singel post top banner

जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १०, २०८२
170 Views
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
समाचार सारांश
  • काठमाडौं — केही दिनअघि सिमरा, बाराको शिमरामा एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरूमाथि भएको सङ्घातिक आक्रमण र आज धनगढीमा युवामाथि भएको दोहोरो आक्रमणप्रति जेनजी समूहले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
  • बुधबार, विभिन्न जेनजी समूहहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै, उनीहरूले सरकार र एमाले नेतृत्वको मौनतालाई आलोचना गरेका छन्।

काठमाडौं — केही दिनअघि सिमरा, बाराको शिमरामा एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरूमाथि भएको सङ्घातिक आक्रमण र आज धनगढीमा युवामाथि भएको दोहोरो आक्रमणप्रति जेनजी समूहले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बुधबार, विभिन्न जेनजी समूहहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै, उनीहरूले सरकार र एमाले नेतृत्वको मौनतालाई आलोचना गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हामीलाई स्पष्ट पार्न चाहन्छौं कि, जेनजीमाथि भइरहेको हमला केवल व्यक्तिगत आक्रमण होइन, यो खुल्ला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको सुनियोजित ध्वंस हो। देशभरिका युवाहरू सुशासन, न्याय र पारदर्शिताको आवाज उठाइरहेका बेला, केपी ओली र महेश बस्नेतको नेतृत्वमा रहेको शक्तिशाली समूहले देशलाई हिंसातर्फ धकेलिरहेको छ।”

उनीहरूले थप भनिएको छ, “सुशीला कार्की नेतृत्वको सरकारको मौनता केवल कमजोरी होइन, यसले एमालेले जेनजीहरुमाथि गरेको गुण्डागर्दी र दमनलाई समर्थन गरेको संकेत हो। यदि हिंसा र दमन तुरुन्त रोकिएन भने, यसका जिम्मेवारी पूर्ण रूपमा सरकार र एमाले नेतृत्वले वहन गर्नुपर्नेछ।”

विज्ञप्तिमा भनिएको छ, “हामी स्पष्ट रूपमा भन्न चाहन्छौं, यदि जेनजीमाथिको दमन र हिंसा जारी रहने हो भने, हामी चुपचाप बस्ने छैनौं। सरकार र एमालेलाई यसको जिम्मेवारी थप्नु पर्नेछ।”

जेनजी समूहले सरकारले तुरुन्तै महेश बस्नेतलाई पक्राउ गरी २४ घण्टाभित्र कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। उनीहरूले थप भनेका छन्, “हामीलाई विश्वास छ, यदि सरकारले आवश्यक कदम नचाले, भने हाम्रो संघर्ष अझ तीव्र र व्यापक हुनेछ।”

यो घटनाले देशभरी युवाहरु र नागरिक समाजको ध्यान आकर्षित गरेको छ। विभिन्न सामाजिक र राजनीतिक समूहहरूले हिंसाको निन्दा गर्दै, शान्तिपूर्ण आन्दोलन र लोकतान्त्रिक मूल्यलाई समर्थन गर्न आह्वान गरेका छन्।

अहिले, सरकार र राजनीतिक तहबाट यस विषयमा थप कदम र स्पष्टता आवश्यक भएको देखिन्छ, किनभने यस प्रकारको हिंसा र दमनले देशको स्थिरता र लोकतन्त्रलाई नै खतरा पुर्‍याउने सम्भावना देखिएको छ।

567100136_1409087140787543_378878466045719935_n (1)

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
झापा विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट बाहिर गएको घटनाको जाँच सुरु
प्रतिनिधिसभा सदस्यको मनोनयन प्रक्रिया: अनिवार्य कागजातहरू र प्रक्रिया विस्तृत
प्रतिनिधिसभा सदस्यको मनोनयन प्रक्रिया: अनिवार्य कागजातहरू र प्रक्रिया विस्तृत
प्रधानमन्त्री सुशीला कार्कीले नारिका दिवसमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले नारिका दिवसमा पहिलो पटक सार्वजनिक सम्बोधन गर्दै
सञ्चारमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट
सञ्चारमन्त्री जगदीश खरेलले आफू कुनै पार्टीमा आबद्ध नरहेको स्पष्ट
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
सरकारको सावधानी र सक्रियताले ठुलाे मानवीय क्षति हुन पाएन : मन्त्री घिसिङ
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
निर्वाचन आचारसंहिता २०८२: कर्मचारी, उम्मेदवार र राजनीतिक दलका लागि महत्वपूर्ण निर्देशनहरू
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
म्याग्दीमा २२.५ मेगावाट माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना सम्पन्न
सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै
सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
आज २०८१ साल फागुन २४ गते शनिबारको राशिफल
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?