singel post top banner

तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू

belwo post title ad banner
मिथलेश साह मिथलेश साह
शनिबार, कार्तिक ८, २०८२
260 Views
तराई मधेसमा छठपर्वको सुरक्षा: ‘अप्रेसन आस्था’ योजना लागू
समाचार सारांश
  • तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति र सुरक्षा सुनिश्चित गर्न ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ।
  • मधेस प्रदेश प्रहरी कार्यालयले यो योजना लागू गरी पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गराउन तयारी गरेको हो।

तराई मधेसको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति र सुरक्षा सुनिश्चित गर्न ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। मधेस प्रदेश प्रहरी कार्यालयले यो योजना लागू गरी पर्वलाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गराउन तयारी गरेको हो।

मधेस प्रदेश प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाले ‘अप्रेसन आस्था’ योजनाको बारेमा जानकारी दिँदै बताए कि, यस अन्तर्गत प्रदेशभरका आठवटा जिल्लामा करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनले भने, “छठपर्वको संवेदनशीलतालाई ध्यानमा राखेर विशेष सुरक्षा व्यवस्था मिलाइएको हो। मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, झगडा गर्ने, भीडभाडमा अव्यवस्था सृजना गर्नेलगायत सम्भावित घटनालाई रोक्न यो योजना लागू गरिएको हो।”

सुरक्षा बलमा ट्राफिक प्रहरी, महिला प्रहरी, मोबाइल पेट्रोलिङ टोली र सादा पोशाकका सुरक्षाकर्मी समेत परिचालन गरिएको छ। थपलियाले छठघाट, तलाउ, नदी किनार, बजार क्षेत्र र मुख्य राजमार्गमा विशेष सतर्कता अपनाउन निर्देशन दिएका छन्। उनले जनताको श्रद्धा र विश्वास सुरक्षित राख्न सबै सुरक्षा संयन्त्र सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने र सार्वजनिक स्थानमा हुलदङ्गा गर्ने जो कोहीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै, भीडभाड हुने स्थलहरूमा सिसी क्यामेराबाट निगरानी, सुरक्षाचौकी स्थापना र मोबाइल गस्ती टोलीलाई सक्रिय बनाइएको छ।

यस योजनाको कार्यान्वयनबाट तराई मधेसका सबैले छठपर्वलाई शान्तिपूर्ण र सुरक्षित रूपमा मनाउने विश्वास व्यक्त गरेका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
मिथलेश साह
मिथलेश साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

इराकबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता, सुरक्षा रिक्तताबारे चिन्ता
इराकबाट दुई दशकपछि अमेरिकी सेना फिर्ता, सुरक्षा रिक्तताबारे चिन्ता
युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
युग पाठक नेकपा एमालेबाट पार्टी प्रवेश, प्रचण्ड नेतृत्वमा नयाँ सुरु
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
मन्त्रिपरिषद् विस्तारको तयारी, यी हुन् आज थपिने ४ मन्त्री
धनुषामा मोटरसाइकल चोरी गिरोह पक्राउ: १२ जना नियन्त्रणमा, ११ चोरीका मोटरसाइकल बरामद
धनुषामा मोटरसाइकल चोरी गिरोह पक्राउ: १२ जना नियन्त्रणमा, ११ चोरीका मोटरसाइकल बरामद
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
आज २०८१ साल फागुन १७ गते शनिवारको राशिफल
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
सैनिक आवासीय महाविद्यालयको ४८औँ वार्षिकोत्सव: गुणस्तरीय शिक्षा र राष्ट्रप्रति उत्तरदायित्वको प्रतिबद्धता
सर्लाहीमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ
सर्लाहीमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ
अमेरिकामा नेपाली परिवारमा भीषण घरायसी हिंसा, बुबाले श्रीमती र छोरीको हत्या गरे
अमेरिकामा नेपाली परिवारमा भीषण घरायसी हिंसा, बुबाले श्रीमती र छोरीको हत्या गरे
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
चन्द्रपुरमा महेन्द्र राजमार्ग खुल्यो: ग्यास बुलेट हटाइएपछि यातायात सञ्चालन
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
राना थारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’ आज मनाइँदै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?