singel post top banner

आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, मंसिर १०, २०८२
305 Views
आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित
समाचार सारांश
  • काठमाडौँ।
  • सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ। सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।

मङ्गलबार साँझ, पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर आगो लगाएका पोखरेललाई तत्कालै स्थानीयहरूले पानी र बालुवाले आगो निभाएका थिए। जलेर गम्भीर घाइते भएका उनलाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि मङ्गलबार राति ९ बजे प्रदेश राजधानी जनकपुरधामको प्रादेशिक अस्पतालमा ल्याइएको थियो।

उपचारकै क्रममा बुधबार बिहान करिब २ बजेतिर पोखरेलको मृत्यु भएको प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए। मृतकको परिचय खुल्न सकेको छैन। मृतकको परिवार बुधबार बिहान मात्रै सम्पर्कमा आएको र उनी झापाबाट जनकपुरतर्फ प्रस्थान गरेको प्रहरीले जनाएको छ।

आत्मदाहको कारण अझै स्पष्ट हुन सकेको छैन। प्रारम्भिक जानकारीका अनुसार पोखरेल केही समयदेखि घरमा नबस्ने र मठ–मन्दिरमा बस्ने गरेको पाइएको छ। पोष्टमार्टमका लागि शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकका आफन्तहरू अहिले झापाबाट जनकपुरका लागि प्रस्थान गरिसकेका छन्।

यस घटना सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, ‘कोशी घोषणापत्र २०८३’ जारी गरिने
विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु, ‘कोशी घोषणापत्र २०८३’ जारी गरिने
मधेस प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन सार्वजनिक, बाँकी मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा
मधेस प्रदेशमा मन्त्रीहरूको कार्यविभाजन सार्वजनिक, बाँकी मन्त्रालय मुख्यमन्त्रीकै जिम्मामा
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
चीनले नेपाललाई ५० टन आपतकालीन राहत सामग्री र उद्धार विशेषज्ञ पठायो
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
आर्थिक अभावले शिक्षाबाट वञ्चित हुन पर्दैन : नगर प्रमुख रेग्मी
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
इमरान खानले ‘भारत छाड’ नोटिसविरुद्ध बम्बे हाईकोर्टमा दिए रिट
इमरान खानले ‘भारत छाड’ नोटिसविरुद्ध बम्बे हाईकोर्टमा दिए रिट
काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही
काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
एसइई सम्पन्न : असार ७ गतेभित्र परीक्षाफल
मधेश प्रदेशमा पूर्वाधार र जलस्रोत आयोजना अनुगमन गर्न नयाँ उपसमिति गठन
मधेश प्रदेशमा पूर्वाधार र जलस्रोत आयोजना अनुगमन गर्न नयाँ उपसमिति गठन
आजको नेपाली पञ्चाङ्ग, राशिफल र शुभअवसरहरू – महाशिवरात्रि व्रत विशेष
आजको नेपाली पञ्चाङ्ग, राशिफल र शुभअवसरहरू – महाशिवरात्रि व्रत विशेष
singel sidbar banner
singel sidbar banner 2