singel post top banner

बक्यौता विवरण अद्यावधिक गर्ने समय पुस मसान्तसम्म, पुरानो जरिवाना मिनाहा हुने

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, कार्तिक २०, २०८३
14 Views
बक्यौता विवरण अद्यावधिक गर्ने समय पुस मसान्तसम्म, पुरानो जरिवाना मिनाहा हुने
समाचार सारांश
  • काठमाडौं ।
  • वार्षिक विवरण नबुझाएका र खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई विवरण अद्यावधिक गर्ने समय सरकारले दुई महिना थपेको छ।

काठमाडौं । वार्षिक विवरण नबुझाएका र खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई विवरण अद्यावधिक गर्ने समय सरकारले दुई महिना थपेको छ। अब कम्पनीहरूले आगामी पुस मसान्तसम्म जरिवाना छुटसहित विवरण बुझाउन सक्नेछन्। यसअघि समयसीमा कात्तिक मसान्तसम्म तोकिएको थियो।

कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्म लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ। रजिस्ट्रार कृष्णकुमारी श्रेष्ठले कम्पनी सञ्चालकलाई समयमै विवरण अद्यावधिक गरी जरिवाना मिनाहाको सुविधाबाट लाभ लिन आग्रह गरेकी छन्।

यसैबीच, मुलुकमा नयाँ कम्पनी दर्ता हुने क्रम बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा आव २०८२/८३ मा २६ हजार २९१ कम्पनी दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ५ हजार ५५५ बढी कम्पनी दर्ता भएका हुन्।

रजिस्ट्रार श्रेष्ठका अनुसार चालु आवको कात्तिक १२ गतेसम्म १० हजार ४८० कम्पनी दर्ता भइसकेका छन्। विदेशबाट फर्किएका नेपालीले त्यहाँ आर्जन गरेको सीप, प्रविधि र पुँजी स्वदेशमै लगानी गरेर व्यवसाय सञ्चालन गर्न थालेकाले पनि कम्पनी दर्ता बढेको उनले बताइन्।

कम्पनी ऐन, २०६३ अनुसार कार्यालयले निजी तथा पब्लिक लिमिटेड र मुनाफा वितरण नगर्ने कम्पनीको स्थापना, दर्ता, प्रशासन, नियमन र खारेजीसम्बन्धी काम गर्दै आएको छ। कार्यालयले कम्पनीको सेयर संरचना तथा नाम परिवर्तन, प्रबन्धपत्र र नियमावली संशोधन, कम्पनी एकीकरण तथा गाभ्ने–गाभिने प्रक्रिया र सेयर तथा डिबेन्चरको अभिलेख व्यवस्थापन पनि गर्छ।

त्यसैगरी, कम्पनीहरूले कानुनअनुसार काम गरे वा नगरेको तथा आवश्यक कागजात र वार्षिक विवरण बुझाए वा नबुझाएकोबारे कार्यालयले अनुगमन गर्दै आएको छ।

कार्यालयमा हालसम्म ३ लाख ८८ हजार ६९० कम्पनी दर्ता भएकामा १४ हजार ९७० कम्पनी खारेज भएका छन्। कार्यालयले कम्पनीका वास्तविक धनीको विवरण सङ्कलन र व्यवस्थापन गर्नुका साथै कानुनअनुसार सञ्चालन हुन नसकेका वा बन्द गर्न चाहेका कम्पनीको खारेजी प्रक्रिया अघि बढाउँछ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिकामा सहमति नहुँदा विभाजनको आशंका, नयाँ बानेश्वरमा छलफल जारी
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
विद्यालयमा भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक र लेखापाल विरुद्ध विशेष अदालतमा मुद्दा दायर
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
रास्वपा सांसद डा. अमरेशकुमार सिंहको कडा आलोचना: सरकारलाई ‘तासको पत्ता’को संज्ञा
राष्ट्रिय सभा बैठक स्थगित: असार ५पछि नयाँ मिति तोकिएन, प्रतिनिधिसभा समेत स्थगित
राष्ट्रिय सभा बैठक स्थगित: असार ५पछि नयाँ मिति तोकिएन, प्रतिनिधिसभा समेत स्थगित
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
आजको नेपाली पञ्चाङ्ग, राशिफल, शुभकार्य समय र राहुकाल (२०८२ पौष ८ गते, मंगलबार)
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
सुनसरी देवानगञ्जमा तनाव र झडप: पाँचबुँदे सहमतिको प्रयास
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
हेटौँडामा समावेशी र उत्थानशील नेपाल निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
निर्वाचन आयोगले जारी गर्यो ‘अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि २०८२’
मधेश प्रदेशका अर्थमन्त्री भट्टराईको गाडी तोडफोड; एक जना पक्राउ
मधेश प्रदेशका अर्थमन्त्री भट्टराईको गाडी तोडफोड; एक जना पक्राउ
भारतीय विदेश सचिव विक्रम मिश्री र प्रधानमन्त्री बालेन शाहबीच शिष्टाचार भेट
भारतीय विदेश सचिव विक्रम मिश्री र प्रधानमन्त्री बालेन शाहबीच शिष्टाचार भेट
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?