singel post top banner

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
शनिबार, कार्तिक ८, २०८२
240 Views
धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
समाचार सारांश
  • सुदूरपश्चिम।
  • आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन्।

सुदूरपश्चिम। आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन्।

मुख्य आम्दानी स्रोतका रूपमा रहेको बर्खे धानको न्यूनतम समर्थन मूल्य सरकारले गत साउन महिनामा तोकेको भए पनि त्यसअनुसारको मूल्य पाउन नसकिरहेको किसानको गुनासो छ।

‘सरकारले धानको न्यूनतम मूल्य तोकिदिन्छ, तर यो मूल्यमा व्यापारीले धान किन्न नमान्दा आफूहरूले उचित मूल्य पाउने गरेका छैनौँ’, कैलालीको गोदावरी नगरपालिकाका किसान सुवास चौधरीले भने।

धान खरिद गर्ने व्यापारीले आफूखुसी मूल्य निर्धारण गरेर धान खरिद बिक्रीमा एकाधिकार जमाउने गरेको आरोप किसानको छ।

कञ्चनपुरको पुरैना गाउँका किसान केशव पाठकले भने, ‘धान खरिद गर्ने व्यापारीले बिक्री गर्न जाने किसानलाई बढीमा दुई हजार ६५० भन्दा बढी मूल्य दिन नसक्ने जवाफ दिन्छन्, आफ्नो घर खर्चको जोहो गर्न किसानले व्यापारीले तोकिदिएको मूल्यमा बेच्नुपर्ने अवस्था छ।’

नेपाल सरकार मन्त्रिपरिषद्को गत साउन २६ गतेको बैठकले प्रतिक्विन्टल मोटा धान रु तीन हजार ४६३, पैसा ८१ र मध्यम धानको रु तीन हजार ६२८ पैसा ३३ न्यूनतम् समर्थन मूल्य तोकेको थियो।

धान खरिद गर्दै आएको सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष अहिलेसम्म धान खरिद गर्न डिपो सञ्चालन गरेको छैन। लिमिटेडको धनगढी कार्यालयका वरिष्ठ सहायक मुकुन्दराज पनेरुले यही कात्तिक ११ गतेदेखि डिपो सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिए।

आर्थिक रूपमा कमजोर साना किसानलाई यतिबेला गहुँखेतीको तयारी गर्नका लागि खेत खनजोत गर्न, बीउ, मलखादको व्यवस्था गर्न चाहिने रकमका लागि धान बेच्नैपर्ने बाध्यता हुन्छ।

सरकारले समयमै न्यूनतम समर्थन मूल्य तोक्दा धानको बजार मूल्य कामय गर्न केही हदसम्म सघाउ पुर्‍याउने गरेको भए पनि तोकिएको मूल्य निजी क्षेत्रका व्यापारीबाट नपाउने गरेको कृषकको अनुभव छ।

यसैबीच कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको अध्यक्षतामा आज प्रशासन कार्यालयमा बसेको बैठकले न्यूनतम् समर्थन मूल्यअनुसार खरिद बिक्री भए नभएकाबारे अनुगमन गर्ने निर्णय गरेको छ।

बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई यथाशीघ्र धान खरिदको प्रक्रिया अघि बढाउन र कैलाली जिल्लाबाट धान खरिदको परिमाण साविककोभन्दा वृद्धि गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

यस्तै व्यापार कम्पनी लिमिटेडलाई स्थानीय तहको समन्वयमा आवश्यकताअनुसार धान खरिद केन्द्र थप गर्न पहल गर्न, सरकारले तोकेको मूल्यमा धान खरिद बिक्री कार्य सञ्चालन गर्न गराउन अनुरोध गर्नेलगायत निर्णय पनि गरेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनीको जग्गा हिनामिना प्रकरणमा माधव कुमार नेपालसहित ९३ विरुद्ध मुद्दा सुनुवाइको लागि निर्धारित
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
काठमाडौं र भक्तपुरमा यातायात बिचौलियाविरुद्ध ठूलो अभियान, ३२ बिचौलिया पक्राउ
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
कार बम विस्फोट प्रकरण : आक्रमणकारीका सहयोगीलाई एनआईएको पक्राउ
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
सर्वोच्च अदालतमा आगलागीबाट जलेका १० हजारभन्दा बढी मुद्दाका मिसिल तयार
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
आज २०८१ साल चैत ७ गते बिहीबारको राशिफल
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
नेपाली कांग्रेसले जनताको प्रतिबद्धता र भिजन १० सार्वजनिक
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबार कुन विदेशी मुद्राको विनिमय दर कति ?
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
नेपालको पहिलो विद्यावारिधि डा. बाबुराम भुललाई नेपाल विश्वविद्यालयबाट प्रदान
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?