singel post top banner

नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ, नयाँ नियम लागू

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
शनिबार, पौष २६, २०८२
59 Views
नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ, नयाँ नियम लागू
समाचार सारांश
  • काठमाडौं – नेपाल राष्ट्र बैंकले नगद कारोबारको सीमा अब पाँच लाख रुपैयाँ कायम गरेको छ।
  • यस सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै बैंकले बैंक तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था अवलम्बन गर्न निर्देशन दिएको हो।

काठमाडौं – नेपाल राष्ट्र बैंकले नगद कारोबारको सीमा अब पाँच लाख रुपैयाँ कायम गरेको छ। यस सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै बैंकले बैंक तथा वित्तीय संस्थालाई नयाँ व्यवस्था अवलम्बन गर्न निर्देशन दिएको हो।

नयाँ नियमअनुसार, पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक अथवा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ। यसले बिना खाताको रकम भुक्तानीको अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्य राखिएको हो। साथै, कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रीय बैंकले स्पष्ट पार्दै भनेको छ कि, प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चारजस्ता क्षेत्रका कर्मचारी र श्रमिकको पारिश्रमिक, ज्याला भुक्तानीमा यो व्यवस्था लागू हुने छैन। यस्ता भुक्तानीहरु सहज रुपमा गर्न सकिनेछ।

त्यसैगरी, विभिन्न आयोजना तथा सरकारी कार्यको लागि आवश्यक मालसामानको आपूर्ति, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी, बिगो धरौटी, जमानत रकम जम्मा गर्न, पेन्सन वितरण, राहत अनुदान, सहायता वितरण, विप्रेषण कम्पनी तथा एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्नमा पनि नयाँ नियमले कुनै बाधा नपुर्‍याउने स्पष्ट भएको छ।

बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्ना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सक्ने व्यवस्था समेत रहनेछ। यसअघि सरकारले मङ्सिर १५ गते नै नगद कारोबारको सीमा पाँच लाख रुपैयाँमा सीमित गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयले यस सम्बन्धी व्यवस्था जानकारी सहितको सूचना शुक्रबार राजपत्रमा प्रकाशित गरेको हो।

यस नयाँ नियमले नगद कारोबारमा पारदर्शिता र जिम्मेवारी बढाउने अपेक्षा गरिएको छ। बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले यसलाई ध्यानमा राख्दै अनुगमन र कार्यान्वयन गर्न निर्देशन दिइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घट्दै, बैंकहरूले अधिकतम ५ प्रतिशतभन्दा तल ल्याए
व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घट्दै, बैंकहरूले अधिकतम ५ प्रतिशतभन्दा तल ल्याए
कास्कीमा अनलाइन ठगीको अवस्था भयावह, साढे १० करोड भन्दा बढी रकम ठगी
कास्कीमा अनलाइन ठगीको अवस्था भयावह, साढे १० करोड भन्दा बढी रकम ठगी
धनगढीमा कार दुर्घटनामा चालकसहित चार जना घाइते
धनगढीमा कार दुर्घटनामा चालकसहित चार जना घाइते
झापामा सवारी दुर्घटना बालकको मृत्यु, १२ घाइते, बस चालक फरार
झापामा सवारी दुर्घटना बालकको मृत्यु, १२ घाइते, बस चालक फरार
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
नेपालको लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन आवश्यक; गृह मन्त्री अर्याल
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
सुनको मूल्य नयाँ रेकर्ड, चाँदीको मूल्य घट्यो
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
अमेरिकामा लामो सटडाउन अन्त्य, २०२६ को जनवरी ३१ सम्म सरकारी कामकाजको लागि बजेट स्वीकृत
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
स्वास्थ्य बीमा बोर्डले करार सेवाका लागि ७३ पदमा जागिरको लागि आवेदन माग्यो
गगन थापाले घोषणा गरे: स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजना बनाउने प्रतिबद्धता
गगन थापाले घोषणा गरे: स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजना बनाउने प्रतिबद्धता
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?