singel post top banner

लघुवित्त पीडितहरुको सामूहिक अनसन, सरकारको ध्यानाकर्षणका लागि सडकमा

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बिहिबार, श्रावण १४, २०८३
56 Views
लघुवित्त पीडितहरुको सामूहिक अनसन, सरकारको ध्यानाकर्षणका लागि सडकमा
समाचार सारांश
  • काठमाडौं – लघुवित्त पीडितहरुले सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नगरेको प्रति आक्रोश व्यक्त गर्दै माइतीघरको सडक किनारमा सामूहिक अनसन थालेका छन्।
  • मंगलबारदेखि सुरु भएको अभियानमा करिब डेढ सय पीडित सहभागी भए पनि हाल ४२ जना पीडितले अनसनमा बसेका छन्।

काठमाडौं – लघुवित्त पीडितहरुले सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन नगरेको प्रति आक्रोश व्यक्त गर्दै माइतीघरको सडक किनारमा सामूहिक अनसन थालेका छन्। मंगलबारदेखि सुरु भएको अभियानमा करिब डेढ सय पीडित सहभागी भए पनि हाल ४२ जना पीडितले अनसनमा बसेका छन्। बाँकी पीडितहरु सडकमै खाना खाँदै र त्रिपाल, प्लास्टिकको ओट लियेर रात बिताइरहेका छन्। कतिपयले भने ओत समेत पाएका छैनन्।

सामूहिक अनसनका क्रममा पीडितहरुले ट्रिपाल र प्लास्टिकमा ओत लाग्ने प्रयास गरे पनि केहीले भने रात बिताउन सक्नुभएको थिएन। उनीहरु पसलका सटर अगाडि पेटीमा परेर रुझ्दै बसेका देखिन्थे। उनीहरुको मुख्य माग भनेको सरकारले सर्वोच्च अदालतको परमादेशलाई तुरुन्त कार्यान्वयन गर्ने हो। सर्वोच्चले सरकार, नेपाल राष्ट्र बैंक र लघुवित्त बैंकर्स संघलाई समस्या समाधान गर्न निर्देशन दिएको अवस्थामा पनि ती निकायहरुले चासो नदेखाएको पीडितहरुले गुनासो गरेका छन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवाली लगायत विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरु पीडितहरुको प्रतिनिधित्व गर्दै अनसनमा बसेका छन्। उनीहरु देशभरिबाट काठमाडौंको माइतीघरमा जम्मा भएर आफ्नो समस्या सुनाएका हुन्। उनीहरुले चामल, ग्याँस सिलिन्डरदेखि सिरक डस्ना समेत बोकेर ल्याएका छन्। लामो समयदेखि आन्दोलन जारी रहँदा पनि सरकारबाट समाधान नपाएपछि पीडितहरुले निरन्तर आन्दोलन गर्ने निर्णय गरेका छन्।

उपाध्यक्ष मिनप्रसाद चौलागाईंले भने, “हामीले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहनेछ। सरकारले हाम्रो मागलाई ध्यानमा राख्नुपर्छ।” पीडितहरुको यो आन्दोलनले सरकार र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ र उनीहरुको माग पूरा नगरेसम्म आन्दोलन जारी रहने बताइएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
अंशु गौतम हत्याको अनुसन्धानमा प्रगति, पीडित परिवार शव बुझ्न अस्वीकार, अपराधी पक्राउको माग
रवि र छविको मुद्दामा बहस सकियो; उच्च अदालत बुटवलमा सुनुवाइ सम्पन्न
रवि र छविको मुद्दामा बहस सकियो; उच्च अदालत बुटवलमा सुनुवाइ सम्पन्न
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
सप्तरीमा भारतबाट भन्सार छली गरी ल्याइएको सामान र मोटरसाइकल बरामद
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
मधेश प्रदेशमा मुख्यमन्त्रीको राजीनामापछि सरकार गठनको सङ्कट गहिरिँदै, कांग्रेस सर्वदलीय सरकारको तयारीमा
राष्ट्रिय सभा बैठक स्थगित: असार ५पछि नयाँ मिति तोकिएन, प्रतिनिधिसभा समेत स्थगित
राष्ट्रिय सभा बैठक स्थगित: असार ५पछि नयाँ मिति तोकिएन, प्रतिनिधिसभा समेत स्थगित
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
इजरायलको पश्चिम किनारामा १९ नयाँ बस्ती अनुमोदन
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
रवि लामिछाने र कानुनमन्त्री गौतमको अध्यक्षतामा आजको प्रतिनिधिसभा बैठक
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल
राष्ट्रियसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलहरूसँग निर्वाचन आयोगको छलफल
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
युवालाई लक्षित गर्दै एनसेलको आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ सार्वजनिक
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?