singel post top banner

नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल

महेश सिंह महेश सिंह
बुधबार, कार्तिक २६, २०८२
154 Views
नेपालका लागि ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ सफल र फलदायी: सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेल
समाचार सारांश
  • काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।
  • उनले यस फोरमलाई डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि फलदायी र सफल भएको बताएका छन्।

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ नेपालका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनले यस फोरमलाई डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि फलदायी र सफल भएको बताएका छन्।

गणतन्त्र कोरियाको राजधानी सिओलमा आज ११ औं ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ को आयोजना भएको थियो, जसलाई सम्बोधन गर्दै मन्त्री खरेलले भने, “डिजिटल लिडरसिप फोरम एकदमै उपलब्धिपूर्ण एवं फलदायी भएको छ। यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणालाई सुदृढ बनाउने र एआईमैत्री नेपाल बनाउन मद्दत पुर्‍याउनेछ।”

उहाँले नेपालले डिजिटल र एआई ट्रान्सफरमेसनको सम्बन्धमा नीति निर्माण गरी संरचनागत रुपमा काम अघि बढाएको जानकारी दिए। “नेपालले विशेष गरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको लागि नीति बनाएको छ। राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको छ र एआई काउन्सिल पनि गठन भइरहेको छ। साथै, डिजिटल नेपालको रोडम्यापको मस्यौदा पनि तयार पारिएको छ,” उनले बताए।

सञ्चार मन्त्री खरेलले कोरियन सरकार, विश्व बैंक तथा अन्य साझेदार संस्थाहरूसँग नेपाल सरकारले आगामी दिनमा सहकार्य गर्ने प्रस्ताव फोरममा राखिएको जानकारी दिए। उनले थप भने, “कोरियन सरकार र विश्व बैंकलगायत साझेदार संस्थाहरूले पनि डिजिटल र एआई ट्रान्सफरमेसनका लागि नेपालसँग सहकार्य र साझेदारी गर्ने सहमति जनाएका छन्।”

फोरममा सहभागी हुँदै उनले नेपालका प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य र साझेदारीका विषयमा धारणा राखे। यस क्रममा कोरियन सरकार र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) बिच सहकार्य र साझेदारीको विषयमा परामर्श भएको थियो।

सिओलमा आयोजना भएको यस फोरममा दक्षिण कोरियाका लागि नेपालका राजदूत डा. शिवमाया तुम्बाहाम्फे लगायतका प्रतिनिधिहरू सहभागी थिए। मन्त्री खरेल मङ्गलवार कोरिया पुगेर फोरममा सहभागी भएका थिए। यस फोरम कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेसनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए) को संयुक्त आयोजनामा भएको हो।

साथै, मन्त्री खरेलको साथमा उनका स्वकीय सचिव उद्धव भट्टराई पनि कोरिया गएका छन्। फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसन सम्बन्धी दुईवटा सत्र सञ्चालन भएका थिए, जसमा ‘डिजिटल र एआई ट्रान्सफर्मेसन: स्ट्राटिजिस एन्ड च्यालेन्ज’ र ‘ग्लोबल कोअपरेशन फर सस्टेनेवल डिजिटल फ्युचर’ विषयमा छलफल भएको थियो।

फोरम अन्तर्गत ‘डिजिटल र एआई ट्रान्सफर्मेसन: एसडिजीहरू र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने’ विषयक बैठक भएको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य एसडीजीहरू (सामाजिक, आर्थिक र पर्यावरणीय लक्ष्यहरू) र दिगो विश्वव्यापी भविष्यलाई हासिल गर्न डिजिटल र एआईको प्रयोगलाई प्रवर्द्धन गर्नु हो।

यस फोरममा नेपालसहित विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार, सरकारी प्रतिनिधि, एसिया प्रशान्तको लागि संयुक्त राष्ट्रसंघको आर्थिक र सामाजिक आयोग (यूएनइसीएएस) का प्रतिनिधिहरू र अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूले भाग लिएका थिए।

मन्त्री खरेल आफ्नो भ्रमणको क्रममा आजको कार्यक्रम सकिएपछि स्वदेश फर्किने तयारीमा छन्। उनले आगामी कात्तिक २९ गते स्वदेश फर्किने जानकारी दिएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
महेश सिंह
महेश सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
किष्ट अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप, आफन्तको प्रदर्शन र तोडफोड
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार लगिएर जाँचबुझ आयोगमा ल्याइए
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक आज सिंहदरबारमा बस्ने
एपेक शिखर सम्मेलनले क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता व्यक्त, अमेरिका–चीन व्यापार तनावपछि नयाँ दिशामा
एपेक शिखर सम्मेलनले क्षेत्रीय आर्थिक सहकार्य र साझा समृद्धिका लागि प्रतिबद्धता व्यक्त, अमेरिका–चीन व्यापार तनावपछि नयाँ दिशामा
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
आज २०८१ साल फागुन २९ गते बिहीबारको राशिफल
दाङमा प्लाई उद्योगमा आगलागी
दाङमा प्लाई उद्योगमा आगलागी
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
खाँदबारीमा महिलाको शव भेटियो, घटनाबारे अनुसन्धान हुँदै

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?