singel post top banner

निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
सोमबार, फाल्गुन ४, २०८२
62 Views
निर्वाचन आचारसंहिता उल्लंघनका ६६ उजुरी, ३२को जवाफ प्राप्त, कारबाही जारी
समाचार सारांश
  • काठमाडौँ — निर्वाचन आयोगले हालसम्म केन्द्रीय आचारसंहिता अनुगमन समितिमा ६६ वटा उजुरी प्राप्त गरेको जानकारी दिएको छ।
  • ती उजुरीमध्ये ३२ वटा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधिएको थियो, जसको जवाफ आयोगले प्राप्त गरेको छ।

काठमाडौँ — निर्वाचन आयोगले हालसम्म केन्द्रीय आचारसंहिता अनुगमन समितिमा ६६ वटा उजुरी प्राप्त गरेको जानकारी दिएको छ। ती उजुरीमध्ये ३२ वटा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारलाई स्पष्टीकरण सोधिएको थियो, जसको जवाफ आयोगले प्राप्त गरेको छ।

आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आशङ्कामा परेका विभिन्न पक्षहरूलाई स्पष्टीकरण दिन अनुरोध गरेको हो। दर्ता भएका सञ्चारमाध्यम र तिनीहरूका पत्रकारलाई प्रेस काउन्सिल नेपालमार्फत पत्र पठाई कारबाहीको प्रक्रिया अघि बढ़ाइएको आयोगका कानुन अधिकृत मोहनराज जोशीले राससलाई जानकारी दिए। जिल्लास्तरमा समेत उल्लंघनका उजुरीहरू आयरहेका छन् र आवश्यक कारबाही भइरहेको छ।

निर्वाचन आयोगले उल्लंघन घटाउने र आचारसंहिता प्रभावकारी रूपमा पालना गराउने उद्देश्यले जाँचबुझ र कारबाहीको प्रक्रिया तीव्रता साथ अघि बढाएको हो। प्राप्त ३२ वटा जवाफको अध्ययन भइरहेको उनले बताए। साथै, निर्वाचन आचारसंहिता २०८२ को प्रावधान अनुसार, प्रत्येक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र कोष नियन्त्रकलाई आचारसंहिता अनुगमनको जिम्मेवारी दिइएको छ।

आयोगले भन्यो, जिल्लास्तरमा सरोकारवालाहरूलाई आचारसंहिता का बारेमा जानकारी गराउने तथा पालना सुनिश्चित गर्ने कार्य तीव्र रूपमा भइरहेको छ। उजुरीको सम्बन्धमा पनि जिल्लाबाटै स्पष्टीकरण मागेर सही जिम्मेवारलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

निर्वाचन आयोगको यो पहलले मतदान प्रक्रियामा निष्पक्षता र पारदर्शिता कायम गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
सरकारले घटना जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्न स्वीकृति
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
पशुपतिनाथमा महाशिवरात्रि उत्सव: सुरक्षा व्यवस्था कडा, लाखौं दर्शनार्थीको भीड
मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
मधेश प्रदेशका १८ सरकारी कार्यालयमा छड्के अनुगमन, ७२ कर्मचारी कारबाहीमा
निर्वाचनको मौन अवधि: निर्वाचन आयोगले प्रचार–प्रसार र प्रभावकारी गतिविधि माथि लगाएको कडा प्रतिबन्ध
निर्वाचनको मौन अवधि: निर्वाचन आयोगले प्रचार–प्रसार र प्रभावकारी गतिविधि माथि लगाएको कडा प्रतिबन्ध
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
सुन र चाँदीको मूल्य आक्रमणको भोलिपल्ट नै रेकर्डस्तरमा बढ्यो
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
हिमाली जिल्लामा भ्रमणमा, नाम्चे र सल्लेरीका स्थानीय अधिकारीहरूसँग अन्तरक्रिया
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
राजा हाँसेर गए, तर हाम्रा नेताहरू हेलिकप्टरबाट जोगिनुपरेको; चन्द्रप्रसाद भण्डारी
सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई घोषणा गर्दै विपद् सहायता र वैदेशिक रोजगार न्यायाधिकरणमा नयाँ सदस्य नियुक्तिको निर्णय
सरकारले जेनजी आन्दोलनका शहीदहरूलाई घोषणा गर्दै विपद् सहायता र वैदेशिक रोजगार न्यायाधिकरणमा नयाँ सदस्य नियुक्तिको निर्णय
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवाद : पाँच वर्षपछि पनि ऋण चुक्ता नहुँदा धुर्मुस तनावमा
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?