singel post top banner

सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ

belwo post title ad banner
अलका कुमारी अलका कुमारी
बिहिबार, मंसिर ४, २०८२
144 Views
सिमरामा घटनाको अनुसन्धानका लागि प्रहरीले दुई वडा अध्यक्षलाई पक्राउ
समाचार सारांश
  • बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ।
  • इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुवै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो।

बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुवै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। दुवै जना नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधि हुन्।

सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा जेन–जी समूहका ‘सम्राट्’ उपनामले चिनिने साइकुल उपाध्यायसहित केही व्यक्तिहरू घाइते भएका थिए। घाइते उपाध्यायले वडाध्यक्ष श्रेष्ठ र अन्सारीसहित केही व्यक्तिविरुद्ध इलाका प्रहरी कार्यालय सिमरामा नियोजित आक्रमण गरेको भन्दै किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले दुवै वडाध्यक्षलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार नियन्त्रणमा लिइएका दुई जनालाई प्रारम्भिक बयानको कार्य अघि बढाइएको छ। घटना सङ्लग्न अन्य व्यक्तिहरूलाई पनि पक्राउ गरी आवश्यक कार्वाहीका लागि प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य सबैलाई पक्राउ गर्नका लागि खोजी भइरहेको छ।

यसैबीच, सिमराका युवाहरूले बिहिबार बिहानदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। उनीहरूले घटनाका मुख्य आरोपित वडाध्यक्षहरूलाई पक्राउ गर्न र न्यायका लागि माग गरेका छन्। सिमरा बजार क्षेत्र अहिले पुनः तनावग्रस्त बनेको छ। जेन–जी समूहका युवाहरूले सिमरा–पथलैया सडक खण्डमा टायर बालेर यातायात अवरुद्ध पारेका छन्। यसका कारण बजारका पसलहरू बन्द भएका छन् र लामो तथा छोटो दूरीका सवारी साधनहरू ठप्प भएका छन्।

सिमरा प्रहरी प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरी शान्ति व्यवस्था कायम राख्नको लागि प्रयासरत रहेको जनाएको छ। घटनाको अनुसन्धान जारी रहेको छ र आवश्यक कार्वाही प्रक्रिया अघि बढिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
अलका कुमारी साह
अलका कुमारी साह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
विश्वव्यापी पारम्परिक चिकित्सामा ग्लोबल समिट १७-१९ डिसेम्बरमा नई दिल्लीमा आयोजना
विश्वव्यापी पारम्परिक चिकित्सामा ग्लोबल समिट १७-१९ डिसेम्बरमा नई दिल्लीमा आयोजना
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री कुलमान घिसिङ
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
तिलगंगा बस्ती हटाउने विरोध : स्थानीयले ७५ दिनदेखि धर्नामा, कानुनी हक र सहमतिको माग
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
बर्दिबासको बारमा मुख्यमन्त्रीको शपथ: उपेन्द्र यादवले भने, “गणतन्त्रकै उपहास”
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
अमेरिकाद्वारा रास्वपा सभापति रवि लामिछानेलाई बधाई
काठमाडौँ महानगरले रु २३ अर्बको सार्वजनिक जग्गा फिर्ता, २०८ रोपनी अतिक्रमण मुक्त
काठमाडौँ महानगरले रु २३ अर्बको सार्वजनिक जग्गा फिर्ता, २०८ रोपनी अतिक्रमण मुक्त
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निर्देशन: सेवा प्रवाह र कार्यक्षमता वृद्धि
धनगढीमा घरायसी विवादका क्रममा महिलाले आफ्नै श्रीमानलाई हथौडाबाट हत्या गरेकी
धनगढीमा घरायसी विवादका क्रममा महिलाले आफ्नै श्रीमानलाई हथौडाबाट हत्या गरेकी
चितवनमा रास्वपा महाधिवेशन: विद्युतीय मतदानको व्यवस्था र आगामी निर्वाचन कार्यक्रम
चितवनमा रास्वपा महाधिवेशन: विद्युतीय मतदानको व्यवस्था र आगामी निर्वाचन कार्यक्रम
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?