singel post top banner

‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
बिहिबार, कार्तिक ६, २०८२
301 Views
‘रोबोट फोन’ ल्याउँदै अनर, रोबोटिक आर्मले खिच्नेछ तस्बिर र भिडिओ
समाचार सारांश
  • काठमाडौँ ।
  • चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले रोबोट फोन घोषणा गरेको छ ।

काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्रान्ड अनरले रोबोट फोन घोषणा गरेको छ । हालै एक भिडिओ जारी गर्दै कम्पनीले रोबोटिक आर्म (यान्त्रिक अङ्ग) जडित क्यामेरा भएको ‘रोबोट फोन’को घोषणा गरेको हो ।

यो यस्तो अवधारणाको फोन हो, जसको पछाडिको भागबाट क्यामेरा बाहिर निस्किन्छ । र, स्वचालित रूपमा विभिन्न दिशाबाट तस्बिर तथा भिडिओ खिच्न सक्छ । कम्पनीले हालसम्म यस फोनको एउटा कम्प्युटर ग्राफिक्स (सीजीआई) मा आधारित भिडिओ मात्र सार्वजनिक गरेको छ । यसबारे थप विस्तृत जानकारी अर्को वर्ष बार्सिलोनामा आयोजना हुने ‘मोबाइल वर्ल्ड कङ्ग्रेस’ (एमडब्लूसी) मा दिइने अनरले जनाएको छ ।

सार्वजनिक गरिएको टिजर भिडिओ अनुसार यो फोन सामान्यभन्दा केही मोटो देखिन्छ र यसको पछाडि स्प्लिट क्यामेरा मोड्युल रहेको छ । अनरको परम्परागत लोगोको सट्टा ‘अल्फा’ लोगो प्रयोग गरिएको छ ।

यसले कम्पनीको ‘अल्फा प्लान’ नामक भविष्यको भिजनलाई सङ्केत गरेको छ । भिडिओमा क्यामेरा जडित रोबोटिक आर्म फोनबाट बाहिर निस्किएर विभिन्न कोणमा घुमेको देखाइएको छ । यसबाट फोनको उक्त आर्म स्वचालित रूपमा सञ्चालन हुन सक्ने देखिन्छ ।

कम्पनीका अनुसार ‘रोबोट फोन’को अवधारणाले भविष्यको फोनलाई एउटा उपकरण मात्र नभई एक ‘भावनात्मक साथी’ को रूपमा परिकल्पना गरेको छ । “यो फोनले एक रोबोट जस्तै प्रयोगकर्ताको आवश्यकतालाई बुझ्ने, त्यसअनुसार आफूलाई ढाल्ने र माया, आनन्द तथा ज्ञानले प्रयोगकर्ताको जीवनलाई समृद्ध बनाउनेछ,” अनरले एक विज्ञप्तिमा भनेको छ ।

यो परियोजना आर्टिफिसियल इन्टेलिजेन्सलाई आफ्ना उत्पादनमा इन्टिग्रेट गर्ने कम्पनीको बृहत् प्रयास अन्तर्गत पर्छ । अनरले आगामी पाँच वर्षभित्र आफूलाई एआई-केन्द्रित डिभाइस कम्पनीमा रूपान्तरण गर्न १० अर्ब डलर लगानी गर्ने योजना बनाएको छ । हाल कम्पनीले प्रयोगकर्तालाई ई-कमर्स साइटमा किनमेल गर्न, ट्याक्सी बोलाउन र फोटोग्राफीसम्बन्धी सुझाव दिन मद्दत गर्ने एआई उपकरण सार्वजनिक गरिरहेको छ ।

अहिलेसम्म यो फोनको कुनै वास्तविक प्रोटोटाइप भने देखाइएको छैन । कम्पनीले आगामी वर्ष एमडब्लूसीमा यसको बारेमा थप जानकारी र सम्भवतः वास्तविक हार्डवेयर नै प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

रोबोटिक आर्ममा जडित क्यामेराको अवधारणाले फोटोग्राफी र भिडिओग्राफीमा नयाँ सम्भावना खोल्न सक्ने भए तापनि यसको टिकाउपन र उत्पादन लागतबारे भने प्रश्नहरू उठेका छन् । यसअघि ह्वावे लगायत अन्य विभिन्न स्मार्टफोन निर्माता कम्पनीले स्मार्टफोनमा पप-अप सेल्फी क्यामेरा प्रस्तुत गरेका थिए । तर, छिट्टै नै त्यस्तो क्यामेरा बिग्रिने भएपछि कम्पनीहरूले उत्पादन नै बन्द गरेका थिए ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सर्वोच्च अदालतमा किशोरी साहको रिट सुनुवाइ हुँदै, धनुषा क्षेत्र १ को निर्वाचन विवाद जारी
सर्वोच्च अदालतमा किशोरी साहको रिट सुनुवाइ हुँदै, धनुषा क्षेत्र १ को निर्वाचन विवाद जारी
डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कदमहरूलाई लिएर गम्भीर चेतावनी दिए
डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य कदमहरूलाई लिएर गम्भीर चेतावनी दिए
नेपाली युवाका लागि ठूलो राहत: दक्षिण कोरियामा रोजगार अवसरका लागि श्रम मन्त्रालयको महत्वपूर्ण निर्णय
नेपाली युवाका लागि ठूलो राहत: दक्षिण कोरियामा रोजगार अवसरका लागि श्रम मन्त्रालयको महत्वपूर्ण निर्णय
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
सीमा नाका ७२ घण्टाका लागि बन्द, निर्वाचनको सुरक्षा सुनिश्चितता
दाङको घोराहीमा शिक्षा अधिकारीमाथि मोबिल खन्याउने घटना, भिडियो सामाजिक सञ्जालमा वायरल
दाङको घोराहीमा शिक्षा अधिकारीमाथि मोबिल खन्याउने घटना, भिडियो सामाजिक सञ्जालमा वायरल
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
प्युठानमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
दमौली तनहुँ मा माइक्रो दुर्घटना, १४ जना घाइते
संसद भवनमा आगजनी र हतियार लुटमा स्ववियु सदस्य वाइबा समूहको संलग्नता, चार जना पक्राउ
संसद भवनमा आगजनी र हतियार लुटमा स्ववियु सदस्य वाइबा समूहको संलग्नता, चार जना पक्राउ
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय मानबहादुर राई पक्राउ
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय मानबहादुर राई पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?