singel post top banner

प्रधानमन्त्रीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरे

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, भाद्र २९, २०८३
20 Views
प्रधानमन्त्रीले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्निर्माणको प्रतिबद्धता व्यक्त गरे
समाचार सारांश
  • काठमाडौं — प्रधानमन्त्री बालेन शाहले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव हुन नदिने स्पष्ट जनाएका छन्।
  • उनले सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग गरेको छलफलमा यस्तो बताएका हुन्।

काठमाडौं — प्रधानमन्त्री बालेन शाहले रसुवा र आसपासका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनर्निर्माणका लागि आवश्यक बजेटको अभाव हुन नदिने स्पष्ट जनाएका छन्। उनले सोमबार सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग गरेको छलफलमा यस्तो बताएका हुन्।

प्रधानमन्त्री शाहले बताएका छन्, “राज्यका सबै निकायहरू क्रियाशील भएकोले राहत र पुनर्निर्माणका लागि बजेटको अभाव हुन दिदैन्।” उनले बाढीपछिको अवस्था, अहिलेको परिस्थिति, आवश्यक कदम र पुनरुत्थानका विषयमा जानकारी र सुझाव लिएका थिए।

छलफलमा भाग लिने स्थानीय जनप्रतिनिधिहरुले बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएकोले राहत र पुनर्निर्माणमा समस्या देखिएको बताएका थिए। नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले भने, “त्रिशूली नदी र आसपासका करिब १९ वटा पुल बगाएको र रसुवा–धादिङ–विदुर जोड्ने सडकहरू बन्द भएकोले राहत र उद्धारमा समस्या भएको” बताए।

उनीहरूले प्रभावित परिवारलाई राहत स्वरूप कोठा भाडामा सार्ने, भाँडाकुँडा, ग्यास चुलो र खाद्यान्नसहित १० हजार रुपैयाँ प्रतिपरिवार सहायता गर्ने तयारी पनि जानकारी दिए। साथै, त्रिशूली नदी किनारस्थित प्रदेशस्तरीय अस्पताल र बस्ती जोड्न ह्युमपाइप डाइभर्सन, बेलीब्रिज जस्ता पूर्वाधार बनाउन आवश्यक रहेको बताएका थिए।

प्रधानमन्त्री शाहले तीनै तहको सरकारले मिलेर आवश्यक पूर्वाधार तुरुन्तै निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरपालिकाका प्रमुखहरूले बस्ती विकास गर्दा सांस्कृतिक, ऐतिहासिक र कृषि परिवेशलाई नबिगारीने गरी सुरक्षित ठाउँमा ल्यान्डपुलिङमार्फत बस्ती बसाल्न सुझाव दिएका थिए।

छलफलमा नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख र प्रतिनिधिसभा सदस्यहरू सहभागी थिए। उनीहरूले बाढीले पारेको असरलाई कम गर्न र पुनर्निर्माणलाई तीव्रता दिन आवश्यक कदम चाल्न आग्रह गरे।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
मधेस प्रदेशमा ९ दिनदेखि जारी शीतलहरले जनजीवन कष्टकर, स्वास्थ्य र जनावरहरू प्रभावित
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
गौशालामा पुरुषको शव फेला, मृतक हरिपुर्वाका रामानन्द बैठा हुन सक्ने आशंका?
सुकुमबासी र आन्दोलनकारीहरूको विरोध प्रदर्शन तीव्र, गणेश नेपालीको मृत्युपछि आन्दोलनले तात्दै माइतीघर
सुकुमबासी र आन्दोलनकारीहरूको विरोध प्रदर्शन तीव्र, गणेश नेपालीको मृत्युपछि आन्दोलनले तात्दै माइतीघर
महोत्तरीमा सार्वजनिक सम्पत्तिमा अवैध पक्की संरचना निर्माण, कानुनी कारबाहीको माग
महोत्तरीमा सार्वजनिक सम्पत्तिमा अवैध पक्की संरचना निर्माण, कानुनी कारबाहीको माग
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
नेपालमा छुर्पी निर्यात ३२ प्रतिशतले बढ्यो, कोशी प्रदेश प्रमुख उत्पादन केन्द्र
कोशी प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड: सरकार परिवर्तनको सम्भावना र वामपन्थी गठबन्धनको भूमिका
कोशी प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड: सरकार परिवर्तनको सम्भावना र वामपन्थी गठबन्धनको भूमिका
मकवानपुरमा ट्रक दुर्घटना: एकको मृत्यु, चालक गम्भीर घाइते
मकवानपुरमा ट्रक दुर्घटना: एकको मृत्यु, चालक गम्भीर घाइते
चितवनमा रास्वपा महाधिवेशन: विद्युतीय मतदानको व्यवस्था र आगामी निर्वाचन कार्यक्रम
चितवनमा रास्वपा महाधिवेशन: विद्युतीय मतदानको व्यवस्था र आगामी निर्वाचन कार्यक्रम
नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक पोखरामा: विद्युत् आदानप्रदान र पूर्वाधारमा नयाँ सम्झौता
नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७ औं बैठक पोखरामा: विद्युत् आदानप्रदान र पूर्वाधारमा नयाँ सम्झौता
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?