७३औँ विश्व कुष्ठरोग दिवस राजविराज स्वास्थ्य कार्यालयले भव्य रूपमा मनाइयो
- राजविराज, सप्तरी – ७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा सप्तरीको राजविराजस्थित स्वास्थ्य कार्यालयले एक भव्य र प्रभावशाली कार्यक्रमको आयोजना गरेको छ।
- यस दिवसको मुख्य उद्देश्य कुष्ठरोग सम्बन्धि जनचेतना फैलाउने र सामाजिक विभेद अन्त्य गर्न कदम चाल्ने हो।
राजविराज, सप्तरी – ७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा सप्तरीको राजविराजस्थित स्वास्थ्य कार्यालयले एक भव्य र प्रभावशाली कार्यक्रमको आयोजना गरेको छ। यस दिवसको मुख्य उद्देश्य कुष्ठरोग सम्बन्धि जनचेतना फैलाउने र सामाजिक विभेद अन्त्य गर्न कदम चाल्ने हो।
कार्यक्रममा स्वास्थ्य क्षेत्रका उच्च तहका अधिकारीहरू, अहेब, हे.अ., स्टाफ नर्सहरू, स्वास्थ्यकर्मीहरू र समाजसेवीहरू सहभागी थिए। सहभागीहरूले कुष्ठरोगको बारेमा फैलिएका भ्रमहरू हटाउने, समयमा उपचार गर्ने र यस रोगप्रति सामाजिक स्वीकार्यता बढाउने आवश्यकतालाई जोड दिए। कार्यक्रममा उपस्थितले कुष्ठरोगको उपचार र रोकथामका उपायहरूबारे जानकारी दिएर, समुदायमा सचेतना फैलाउने महत्त्वमाथि प्रकाश पारे।
स्वास्थ्य कार्यालयले यस कार्यक्रममार्फत समुदायमा कुष्ठरोगबारे सचेतना फैलाउने र रोगको पहिचान र उपचारलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस प्रकारका कार्यक्रमहरूले कुष्ठरोगको अन्त्य र समाजमा समानता स्थापना गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
यस कार्यक्रमले समाजमा कुष्ठरोगप्रति रहेको भ्रम र सामाजिक भेदभावलाई हटाउने दिशामा महत्वपूर्ण कदम हो भन्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






