singel post top banner

सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

belwo post title ad banner
पूर्वेली न्यूज डेस्क पूर्वेली न्यूज डेस्क
सोमबार, आश्विन २०, २०८२
157 Views
सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती
समाचार सारांश
  • विराटनगर।
  • शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पु¥याएको छ ।

विराटनगर। शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पु¥याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेको छ ।

मोरङ जिल्लामा मात्रै २५ र३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको छ ।

निर्देशक बस्नेत भने, “मौसम विज्ञान विभागको पूर्व जानकारी पाएपछि दसैँं सुरु हुनुअघि नै हामीले सबै अस्पताल र स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिएका थियौँ । कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रीम तयारी गरिएको छ ।”

इलाममा सडक अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको उल्लेख गर्दै उनले भने, “इलामतर्फ सडकसम्पर्क अवरुद्ध छ । त्यसैले स्थानीय स्वास्थ्य संस्थाले प्राथमिक उपचार गरिरहेका छन् । तर जटिल उपचारलाई हेलिकप्टरमार्फत इटहरी ल्याएर उपचार गरिएको छ । आइतबार मात्रै प्रसूति पीडामा रहेकी एक महिलालाई हेलिकप्टरमार्फत ल्याएर सुरक्षित रूपमा प्रसूति गराइएको छ ।”

निर्देशक बस्नेतका अनुसार आपतकालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेशभरका द्रुत प्रतिक्रिया टोली सक्रिय अवस्थामा छन् । सङ्घीय तथा प्रदेशस्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको छ ।
उनले भने, “सोमबार बिहान ८ बजे प्रदेशस्तरीय बैठक बोलाइएको छ । त्यसमा १४ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अस्पतालका प्रतिनिधि, आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशालाका प्रमुखसहित बृहत छलफल हुनेछ । बैठकमा मन्त्री र सचिवसमेत सहभागी हुनुहुनेछ ।”

स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको उनले स्पष्ट पारे । उनले भने,“बिरामीलाई सदरमुकाम ल्याउन र मृतकको शव परीक्षण गर्न गाह्रो भइरहेको छ । तर कर्मचारीलाई सम्भव भएसम्म खटाइएको छ ।”

प्रदेश विपद् व्यवस्थापन समितिसगको निरन्तर समन्वयमा औषधि आपूर्ति, शव व्यवस्थापन, राहत वितरणदेखि रोग रोकथामसम्मका विषय प्राथमिकताका साथ छलफल भइरहेको निर्देशक बस्नेतले जानकारी दिए।

यसैबीच, कोशी अस्पतालका फिजिसियन डा रोशन खड्काले बाढीपछि सङ्क्रामक रोग फैलिने जोखिम हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए । उनका अनुसार झाडापखाला, डायरिया, हैजा जस्ता रोग फैलिनसक्ने सम्भावना बढी छ । डा खड्काले प्रभावित परिवारलगायत सबैलाई उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सुरक्षित खाना मात्र सेवन गर्न आग्रह गरेका छन्।

यो समयमा पानीजन्य रोग मात्र होइन, लामखुट्टे र भुसुनाबाट सरुवा हुने रोग देखिनसक्ने खतरा पनि उत्तिकै उच्च छ, डा खड्का भन्छन्, “हिजोदेखि नै पानीमा भिजेका कारण रुघाखोकी र ज्वरोका बिरामी अस्पताल आउन थालेका छन् । त्यसैले आवश्यक कामबाहेक घरबाहिर ननिस्कनु बुद्धिमानी हुन्छ, ।”

स्वास्थ्य समस्या देखिए आफैंँले औषधि सेवन नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान आग्रह गर्दै उनले भने, “आफुखुसी औषधि सेवनले जटिलता बढाउन सक्छ, त्यसैले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य सेवा लिन ढिला गर्नुहुँदैन ।”

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पूर्वेली न्यूज डेस्क
पूर्वेली न्यूज डेस्क
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
धनुषा जिल्लामा माघ मकर मेला २०८२ का लागि व्यवस्थापन समिति गठन
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
कास्की जेलबाट फरार रहेका कैदी सूर्य बहादुर घर्ती क्षेत्री पक्राउ
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
धनगढीमा शिक्षिका मृत्यु प्रकरण: बयान लिने प्रक्रिया सरकारी वकिलको अभावमा स्थगित
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत ५ गते मंगलबारको राशिफल
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
अरब सागरको जल वाष्पयुक्त हावाको प्रभाव, केही भूभागमा वर्षा हुने
खगेन्द्र सुनारलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी
खगेन्द्र सुनारलाई विद्युतीय कारोबार सम्बन्धी कसुरमा पनि प्रतिवादी
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
सर्वोच्चको अन्तरिम आदेशको तयारी, मधेश प्रदेश सरकार गठनविरुद्धको मुद्दामा छलफल आज
सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
सप्तरी निर्वाचन क्षेत्र ४: स्थानीय मुद्दा र विश्वासको संघर्ष, चुनावी परिदृश्यमा नयाँ मोड
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
सुनको मूल्य एकै दिन ११ हजार ६ सय रुपैयाँले घट्यो, चाँदीको मूल्य समेत घट्यो
राष्ट्रियसभा बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?