singel post top banner

इरानमा मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, ऐतिहासिक स्थल र दूतावास समेत क्षतिग्रस्त

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, चैत्र १, २०८२
91 Views
इरानमा मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु, ऐतिहासिक स्थल र दूतावास समेत क्षतिग्रस्त
समाचार सारांश
  • तेहरान – इरानको केन्द्रिय शहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार भएको मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
  • इरानी सञ्चारमाध्यमका अनुसार, आक्रमणको समयमा कारभित्र मजदुरहरू काम गरिरहेका थिए।

तेहरान – इरानको केन्द्रिय शहर इस्फाहानस्थित एक औद्योगिक क्षेत्रमा शनिबार भएको मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ। इरानी सञ्चारमाध्यमका अनुसार, आक्रमणको समयमा कारभित्र मजदुरहरू काम गरिरहेका थिए।

समाचार एजेन्सी ‘फार्स’ का अनुसार, हिटिङ र कुलिङ उपकरण उत्पादन गर्ने उक्त कारखानामा आक्रमण भएको हो। इरानले यस आक्रमणको जिम्मेवारी अमेरिक र इजराइल सेना माथि आरोप लगाएको छ।

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिकी–इजरायली संयुक्त आक्रमण आज १५औं दिनमा प्रवेश गरेको छ। इरानको स्वास्थ्य मन्त्रालयका अनुसार, हालसम्म कम्तीमा १४४४ जना मानिसको मृत्यु भएको छ भने १८,५०० भन्दा बढी घाइते भएका छन्। युद्ध सुरु भएदेखि नै इरानका विभिन्न शहरहरू निरन्तर निशानामा परिरहेका छन्।

युद्धको चपेटामा इरानका ऐतिहासिक र कूटनीतिक स्थलहरू समेत परेका छन्। यसअघि, मार्च ८ मा इस्फाहानस्थित रुसी दूतावासमा भएको बमबारीमा कर्मचारीहरू घाइते भएका थिए। रुसले यस घटनालाई ‘घोर उल्लंघन’ भन्दै कडा आपत्ति जनाएको छ।

इरानी संस्कृति मन्त्रालयका अनुसार, युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको ‘गोलेस्टान प्यालेस’ र १७ औँ शताब्दीको प्रसिद्ध ‘नक्श–ए जहान स्क्वायर’ सहित ५६ वटा संग्रहालय र ऐतिहासिक स्थलमा क्षति पुगेको छ। युनेस्कोले इरानका २९ विश्व सम्पदा सूचीमध्ये चारवटा ठाउँमा क्षति पुगेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

यसैबीच, इरानी सेना ले ब्रिगेडियर जनरल अब्दुल्लाह जलाली–नसबको इजरायली आक्रमणमा मृत्यु भएको पुष्टि गरेको छ। सेनाले उनलाई ‘देश रक्षाका क्रममा शहीद’ भएको बताएको छ।

अर्कोतर्फ, अमेरिकी सेना ले इरानको ९० प्रतिशत कच्चा तेल निर्यात हुने ‘खर्ग टापु’ मा पनि आक्रमण गरेको छ। यद्यपि, त्यहाँ कुनै मानवीय क्षति नभएको र तेल निर्यातको कार्य सामान्य रूपमा संचालन भइरहेको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

काठमाडौं कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टर बाढीले डुब्यो, १५४ सुकुमवासीको जीवन सताइयो
काठमाडौं कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टर बाढीले डुब्यो, १५४ सुकुमवासीको जीवन सताइयो
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
शेरबहादुर देउवा सिंगापुर उडे, चुनावअघि स्वास्थ्य उपचारका लागि विदेश यात्रा
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
भेनेजुएलामा अमेरिकी सैन्य आक्रमण: राष्ट्रपति मादुरोले राष्ट्रिय संकटकाल घोषणा
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
सीमा सुरक्षा मजबूत, सशस्त्र प्रहरी बल नेपाल बोर्डर इन्टरएक्सन टिमले सीमा नाकाहरूमा परिचालन गरे
सीमा सुरक्षा मजबूत, सशस्त्र प्रहरी बल नेपाल बोर्डर इन्टरएक्सन टिमले सीमा नाकाहरूमा परिचालन गरे
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
रेमिट्यान्स कम्पनीहरूको न्यूनतम चुक्ता पूँजी दुई वर्षले थप गरी १० करोड पुर्‍याउने व्यवस्था
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
रवि लामिछानेलाई रूपन्देही अदालतमा उपस्थित गराइँदै
नेपालमा सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
नेपालमा सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?