singel post top banner

पिजफायर सञ्चालक मनोज खत्री केराबारीको धारापानी जंगलमा मृत फेला

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक ९, २०८३
41 Views
पिजफायर सञ्चालक मनोज खत्री केराबारीको धारापानी जंगलमा मृत फेला
समाचार सारांश
  • विराटनगर ।
  • विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।

विराटनगर । विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्री मोरङको केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार खत्री शनिबार अपराह्न जंगलको बीचमा रहेको रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। विराटनगर महानगरपालिका–३ निवासी खत्रीको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ।

खत्री कहिलेकाहीँ केराबारी जाने गरेको खुले पनि उनको मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। शव फेला पर्दा परिवारका सदस्य भारतमा थिए। आफन्तले शनिबार राति शवको पहिचान गरेको प्रहरीले बताएको छ।

लामो समय वैदेशिक रोजगारीमा बिताएका खत्री स्वदेश फर्किएपछि विराटनगरको सेन्ट्रल मलबाट ‘पिजफायर’ सुरु गरेका थिए। पछि काठमाडौं र मोरङको विराटचोकमा पनि यसको शाखा विस्तार गरेका थिए। पछिल्लो समय उनले विराटनगरको पिपल चोक र गोल्छा चोकमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए।

विराटनगरमा आधुनिक पिज्जा संस्कृतिको सुरुवात र लोकप्रियतामा खत्रीको योगदान रहेको स्थानीय व्यवसायीहरूले बताएका छन्।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
हर्दि देखि टाँडी चोकसम्म भोली ११ हजार भोल्टको नयाँ विद्युत लाइन परीक्षण हुँदै
इरानको सर्वोच्च सुरक्षा परिषद्ले आयतुल्लाह खामेनीको हत्याको बदला लिने घोषणा
इरानको सर्वोच्च सुरक्षा परिषद्ले आयतुल्लाह खामेनीको हत्याको बदला लिने घोषणा
सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
सप्तकोशीमा जेटबोट दुर्घटना: तीन जनाको मृत्यु, एक घाइते
टर्कीको सैन्य कार्गो विमान जर्जियाको सीमामा दुर्घटना, सबै २० जना कर्मचारीको मृत्यु
टर्कीको सैन्य कार्गो विमान जर्जियाको सीमामा दुर्घटना, सबै २० जना कर्मचारीको मृत्यु
संविधानको दशक : समीक्षा, सुधार र राष्ट्रिय निकासतर्फ अघि बढ्न युवा नेता सीबी साहको आग्रह
संविधानको दशक : समीक्षा, सुधार र राष्ट्रिय निकासतर्फ अघि बढ्न युवा नेता सीबी साहको आग्रह
ब्रम्हस्थान: नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै।
ब्रम्हस्थान: नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै।
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
सप्तरीमा भारतबाट अवैध रुपमा ल्याइएका कपडा र मोटरसाइकलसहित तीन पक्राउ
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
नबिल बैंकलाई ‘विकास नायक २०८२’ सम्मान, अर्थमन्त्री रामेश्वर खनालबाट पुरस्कार प्राप्त
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
नेप्से परिसूचक साताको अन्तिम दिन ३०.७५ अंकले बढ्यो, ९ अर्ब १० करोडको कारोबार
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा रामेछापका भगवान कार्की पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा ठगी गरेको आरोपमा रामेछापका भगवान कार्की पक्राउ
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?