singel post top banner

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

belwo post title ad banner
विजय सिंह विजय सिंह
सोमबार, कार्तिक ३, २०८२
180 Views
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु
समाचार सारांश
  • हङकङ।
  • हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।

हङकङ। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ।

तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो। विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको छ। तर, विमानस्थलको भुइँ सवारी साधनमा सवार दुई व्यक्तिको ज्यान गएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

विमान इमिरेट्स एयरलाइन्सबाट भाडामा लिएको थियो, जसमा चालक दल, मर्मत तथा बीमा सबै इमिरेट्सद्वारा उपलब्ध गराइएको थियो। विमानमा कुनै सामान थिएन।
स्थानीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा विमानको अगाडिको भाग पानीमाथि देखिन्छ, तर पछिल्लो भाग समुद्रमा डुबेको छ। टेल भाग (पुच्छर) टुटेको आशंका गरिएको छ।

दुर्घटना उत्तर रनवेमा भएको हो, जुन अहिले बन्द गरिएको छ । बाँकी दुई रनवेहरूबाट नियमित उडान सञ्चालन भइरहेका छन्।
हङकङ नागरिक उड्डयन विभागले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको जनाएको छ । इमिरेट्सले यस दुर्घटनापछि सबै पक्षहरूसँग सहकार्य गरिरहेको बताएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
राष्ट्रपति निवासमा शीर्ष नेताहरूको संयुक्त भेट, आगामी निर्वाचन विषयमा छलफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
आज २०८१ साल चैत २२ गते शुक्रबारको राशिफल
चितवनमा विश्व क्यान्सर दिवसको अवसरमा निःशुल्क बहिरङ्ग सेवा
चितवनमा विश्व क्यान्सर दिवसको अवसरमा निःशुल्क बहिरङ्ग सेवा
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
धनुषा क्षेत्र नं. ३ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार रास्वपा प्रवेश
जनकपुरधाममा रास्वपाको नेता बालेन्द्र शाहले बिहानै जानकी मन्दिर पुगे
जनकपुरधाममा रास्वपाको नेता बालेन्द्र शाहले बिहानै जानकी मन्दिर पुगे
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
सडक दुर्घटनापछि आक्रोशित युवाहरूले चक्का जाम, सातबुँदे सहमतिपछि यातायात सञ्चालन
निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
निर्वाचन आयोगको २० बुँदे निर्देशन सार्वजनिक, समावेशिता र आचारसंहितामा कडाइ
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
सिराहा प्रहरीको ठूलो सफलता: २२ ग्राम ब्राउन सुगरसहित ४ युवक पक्राउ
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
‘कुमारी’ फिल्मको विशाल पोस्टरले चर्चा बटुल्दै, नेपाली फिल्म इतिहासकै सबैभन्दा ठूलो पोस्टर
चितवन हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन हात्ती पूजन र वनभोज
चितवन हात्ती तथा पर्यटन महोत्सवको अन्तिम दिन हात्ती पूजन र वनभोज
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?