singel post top banner

जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
आइतबार, कार्तिक ९, २०८२
146 Views
जेनजी आन्दोलनमा प्रहरी हत्याका मुख्य आरोपीहरूसहित पाँचजनालाई थप पक्राउ, मुख्यमन्त्रीको निर्देशनमा अनुसन्धान जारी
समाचार सारांश
  • काठमाडौँ — जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ५ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ, साथै सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर छन्।

काठमाडौँ — जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाको हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले थप ५ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ, साथै सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर छन्। उनीहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले कुटपिट गरेर प्रहरीको हत्या गरेको पुष्टि भएको छ।

यसअघि नै महाराजगन्ज क्षेत्रमा प्रहरीको हत्यामा संलग्न रहेका ४ जना आरोपीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। उनीहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होम प्रसाद पौडोडेल र टिकाराम बिक छन्। ती व्यक्तिहरूले जवान उत्तम थापालाई कुटपिट गरी हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष देखाएको छ।

अर्को घटनामा, काभ्रेको रोशी गाउँपालिका घर भएका २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले प्रहरी जवान उत्तम थापालाई कुटेर हत्या गरेको पुष्टि भएको छ। साथै, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएका ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएका २८ वर्षीय टिकाराम विकले असई मिलन रायको हत्या गरेको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

महाराजगन्ज क्षेत्रमा प्रहरीको हत्यामा संलग्न रहेका र पछि पक्राउ परेका अन्य आरोपीहरूविरुद्ध अनुसन्धान पूर्ण गरी प्रतिवेदन पेस गरिने काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी पवन भट्टराईले बताए। सुमित तितुङ र दीपक मगरलाई असार ३१ देखि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखी अनुसन्धान भइरहेको छ। हत्यामा संलग्न अन्य तीनजना आरोपीहरूलाई कार्तिक ३ मा पक्राउ गरिएको हो।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदान सुरु
मधेश प्रदेशमा राष्ट्रिय सभा सदस्यको मतदान सुरु
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
महोत्तरीमा जेनजी आन्दोलनका घाइतेहरूलाई परिचयपत्र वितरणका लागि प्रक्रिया सुरु
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
आज २०८१ साल चैत ३ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको निर्देशन: निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहुने सुनिश्चितता
प्रधानमन्त्री कार्कीको निर्देशन: निर्वाचन सुरक्षामा कुनै पनि कमजोरी नहुने सुनिश्चितता
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
मधेस प्रदेश: खर्च कटौती र स्रोत व्यवस्थापनको कडाइ
जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी
जनकपुरधाममा ३५० युवायुवतीलाई सीप तालिम, १९६ जनाले पाए रोजगारी
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
इरानमा अमेरिका र इजरायलको आक्रमण: १९३ बालबालिकाको मृत्यु
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
सर्वोच्च अदालतको आदेश: अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई निर्देशन
सर्वोच्च अदालतको आदेश: अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई निर्देशन
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
सुर्खेतको वीरेन्द्रनगरमा एमाले नेता महेश बस्नेतविरुद्ध युवाहरुको आन्दोलन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?