singel post top banner

‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
322 Views
‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ
समाचार सारांश
  • काठमाडौँ ।
  • चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले रोबोट फोन घोषणा गरेको छ ।

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले रोबोट फोन घोषणा गरेको छ । हालै एक भिडिओ जारी गर्दै कम्पनीले रोबोटिक आर्म (यान्त्रिक अङ्ग) जडित क्यामेरा भएको ‘रोबोट फोन’को घोषणा गरेको हो ।

यो यस्तो अवधारणाको फोन हो, जसको पछाडिको भागबाट क्यामेरा बाहिर निस्किन्छ । र, स्वचालित रूपमा विभिन्न दिशाबाट तस्बिर तथा भिडिओ खिच्न सक्छ । कम्पनीले हालसम्म यस फोनको एउटा कम्प्युटर ग्राफिक्स (सीजीआई) मा आधारित भिडिओ मात्र सार्वजनिक गरेको छ । यसबारे थप विस्तृत जानकारी अर्को वर्ष बार्सिलोनामा आयोजना हुने ‘मोबाइल वर्ल्ड कङ्ग्रेस’ (एमडब्लूसी) मा दिइने अनरले जनाएको छ ।

सार्वजनिक गरिएको टिजर भिडिओ अनुसार यो फोन सामान्यभन्दा केही मोटो देखिन्छ र यसको पछाडि स्प्लिट क्यामेरा मोड्युल रहेको छ । अनरको परम्परागत लोगोको सट्टा ‘अल्फा’ लोगो प्रयोग गरिएको छ ।

यसले कम्पनीको ‘अल्फा प्लान’ नामक भविष्यको भिजनलाई सङ्केत गरेको छ । भिडिओमा क्यामेरा जडित रोबोटिक आर्म फोनबाट बाहिर निस्किएर विभिन्न कोणमा घुमेको देखाइएको छ । यसबाट फोनको उक्त आर्म स्वचालित रूपमा सञ्चालन हुन सक्ने देखिन्छ ।

कम्पनीका अनुसार ‘रोबोट फोन’को अवधारणाले भविष्यको फोनलाई एउटा उपकरण मात्र नभई एक ‘भावनात्मक साथी’ को रूपमा परिकल्पना गरेको छ । “यो फोनले एक रोबोट जस्तै प्रयोगकर्ताको आवश्यकतालाई बुझ्ने, त्यसअनुसार आफूलाई ढाल्ने र माया, आनन्द तथा ज्ञानले प्रयोगकर्ताको जीवनलाई समृद्ध बनाउनेछ,” अनरले एक विज्ञप्तिमा भनेको छ ।

यो परियोजना आर्टिफिसियल इन्टेलिजेन्सलाई आफ्ना उत्पादनमा इन्टिग्रेट गर्ने कम्पनीको बृहत् प्रयास अन्तर्गत पर्छ । अनरले आगामी पाँच वर्षभित्र आफूलाई एआई-केन्द्रित डिभाइस कम्पनीमा रूपान्तरण गर्न १० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । हाल कम्पनीले प्रयोगकर्तालाई ई-कमर्स साइटमा किनमेल गर्न, ट्याक्सी बोलाउन र फोटोग्राफीसम्बन्धी सुझाव दिन मद्दत गर्ने एआई उपकरण सार्वजनिक गरिरहेको छ ।

अहिलेसम्म यो फोनको कुनै वास्तविक प्रोटोटाइप भने देखाइएको छैन । कम्पनीले आगामी वर्ष एमडब्लूसीमा यसको बारेमा थप जानकारी र सम्भवतः वास्तविक हार्डवेयर नै प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

रोबोटिक आर्ममा जडित क्यामेराको अवधारणाले फोटोग्राफी र भिडिओग्राफीमा नयाँ सम्भावना खोल्न सक्ने भए तापनि यसको टिकाउपन र उत्पादन लागतबारे भने प्रश्नहरू उठेका छन् । यसअघि ह्वावे लगायत अन्य विभिन्न स्मार्टफोन निर्माता कम्पनीले स्मार्टफोनमा पप-अप सेल्फी क्यामेरा प्रस्तुत गरेका थिए । तर, छिट्टै नै त्यस्तो क्यामेरा बिग्रिने भएपछि कम्पनीहरूले उत्पादन नै बन्द गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

भदौसम्म निजी क्षेत्रको कर्जा १.६ प्रतिशतले बढ्यो, ५९ खर्ब ५० अर्ब नाघ्यो
भदौसम्म निजी क्षेत्रको कर्जा १.६ प्रतिशतले बढ्यो, ५९ खर्ब ५० अर्ब नाघ्यो
मधेस प्रदेशको आगामी बजेट प्रस्ताव, विद्युत् सेवा र वित्तीय पहुँचमा व्यापक प्रगति
मधेस प्रदेशको आगामी बजेट प्रस्ताव, विद्युत् सेवा र वित्तीय पहुँचमा व्यापक प्रगति
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
दिल्लीको लाल किल्लाको नजिक कार विस्फोट: जम्मु-कस्मिरका डाक्टरसँग सम्बन्धित, १२ को मृत्यु, अनुसन्धान जारी
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
विराटनगरमा साथीलाई अपहरणपछि क्रूरता पुर्वक हत्या, दुई अभियुक्त पक्राउ
इरानले यूएईमाथि हमला जारी राख्यो: दुबई र फुजैराहमा ड्रोन र क्षेप्यास्त्रद्वारा ठूलो क्षति
इरानले यूएईमाथि हमला जारी राख्यो: दुबई र फुजैराहमा ड्रोन र क्षेप्यास्त्रद्वारा ठूलो क्षति
हेटौंडामा जिप दुर्घटना : घाइते सबैको पहिचान र उपचार प्रक्रिया सार्वजनिक
हेटौंडामा जिप दुर्घटना : घाइते सबैको पहिचान र उपचार प्रक्रिया सार्वजनिक
रोल्पामा जिप दुर्घटना: दुई विद्यार्थीको मृत्यु, ९ घाइते, चालक पक्राउ
रोल्पामा जिप दुर्घटना: दुई विद्यार्थीको मृत्यु, ९ घाइते, चालक पक्राउ
नेपाल विद्युत् प्राधिरकणले महसुल विवाद नसुल्झिएपछि थप १८ वटा उद्योगको लाइन काट्यो।
नेपाल विद्युत् प्राधिरकणले महसुल विवाद नसुल्झिएपछि थप १८ वटा उद्योगको लाइन काट्यो।
काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
काठमाडौँमा निर्वाचन तयारी र गोरखापत्रको भूमिका : मन्त्री खरेलको प्रमुख वक्तव्य
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
नागरिक सरकारलाई दबाब: भ्रष्टाचार छानबिन तिब्रताका लागि राष्ट्रिय एकता अभियानको प्रदर्शन
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?