राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेता प्रवेश, उज्यालो नेपाल पार्टीलाई थप सशक्त बनाउने आशा
- सिमरा – बारा क्षेत्र नं.
- ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारीले आज उज्यालो नेपाल पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।
सिमरा – बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय उपसभापति रोशन कुमार अधिकारीले आज उज्यालो नेपाल पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले अधिकारीलाई पार्टीको ब्याच र टोपी लगाइदिँदै स्वागत गरे।
कार्यक्रममा बोल्दै अधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई धोका दिइरहेको आरोप लगाए। उनले भने, “रास्वपाले जनमुखी नभई धनी वर्गको पक्षपाती पार्टी बनाएको छ। यसले जनताको वास्तविक समस्या उठाउन सकिरहेको छैन।” उहाँले सामाजिक सञ्जालमा मात्रै देश विकास सम्भव छैन भन्दै, व्यवहारिक काम र जनतामाझ गएर राजनीति गर्न आवश्यक रहेको जोड दिए।
अधिकारीले उज्यालो नेपाल पार्टी जनतामाझ बसेर, जनतासँग मिलेर काम गर्ने पार्टी भएको बताएका छन्। “म यस पार्टीमार्फत देशलाई उज्यालो बनाउने अभियानमा सक्रिय भूमिका निभाउनेछु,” उनले भने।
पार्टी अध्यक्ष घिसिङले भने, “उज्यालो नेपाल पार्टी जनआधारित नेतृत्व र कर्ममा विश्वास गर्छ। देश परिवर्तनका लागि इमानदार र कर्मशील व्यक्तिहरूको सहभागिता आवश्यक छ।” उहाँले अधिकारीको पार्टी प्रवेशले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गर्नुभएको थियो।
यस कदमले उज्यालो नेपाल पार्टीलाई थप बलियो बनाउन र आगामी राजनीतिक अभियानहरूमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






