singel post top banner

जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग

belwo post title ad banner
महेश सिंह महेश सिंह
बुधबार, मंसिर १०, २०८२
224 Views
जेनजीहरूमाथि आक्रमणको भर्त्सना, महेश बस्नेतलाई २४ घण्टा भित्र कानुनी कारबाहीको माग
समाचार सारांश
  • काठमाडौं — केही दिनअघि सिमरा, बाराको शिमरामा एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरूमाथि भएको सङ्घातिक आक्रमण र आज धनगढीमा युवामाथि भएको दोहोरो आक्रमणप्रति जेनजी समूहले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
  • बुधबार, विभिन्न जेनजी समूहहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै, उनीहरूले सरकार र एमाले नेतृत्वको मौनतालाई आलोचना गरेका छन्।

काठमाडौं — केही दिनअघि सिमरा, बाराको शिमरामा एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेनजीहरूमाथि भएको सङ्घातिक आक्रमण र आज धनगढीमा युवामाथि भएको दोहोरो आक्रमणप्रति जेनजी समूहले गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

बुधबार, विभिन्न जेनजी समूहहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै, उनीहरूले सरकार र एमाले नेतृत्वको मौनतालाई आलोचना गरेका छन्। विज्ञप्तिमा भनिएको छ, “हामीलाई स्पष्ट पार्न चाहन्छौं कि, जेनजीमाथि भइरहेको हमला केवल व्यक्तिगत आक्रमण होइन, यो खुल्ला युद्ध र लोकतान्त्रिक मूल्य–मान्यतामाथि गरिएको सुनियोजित ध्वंस हो। देशभरिका युवाहरू सुशासन, न्याय र पारदर्शिताको आवाज उठाइरहेका बेला, केपी ओली र महेश बस्नेतको नेतृत्वमा रहेको शक्तिशाली समूहले देशलाई हिंसातर्फ धकेलिरहेको छ।”

उनीहरूले थप भनिएको छ, “सुशीला कार्की नेतृत्वको सरकारको मौनता केवल कमजोरी होइन, यसले एमालेले जेनजीहरुमाथि गरेको गुण्डागर्दी र दमनलाई समर्थन गरेको संकेत हो। यदि हिंसा र दमन तुरुन्त रोकिएन भने, यसका जिम्मेवारी पूर्ण रूपमा सरकार र एमाले नेतृत्वले वहन गर्नुपर्नेछ।”

विज्ञप्तिमा भनिएको छ, “हामी स्पष्ट रूपमा भन्न चाहन्छौं, यदि जेनजीमाथिको दमन र हिंसा जारी रहने हो भने, हामी चुपचाप बस्ने छैनौं। सरकार र एमालेलाई यसको जिम्मेवारी थप्नु पर्नेछ।”

जेनजी समूहले सरकारले तुरुन्तै महेश बस्नेतलाई पक्राउ गरी २४ घण्टाभित्र कानुनी कारबाही गर्न जोडदार माग गरेको छ। उनीहरूले थप भनेका छन्, “हामीलाई विश्वास छ, यदि सरकारले आवश्यक कदम नचाले, भने हाम्रो संघर्ष अझ तीव्र र व्यापक हुनेछ।”

यो घटनाले देशभरी युवाहरु र नागरिक समाजको ध्यान आकर्षित गरेको छ। विभिन्न सामाजिक र राजनीतिक समूहहरूले हिंसाको निन्दा गर्दै, शान्तिपूर्ण आन्दोलन र लोकतान्त्रिक मूल्यलाई समर्थन गर्न आह्वान गरेका छन्।

अहिले, सरकार र राजनीतिक तहबाट यस विषयमा थप कदम र स्पष्टता आवश्यक भएको देखिन्छ, किनभने यस प्रकारको हिंसा र दमनले देशको स्थिरता र लोकतन्त्रलाई नै खतरा पुर्‍याउने सम्भावना देखिएको छ।

567100136_1409087140787543_378878466045719935_n (1)

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
अमेरिकी नौसेनाका विमान र हेलिकोप्टर दक्षिण चीन सागरमा दुर्घटनाग्रस्त, चार वटा विमान गुमाउने क्रम जारी
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लिएर यातायात प्रभावित
पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सडक चिप्लिएर यातायात प्रभावित
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
सशस्त्र प्रहरीको टोलीले हिमपात प्रभावित पर्यटकको स्वास्थ्य र बाटोको व्यवस्थापन गर्दै
जनकपुरधाममा स्वास्थ्यकर्मीको माग पूरा गर्न असमर्थता र प्रहरी दमन, सडक अवरुद्ध र आन्दोलन जारी
जनकपुरधाममा स्वास्थ्यकर्मीको माग पूरा गर्न असमर्थता र प्रहरी दमन, सडक अवरुद्ध र आन्दोलन जारी
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
यमनमा हुथी विद्रोहीहरूले साउदी अरबमाथि २४ घण्टामा ५४ वटा हवाई आक्रमणको दाबी
जनकपुरधाममा एक हप्ता भित्र दुई युवतीको हत्या, प्रहरी अनुसन्धान जारी
जनकपुरधाममा एक हप्ता भित्र दुई युवतीको हत्या, प्रहरी अनुसन्धान जारी
Nepal Politics: Deepak Kumar Sah Set to Take Charge of Industry Ministry After Gauri Kumari Yadav Resigns
Nepal Politics: Deepak Kumar Sah Set to Take Charge of Industry Ministry After Gauri Kumari Yadav Resigns
सिरहा गोलबजारमा कर्फ्यु खुकुलो, सुरक्षा अवस्थाको समीक्षापछि साँझसम्मका लागि राहत
सिरहा गोलबजारमा कर्फ्यु खुकुलो, सुरक्षा अवस्थाको समीक्षापछि साँझसम्मका लागि राहत
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?