singel post top banner

सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
बुधबार, श्रावण १३, २०८३
16 Views
सर्वदलीय बैठकले सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय
समाचार सारांश
  • काठमाडौँ — सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले देशमा शान्ति र स्थिरता कायम राख्न सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।
  • बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा सबै दलहरूले एकमत भएर राष्ट्रिय एकता र शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन्।

काठमाडौँ — सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले देशमा शान्ति र स्थिरता कायम राख्न सद्भाव र संयम अपनाउने संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ। बैठकपछि सार्वजनिक गरिएको विज्ञप्तिमा सबै दलहरूले एकमत भएर राष्ट्रिय एकता र शान्ति कायम राख्नुपर्नेमा जोड दिएका छन्।

बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनसरी लगायतका स्थानहरूमा भड्किएको हिंसाचार र तनावको अवस्थालाई नियन्त्रण गर्न सबै दलले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए। उनले भने, “शान्ति कायम गर्न र परिस्थिति सामान्य बनाउने लागि हामी सबैले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति गरेका छौं।”

सर्वदलीय बैठकमा दलका नेताहरूले यस्तो संवेदनशील विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिले थप जटिलता सिर्जना भएको भन्दै सरकारलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरेका छन्। नेता आङ्देम्बेले भने, “यस्ता गम्भीर विषयहरूमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग पनि छलफल गर्नुपर्ने हो, तर त्यसतर्फ ध्यान नदिइएको महसुस भएको छ।”

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो, “रास्वपा सभापति लामिछानेले बोलाएको यस बैठकमा सुनसरी लगायतका क्षेत्रमा देखिएको तनावको अवस्थालाई सामान्य बनाउने विषयमा गम्भीर छलफल भयो। साथै, भीड नियन्त्रण गर्न सरकार किन असफल भइरहेको भन्ने कुरामा दलका नेताहरूले चासो व्यक्त गरे।”

सर्वदलीय बैठकले राष्ट्रिय एकता र स्थिरता कायम गर्न सबै दलहरूलाई संयमित भएर काम गर्न आग्रह गरेको छ भने, आगामी दिनहरूमा शान्ति स्थापनाका लागि थप कदम चालिने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सिभिल अस्पतालका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
बस दुर्घटनामा बेपत्ता बालकको शव सुनकोशी नदी किनारामा भेटियो, मृतकको संख्या १३ पुग्यो
हेटौंडाका उपमहानगर प्रमुख मीनाकुमारी लामालाई बलात्कार धम्की र महिला सुरक्षा चुनौती: महिलामैत्री सहर निर्माणका प्रयासहरू जारी
हेटौंडाका उपमहानगर प्रमुख मीनाकुमारी लामालाई बलात्कार धम्की र महिला सुरक्षा चुनौती: महिलामैत्री सहर निर्माणका प्रयासहरू जारी
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना सम्पन्न, अन्तिम परिणाम तयारीमा
प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणना सम्पन्न, अन्तिम परिणाम तयारीमा
नेपालको जेनजी विद्रोह: भट्टराईको विश्लेषण, भारत-चीन सम्बन्ध, अग्निपथ र सार्कको भविष्य
नेपालको जेनजी विद्रोह: भट्टराईको विश्लेषण, भारत-चीन सम्बन्ध, अग्निपथ र सार्कको भविष्य
ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
ट्रम्पको इरानविरुद्ध कडा चेतावनी: सैन्य कारबाही जारी, आह्वान राष्ट्रिय परिवर्तनको
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
यातायात अनुमति पत्रका लागि स्वास्थ्य जाँच: मान्यता प्राप्त चिकित्सकको प्रमाणपत्रलाई मान्यता दिने निर्णय
निर्वाचन आयोगको नयाँ दल दर्ताको अन्तिम म्याद आज सकिँदै
निर्वाचन आयोगको नयाँ दल दर्ताको अन्तिम म्याद आज सकिँदै
प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल सुरु
प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीबीच छलफल सुरु
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?