गृहमन्त्री अर्याल र संयुक्त राष्ट्रसंघको नयाँ आवासीय संयोजकबीच शिष्टाचार भेटवार्ता
- काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नयाँ आवासीय संयोजक लिला पिटर्स याहियाबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।
- यस अवसरमा दुई पक्षबीच नेपालको सुरक्षा, विकास र सहकार्यका विषयमा गहन छलफल भएको थियो।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नयाँ आवासीय संयोजक लिला पिटर्स याहियाबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। यस अवसरमा दुई पक्षबीच नेपालको सुरक्षा, विकास र सहकार्यका विषयमा गहन छलफल भएको थियो।
भेटमा गृहमन्त्री अर्यालले संयुक्त राष्ट्र संघले नेपालको शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरूको क्षमता वृद्धि लगायतका क्षेत्रमा पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे। उनले भन्नुभयो, “संयुक्त राष्ट्र संघसँगको हाम्रो सहकार्य आगामी दिनहरूमा थप प्रगाढ र सफल हुने विश्वास व्यक्त गर्दछु।”
त्यसैगरी, नयाँ आवासीय संयोजक लिला पिटर्स याहियाले नेपाल सरकारसँगको सहकार्य निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, लागु औषध नियन्त्रण, सीमा सुरक्षा, मानव बेचबिखन जस्ता चुनौतीपूर्ण क्षेत्रहरूमा थप सहायता र सहकार्यका लागि आफू तयार रहेको जानकारी दिए।
शिष्टाचार भेटमा गृहमन्त्री अर्यालले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गर्न सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले भन्नुभयो, “निर्वाचनमा शान्त वातावरण कायम राख्दै लोकतन्त्रलाई संस्थागत बनाउने हाम्रो प्राथमिकता हो, जसका लागि सबैकाे सहयोग अपेक्षित छ।”
यस भेटवार्ताले नेपालको सुरक्षा र आर्थिक प्रगतिको दिशामा थप सहकार्य र सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






