मुग्लिन–नारायणगढ सडकमा बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते
- चितवन ।
- भरतपुर महानगरपालिका–२९, खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले सडकछेउमा रोकिराखेको ट्रकलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
चितवन । भरतपुर महानगरपालिका–२९, खहरेस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा बसले सडकछेउमा रोकिराखेको ट्रकलाई ठक्कर दिँदा आठ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक अनिल थापाका अनुसार बिहीबार बिहान करिब ४:१० बजे काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना.६ ख १८९० नम्बरको बसले लु.२ ख ५२७६ नम्बरको ट्रकलाई ठक्कर दिएको हो।
दुर्घटनामा ट्रक चालकसहित ट्रक र बसमा सवार आठ जना घाइते भएका छन्। घाइतेमध्ये अधिकांशको अवस्था सामान्य रहेको र एक महिलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको प्रहरी निरीक्षक थापाले बताए।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






