गोङ्गबुमा स्थानीय उत्पादन प्रवर्द्धनका लागि कृषि मेला सम्पन्न
- काठमाडौं — स्थानीय उत्पादन प्रवर्द्धन र सस्तो तथा गुणस्तरयुक्त वस्तुहरूको प्रचारप्रसारका लागि गोङ्गबुमा कृषि मेला आयोजना गरिएको छ।
- यस मेलाको आयोजना काठमाडौँ महानगरपालिका वडा २६ को सहयोग, रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको संयुक्त प्रयासमा भएको हो।
काठमाडौं — स्थानीय उत्पादन प्रवर्द्धन र सस्तो तथा गुणस्तरयुक्त वस्तुहरूको प्रचारप्रसारका लागि गोङ्गबुमा कृषि मेला आयोजना गरिएको छ। यस मेलाको आयोजना काठमाडौँ महानगरपालिका वडा २६ को सहयोग, रैथाने एग्री प्रडक्ट नेपाल र गोङ्गबु आवास क्षेत्रको संयुक्त प्रयासमा भएको हो।
मेलाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका सुशासन समितिका सभापति र वडाध्यक्ष ख्यामराज तिवारीले भने, “स्थानीयस्तरमा उत्पादित वस्तुहरूको प्रवर्द्धन गर्न र गाउँगाउँका उत्पादनलाई बजारसम्म पुर्याउन यस प्रकारका मेलाहरू महत्वपूर्ण हुन्छन्।”
रैथाने एग्री प्रडक्टका अभियन्ता कृष्ण स्याङ्ताङले बताए अनुसार, मेलामा नेपालमा उत्पादित मह, सिस्नो, चामल, गेडागुडी, परम्परागत कपडा, सातु, सुन्तलाका साथै अन्य परम्परागत उत्पादनहरू प्रदर्शनी र व्यापारका लागि राखिएको छ।
मेलामा ५५ जिल्लाका उत्पादनहरू समेटिएका छन्, जसले विभिन्न क्षेत्रका कृषक र उत्पादनकर्तालाई आफ्नो वस्तु प्रस्तुत गर्न र उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरयुक्त वस्तु खरिद गर्न मौका दिएको छ।
उपभोक्ताहरूले यहाँबाट ताजा र स्थानिय उत्पादनहरू किन्ने अवसर पाएका छन् र यसले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने अपेक्षा गरिएको छ। यो मेलाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै गाउँगाउँको व्यवसायिकता र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






