष बितिसक्दा पनि सिरहाको लहान नगरपालिकाका मुसहर बस्तीहरूमा स्वच्छताको अवस्था अझै दयनीय छ। हावाहुरी, घामपानी र बर्सातको समयमा टाउको लुकाउने सुरक्षित घर नहुँदा मुसहर समुदायका लागि स्वच्छता र स्वास्थ्यको चुनौती जटिल बनेको छ।

लहान नगरपालिका–१३ का भुटनीदेवी सदायले आफ्नो वेदना पोख्दै भनिन्, “बस्ने घरकै टुङ्गो छैन, शौचालय कहाँ बनाउने? वर्षौंअघि सरकारले दिएको रिङ त छ, तर जग्गा अभावका कारण अझै शौचालय निर्माण गर्न सकेको छैनौँ।”

भुटनी देवीजस्ता वडा नं. १, २, ५, ९, १२ र २४ का मुसहर परिवारहरू अहिले पनि खुला स्थानमा शौच गर्न बाध्य छन्। सुरक्षित आवास र आफ्नै स्वामित्वको जग्गा नहुँदा मुसहर समुदायमा शौचालय निर्माण र प्रयोगको समस्या गम्भीर बन्दै गएको छ।

नगरपालिका र ‘वाटरएड’ संस्थाले गरेको हालैको सर्वेक्षण अनुसार लहानका २४ हजार ७०० घरपरिवारमध्ये १७ प्रतिशत अर्थात् ४२०१ घरमा अझै शौचालय छैन। अधिकांश दलित र भूमिहीन बस्तीमा जग्गा अभाव र चेतनाको कमीले गर्दा शौचालयको पहुँच भने पुग्न सकेको छैन।

लहानमा करिब ३० हजार दलित जनसंख्या रहेको उल्लेख गर्दै ‘विकन परियोजना’ का निर्देशक कविन्द्र पुडासैनीले भने, “९९ प्रतिशत मुसहर भूमिहीन भएकाले उनीहरूको लागि आवास र स्वच्छता दुबै गम्भीर समस्या बनेको छ।”

समाजसेवी शंकरप्रसाद गुप्ताका अनुसार, केवल गैरसरकारी संस्थाका कार्यक्रमले मात्र यो समस्या समाधान हुँदैन। उनको सुझाव अनुसार, स्थानीय स्वास्थ्यकर्मी, शिक्षक र नागरिक अगुवाले मिलेर सक्रिय निगरानी समूह बनाएर समुदायमा निरन्तर शिक्षा र चेतना फैलाउनु आवश्यक छ।

लहानका नगरप्रमुख महेशप्रसाद चौधरीले २०१७ मा खुला दिसामुक्त घोषणा गरिए पनि अझै ठूलो सङ्ख्यामा शौचालयविहीनता देखिनु चिन्ताजनक भएको स्वीकार गर्नुभएको छ। उहाँले भने, “यो स्वच्छताको चुनौती गम्भीर छ। अब हामी घर–घर पुगेर वास्तविक अवस्था परिवर्तन गर्ने योजना बनाएका छौँ। भूमिहीन सुकुम्वासीका लागि उपयुक्त स्थान पहिचान गरी स्थानान्तरण प्रक्रियासमेत अघि बढाइनेछ।”

नगरपालिकाले ‘विकन परियोजना’सँग मिलेर ती ४२०१ घरधुरीमा शौचालय निर्माण अभियान सुरु गरेको छ। यसका लागि तीन महिनासम्म जनप्रतिनिधि, सामाजिक परिचालक र युवा समूहको सहकार्यमा घर–घर पुगेर प्रत्यक्ष अनुगमन र चेतना अभिवृद्धि गरिने योजना रहेको छ।

यस अभियानले मुसहर समुदायको जीवनस्तर सुधार्ने र स्वच्छता तथा स्वास्थ्यको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
सिमरा क्षेत्रमा आज पनि प्रदर्शन जारी, तनाव र कर्फ्यूको अवस्था
सिमरा क्षेत्रमा आज पनि प्रदर्शन जारी, तनाव र कर्फ्यूको अवस्था
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
काठमाडौं प्रहरीको अपराध अनुसन्धान: १० लाख रुपैयाँसहित चोरीका मुख्य अभियुक्त पक्राउ
शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए, अन्य मन्त्रीहरू समेत पदबाट हट्नु भयो
शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए, अन्य मन्त्रीहरू समेत पदबाट हट्नु भयो
नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
नेपालमा शान्तिपूर्ण र उत्साहजनक मतदान सम्पन्न; आईजीपी कार्की
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
बारामा सुरक्षा जिम्मेवारीमा व्यापक हेरफेर : सिमरा घटनापछि एसपी तामाङलाई आकस्मिक हेडक्वार्टर तानिए
ट्रम्पको दाबी पुनः दोहोरिन्यो : ‘भारत–पाकिस्तान द्वन्द्व रोक्न मैले खेलेँ केन्द्रीय भूमिका’
ट्रम्पको दाबी पुनः दोहोरिन्यो : ‘भारत–पाकिस्तान द्वन्द्व रोक्न मैले खेलेँ केन्द्रीय भूमिका’
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत ८ गते शुक्रबारको राशिफल
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
अवैध क्रिप्टो र हुण्डी कारोबार गर्दै ४ पक्राउ, ३० लाख नगद र उपकरण जप्त
चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
चीन र थाइल्यान्डबीच सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले राष्ट्रपति सी जिनपिङ र राजा महा भाजिरालोङकोर्नको ऐतिहासिक भ्रमण
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?