singel post top banner

काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही

belwo post title ad banner
रासस रासस
शनिबार, आषाढ १३, २०८३
92 Views
काठमाडौंमा २४ घण्टामा २,०१० सवारी चालकलाई ट्राफिक नियम उल्लंघनमा कारबाही
समाचार सारांश
  • काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २,०१० सवारी चालकहरूलाई विभिन्न ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाही गरेको जानकारी दिएको छ।
  • यस कार्यवाहीबाट करिब २१ लाख १० हजार ५१४ रुपैयाँको राजस्व संकलन भएको छ।

काठमाडौँ — पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले २,०१० सवारी चालकहरूलाई विभिन्न ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाही गरेको जानकारी दिएको छ। यस कार्यवाहीबाट करिब २१ लाख १० हजार ५१४ रुपैयाँको राजस्व संकलन भएको छ।

प्रहरीका अनुसार, मादकपदार्थ सेवन गरी सवारी चलाउने ८९ जनालाई पक्राउ गरी कारबाही गरिएको छ। त्यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गरेको १०८, सङ्केत बत्ती उल्लङ्घन गरेका ९९ र तीव्र गतिमा सवारीसाधन चलाउने ८३ चालकलाई पनि मुद्दा तोकेको हो।

अर्कोतर्फ, लेन अनुशासन पालना नगर्ने ५९, निषेधित क्षेत्रमा हर्न बजाउने १००, लागुपदार्थ सेवन गरी सवारी चलाउने दुई जना, एकतर्फी सडकमा सवारी सञ्चालन गर्ने ७८ र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेका १,४८४ चालकहरूलाई पनि कारबाही गरिएको छ।

प्रहरीका अनुसार, यस प्रकारको सवारी नियम उल्लंघनलाई रोक्न र ट्राफिक व्यवस्था कायम गर्न थप कडाइ गरिनेछ। ट्राफिक नियमको पालना गरेर सुरक्षित यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
रासस
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

Trump Warns Iran of ‘Annihilation’ as He Calls for Economic Pressure at UN
Trump Warns Iran of ‘Annihilation’ as He Calls for Economic Pressure at UN
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
मधेश प्रदेशमा सात दलबीच नयाँ सरकार गठनको तयारी
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
रत्ननगर-५ मा अपाङ्गलाई सामग्रीसँगै स्वास्थ परीक्षण
विशेष अदालतले मायादेवी गाउँपालिकाका भ्रष्टाचारी तीन जनालाई साधारण तारेखमा छाड्यो
विशेष अदालतले मायादेवी गाउँपालिकाका भ्रष्टाचारी तीन जनालाई साधारण तारेखमा छाड्यो
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
जर्मनीको सहयोग र स्थानीय दानबाट काभ्रेपलाञ्चोकको विद्यालयमा नयाँ भवन निर्माण
सुर्खेतमा महिला कर्मचारीको मृत्यु, नायब सुब्बा कविलाल विसी पक्राउ
सुर्खेतमा महिला कर्मचारीको मृत्यु, नायब सुब्बा कविलाल विसी पक्राउ
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
पर्साको मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद
शिक्षक–विद्यार्थीबीच आत्मीयता बढाउँदै गोल्डेन फ्युचर एकेडेमीको दसैँ मिलन कार्यक्रम
शिक्षक–विद्यार्थीबीच आत्मीयता बढाउँदै गोल्डेन फ्युचर एकेडेमीको दसैँ मिलन कार्यक्रम
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि नेताहरु चितवन पुग्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहका लागि नेताहरु चितवन पुग्दै
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
रसुवागढी भन्सार कार्यालयका २५ कर्मचारी सम्पर्कमा, बाँकी कर्मचारीको खोजी जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?