singel post top banner

राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित, चलचित्र क्षेत्रको विकासमा नयाँ अध्याय सुरु

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, माघ २८, २०८२
163 Views
राष्ट्रिय सभाबाट चलचित्र विधेयक पारित, चलचित्र क्षेत्रको विकासमा नयाँ अध्याय सुरु
समाचार सारांश
  • काठमाडौं — राष्ट्रिय सभाले आज चलचित्र विधेयकलाई सर्वसम्मतिमा पारित गरेको छ।
  • यो विधेयकलाई पारित गर्न बुधबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकम श्रद्धा श्रेष्ठले प्रस्ताव राख्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो।

काठमाडौं — राष्ट्रिय सभाले आज चलचित्र विधेयकलाई सर्वसम्मतिमा पारित गरेको छ। यो विधेयकलाई पारित गर्न बुधबारको बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकम श्रद्धा श्रेष्ठले प्रस्ताव राख्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। यस विधेयकलाई तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ल्याएका थिए।

यो विधेयक २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता भएको थियो र २०८२ साल जेठ ६ गते सभामा प्रस्तुत गरिएको थियो। त्यसपछि, २०८२ साल असार ९ गते यसमा सामान्य छलफल भएको थियो। विधेयकलाई थप छलफल गर्न साउन १४ गते विधायन व्यवस्थापन समितिमा पठाइएको थियो। समितिले यसलाई पारित गरी सभामा पेश गरेपछि विधेयकलाई राष्ट्रिय सभाबाट स्वीकृति प्राप्त भएको हो।

विधेयकको ऐनमा परिणत भएपछि, चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगको रुपमा थप सहज बनाउने सरकारको विश्वास छ। यसले देशलाई पर्यटन गन्तव्यको रुपमा प्रवर्द्धन गर्न, स्वदेशी तथा विदेशी चलचित्रको प्रदर्शनअघि जाँच गर्ने व्यवस्था गर्न र स्वदेशी चलचित्रको विकास, विस्तार र नियमन गर्न सहयोग पुग्नेछ।

अर्को, यो विधेयकलाई ऐनमा परिणत गर्न अझै केही प्रक्रियाहरु बाँकी छन्। अब यसलाई नयाँ प्रतिनिधिसभामा पठाइनेछ, जहाँ पारित भएपछि पुनः राष्ट्रिय सभामा फर्किनेछ। त्यसपछि, यसलाई राष्ट्रपतिको प्रमाणीकरणपछि मात्रै कार्यान्वयनमा ल्याइनेछ।

यो नयाँ विधेयकले विक्रम संवत् २०२६ मा बनेको वर्तमान चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गर्नेछ, साथै संघीय संरचना र नयाँ प्रविधि अनुरूप नयाँ नीति कार्यान्वयनमा ल्याउने उद्देश्य राखेको छ। यसले नेपालको चलचित्र उद्योगलाई थप सशक्त बनाउने र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मकता बढाउने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सप्तरीमा २० क्विन्टल गाँजा बरामद, दुई जना नियन्त्रणमा
सप्तरीमा २० क्विन्टल गाँजा बरामद, दुई जना नियन्त्रणमा
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
मधेस प्रदेशसभाका नयाँ सभामुख रामअशीष यादवले पदभार ग्रहण
ओडिसामा भीषण आगलागी: कटकको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा १०को मृत्यु
ओडिसामा भीषण आगलागी: कटकको श्रीराम चन्द्र भञ्ज मेडिकल कलेजमा १०को मृत्यु
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
नेपाली पार्टीका राम कुमार साह ‘सनातनी’ को चुनावी अभियान: निर्वाचन सुधार र सामाजिक चेतना
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
“हिन्दू राष्ट्र” अभिव्यक्तिपछि तनाव, आक्रमणको आरोप (भिडियो सहित)
डोल्पामा खैरो हेरोइनसहित दुई व्यक्तिहरू पक्राउ, ०.९४ ग्राम लागुऔषध बरामद
डोल्पामा खैरो हेरोइनसहित दुई व्यक्तिहरू पक्राउ, ०.९४ ग्राम लागुऔषध बरामद
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
मधेश सरकारमा चलिरहेको बजेट समस्या र निर्माण व्यवसायीको तनाव
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
साउन ३१ देखि भाद्र ६ सम्मको राशिफल: तपाईंको राशि अनुसार यस हप्ताको महत्वपूर्ण सुझावहरू
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
It’s official :FIFA and YouTube Collaboration Each other:New Era for Football Fans Around the World
singel sidbar banner
singel sidbar banner 2