singel post top banner

वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, श्रावण ५, २०८३
49 Views
वर्षायाममा सुरक्षित, गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक
समाचार सारांश
  • काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठको अध्यक्षतामा वर्षायामको समयमा देशभरि नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ।
  • बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुखहरू र दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरू सहभागी थिए।

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठको अध्यक्षतामा वर्षायामको समयमा देशभरि नियमित, सुरक्षित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न उच्चस्तरीय समीक्षा बैठक सम्पन्न भएको छ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख, सातवटै प्रदेश कार्यालयका प्रमुखहरू र दुई प्रदेश डिभिजन कार्यालयका प्रमुखहरू सहभागी थिए। यस बैठकमा वर्षायामका कारण विद्युत् प्रणालीमा पर्न सक्ने प्रभाव, सेवा प्रवाहमा देखिन सक्ने चुनौती, ग्राहक गुनासो व्यवस्थापन र प्रदेशस्तरमा सञ्चालित आयोजना तथा कार्यक्रमहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत समीक्षा गरिएको थियो।

समीक्षा पश्चात् कार्यकारी निर्देशक श्रेष्ठले सेवा प्रवाहलाई थप प्रभावकारी र उत्तरदायी बनाउने आवश्यक निर्देशन दिएका छन्। उनले भने, “वर्षायाममा कुनै पनि अवस्थामा नियमित र गुणस्तरीय विद्युत् आपूर्तिमा असर नपर्ने सुनिश्चित गर्न उच्च सतर्कता अपनाउनु आवश्यक छ। सम्भावित विद्युत् अवरोधलाई न्यूनतम बनाउन आवश्यक जनशक्ति, उपकरण र मर्मत सामग्री तयारी अवस्थामा राख्नुपर्छ र समस्या उत्पन्न भए तुरुन्तै परिचालन गर्नुपर्छ।”

त्यसैगरी, उनले सेवाग्राहीबाट प्राप्त हुने गुनासोलाई छिटो, सहज र प्रभावकारी रूपमा सुनुवाइ र समाधान गर्न निर्देशन दिए। साथै, योजनाबद्ध लाइन अवरोध वा आकस्मिक मर्मतको बेला पूर्वसूचना प्रवाह गरी उपभोक्तालाई अवगत गराउने र पारदर्शिता कायम राख्ने कुरामा जोड दिए।

प्राकृतिक विपद् जस्तै बाढी, पहिरो र हुरीबतासले विद्युत् पूर्वाधारमा पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै, आवश्यक जनशक्ति, उपकरण र सामग्री चौबीसै घण्टा तयारी अवस्थामा राख्न र नियमित अनुगमन गरी देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिए।

उनले कर्मचारीहरूको क्षमता अभिवृद्धि, सीप विकास र वृत्ति विकासलाई संस्थागत रूपमा अघि बढाउन प्राविधिक र व्यवस्थापकीय तालिमको आवश्यकतालाई पनि जोड दिए।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई प्रोत्साहन र सम्मान गरिने र सेवामा लापरबाही गर्ने कर्मचारीहरूलाई नियम अनुसार कारबाही गरिने स्पष्ट पारे। उनले प्रदेश कार्यालयहरूलाई परिणाममुखी कार्यसम्पादन, अनुशासित सेवा संस्कृतिको विकास र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिन आग्रह गरे।

नेपाल विद्युत् प्राधिकरणले यस समीक्षा बैठकमार्फत सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली संसद् निर्वाचन: १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न
नेपाली संसद् निर्वाचन: १५ जिल्लाका मतपत्र छपाइको काम सम्पन्न
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
गृहमन्त्री अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
३०औं वन्यजन्तु सप्ताह : टिकौलीमा राजमार्ग सरसफाई
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
गृहमन्त्री सुधन गुरुङको जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
जुटपानी एकाडेमीमा निःशुल्क दन्त शिविर
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते
वीरगञ्जमा सशस्त्र प्रहरीको छापा, व्यापारीसँग झडप र सामान जप्त – ३ प्रहरी घाइते
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
सरकारले जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद गर्ने घोषणा
रौतहटमा लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ चालक पक्राउ
रौतहटमा लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ चालक पक्राउ
आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित
आत्मदाहको प्रयासपछि मृत्यु भएका पुरुषको परिचय खुल्यो – कारण अझै अनुत्तरित
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
काठमाडौंमा नदी प्रदूषण नियन्त्रणका लागि ‘ट्रास बेरियर’ जडान
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?